जनता आवास कार्यक्रमबाट एक सय घरधुरी लाभान्वित हुँदै - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

सम्राट सिंह, बझाङ, २८भदाै   |   भदौ २८, २०७४

नेपाल सरकारको जनता आवास कार्यक्रम अन्र्तगत बझाङ जिल्लाका एक सय घरधुरी लाभान्वित हुने भएका छन् । जिल्लाका एक सय दलित विपन्न घरधुरी नेपाल सरकारको जनता आवास कार्यक्रम अन्र्तगत लाभान्वित हुने भएका हुन् । जिल्लाका एक सय विपन्न दलित घर परिवारलाई सरकारले २ लाख ४७ हजार लागतका २ कोठे घर निर्माण गर्ने गरेको छ । गतवर्ष जनता आवास कार्यक्रमबाट जयपृथ्वी नगरपालिका चैनपुरका ५० घरधुरी र थलारा गाउँपालिकामा ५० घरधुरी लाई २ कोठे घर निर्माण गर्न रकम विनियोजन गरिएको थियो ।

गतवर्षको भवन निर्माण नसकिँदै फेरी बझाङ जिल्लामा एक सय घरधुरीलाइ २ कोठे भवन निर्माणका रकम आएको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीका सव इन्जिनियर रतनलाल रतालाले बताए । जिल्लाका एक सय विपन्न दलित घरधुरीका लागि रकम आएको तर कुन ठाउँमा लागु हुने भन्ने एकिन नहुन सकेको उनको भनाइ छ ।

विपन्न दलितका लागि जनता आवास कार्यक्रम लागु त भयो तर, अधिकांश विपन्न दलितका सट्टा हुनेखाने दलितका मात्र घर निर्माण भएको सदरमुकाम चैनपुरका मदन दमाइले बताए । गरिब जनताका घर निर्माणका लागि सरकारले लागु गरेको जनता आवास कार्यक्रम सकारात्मक भएको भन्दै उनले जिल्लामा खटिने कर्मचारीहरुको पूर्वाग्राहीले भवन वितरण गर्दा विपन्न दलितले नपाएको गुनासो गरे ।

यसरी शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीबाट जिल्लामा वितरण भएका २ कोठे भवन प्रायजसो पहुँच भएका दलितहरुले मात्र पाएको स्थानीयको आरोप छ । अब जिल्लामा निर्माण हुने भवन ठूला ठूला घर भएका हुने खाने दलितका घर निर्माण नभएर निष्पक्ष छनोट गरी विपन्न दलितहरुका घर निर्मांण गर्नुपर्ने जनाएको छ । केहि घरधुरीहरुले घर ठूला भएपनि सानो झुप्रो देखाउँदा उनीहरुका घर छनोटमा परेको हुनसक्ने र यसवर्ष निष्पक्ष छनोट गरि विपन्न दलितहरुका घर निर्माण गरिने शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीले जनाएको छ ।