काभ्रेमा बनेपा महोत्सव सुरु(फोटो फिचर) - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

राजकुमार गोले, काभ्रे, २८ भदौ   |   भदौ २८, २०७४

३ वर्षपछि काभ्रेमा बनेपा महोत्सव सुरु भएको छ । बुधवारबाट सुरु उक्त महोत्सवमा विभिन्न र्‍याली तथा सांस्कृतिक झाकी प्रस्तुत गरिएको छ ।
विजया दशमीको अवसर पारेर सुरु भएको महोत्सव असोज १० गतेसम्म चल्ने छ । बनेपा व्वाइज क्लवको आयोजनामा कला, संस्कृति, कृषि, घरेलु उद्योग तथा व्यापार प्रवद्र्धन गर्ने उद्धेश्यले ‘उग्रेश्वर व्यापारिक, सांस्कृतिक मनोरञ्जनात्मक खेल मेला– बनेपा महोत्सव २०७४’ हुन लागेको हो ।

मेलालाई लायन्स क्लव अफ काभ्रे बनेपा, काभ्रे जेसीज, काभ्रे महिला जेसीज, लियो क्लप अफ बनेपा, टिम बिबिसी, राष्ट्रिय काभ्रेली कलाकार संघ लगायतका संस्था सहआयोजक छन् । फुुटबल खेलका अतिरिक्त उग्रेश्वर मन्दिर र कला, सस्कृति, कृषि, घरेलु उद्योग तथा व्यापार प्रवद्र्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको क्लवका अध्यक्ष महेश कर्माचार्यले जानकारी दिए ।

दशैको समयमा एकै स्थानमा सर्वसुलभ किनमेल गर्न सहज होस् भन्ने पनि मेला आयोजना गरिएको उनले जानकारी दिए । मेलामा कृषि, घरेलु सामाग्री लगायतका १ सय भन्दा बढी व्यापारिक स्टलहरु बुकिङ भइसकेको कर्माचार्यले जानकारी दिए । महोत्सवमा नृत्य प्रतियोगिताका साथै मिनि फुटबल र महिला भलिवल प्रतियोगिता समेत हुने मुख्य संयोजक हरिकुमार कर्माचार्यले जानकारी दिए । बालबालिकाको मनोरञ्जन का लागि बाल उद्यान स्थापना गरिनेछ । प्रत्येक दिन राष्ट्रिय स्तरका तथा स्थानीय प्रतिभावान कलाकारबाट सास्कृतिक प्रस्तुती हुने संयोजक मणिकुमार तुम्राकारले जानकारी दिए ।

महोत्सवको तयारी अन्तिम चरणमा पु्गेको पनि कर्माचार्यले जानकारी दिए । उद्घाटन सत्रमा बाजागाजा झाँकी समेत प्रदर्शन गरिएको छ । काभ्रे जिल्लामा रहेका संस्कृति झल्कने झाँकीहरुको प्रदर्शनी ¥याली र परम्परागत बाजागाजा सहित विभिन्न क्लब, स्कूलहरु, संघसंस्था सम्मिलित ¥याली बनेपाको बसपार्कबाट सुरु गरी बनेपा बजारलाई परिक्रमा गरी कार्यक्रम शुरु गरिएको छ । महोत्सवको उद्धघाटन सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले गने छन् ।