कम्प्युटरलाई भाइरस लाग्नबाट जोगाउन यसो गरौँ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

शर्मिला शर्मा आइटी इन्जिनियर   |   भदौ २८, २०७४

मानव शरीरमा लाग्ने रोगजस्तै हामीले प्रयोग गर्ने मोबाइल, कम्प्युटरजस्ता सामानमा पनि विभिन्न रोग लाग्ने गर्दछ । हामी त्यसलाई भाइरस भनेर चिन्ने गर्दछौँ । त्यसैले भाइरस संक्रमणपछि त्यसको उपचार गर्नुभन्दा सकेसम्म कम्प्युटरमा भाइरस लाग्न नदिनेतर्फ सोच्नुपर्छ । कम्प्युटरमा भाइरस लाग्यो भने काममा बाधा उत्पन्न हुनुका साथै कम्प्युटरमा राखिएका फाइल पनि हराएर हैरान हुन्छ । हामीले केही सावधानी अपनाएर कम्प्युटरलाई भाइरस लाग्नबाट बचाउन सकिन्छ

कम्प्युटरमा भाइरस लाग्यो भने कम्प्युटर स्लो हुने, फाइलहरू हराउने, कम्प्युटर आफैँ बन्द हुने, अनावश्यक फाइलले मेमोरी फुल हुने, फाइलहरू नखुल्ने, कम्प्युटरमा अनावश्यक सर्टकट फाइलहरू बन्नेजस्ता समस्या देखा पर्न सक्छन् ।


कम्प्युटरमा रहेका ब्लुटुथ, फाइल सेयरिङ फिचर र वाइफाई आदिबाट भाइरस सर्न सक्छ । इन्टरनेटबाट अनावश्यक सफ्टवेयर डाउनलोड गर्दा, प्राइभेट सफ्टवेयरहरू कपी गर्दा नेटवर्कबाट डाटा एक्सचेन्ज गर्दा कम्प्युटरमा भाइरस लाग्ने सम्भावना बढी हुन्छ । कम्प्युटरमा भाइरस लाग्दा कम्प्युटर खुल्न बढी समय लिन्छ । कम्प्युटरमा इरर देखाउँछ ।

नचिनेका अनलाइन साइटहरू खोल्दा, नचिनेको इमेलबाट पनि भाइरस सर्ने सम्भावना हुन्छ । हामीले जोकोहीले पठाएको इमेल चेक गर्नु हुँदैन । बजारबाट किनेर ल्याएका गेमका सिडीबाट, इन्टरनेटबाट प्रोगाम डाउनलोड गर्दा, पेनड्राइभ, मेमोरी कार्ड, फ्लपी डिस्कबाट फाइल सार्दा भाइरस सर्ने सम्भावना बढी हुन्छ । एन्टिभाइरस सफ्टवेयरलाई समय–समयमा अपडेट गराइराख्नु पर्छ । पेनड्राइभ, सिडीमार्फत कम्प्युटरमा भाइरस लाग्ने भएकाले खोल्नुभन्दा पहिले स्क्यान गर्नुपर्छ ।

एन्टिभाइरस राख्यो भने केही हदसम्म भाइरसबाट कम्प्युटरलाई जोगाउन सकिन्छ ।