अब मधेस डुब्दैन, भारतसँग सम्झौता भइसक्यो : देउवा - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, सप्तरी   |   भदौ २८, २०७४

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अब बाढीबाट मधेस डुबानमा नपर्ने बताएका छन् । डुबान समस्या रोक्न भारतसँग सम्झौता भइसकेको उनले बताए ।

कांग्रेसले स्थानीय तह निर्वाचन प्रचारका लागि राजविराजमा गरेको सभालाई सम्बोधन गर्दै देउवाले आफ्नो भारत भ्रमणका क्रममा बाढी र डुबान नियन्त्रणका लागि कुरा गरेको बताए । ‘मधेसका जिल्लाहरू भविष्यमा डुबान हुन नदिन मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बिहारका मुख्यमन्त्री नीतीशकुमारसँग समेत छलफल गरेको छु, मधेसमा आउने बाढी नियन्त्रण कसरी गर्ने विषयमा अध्ययन गर्न दुईतर्फी अधिकारीहरू सम्मिलित समिति गठन भएको छ’, प्रधानमन्त्री देउवाले भने, ‘बाढी नियन्त्रण गर्न कोसी हाइड्याम निर्माण हुनेछ ।’

मधेसी जनताको मागबमोजिम संविधान संशोधन हुन नसकेकोमा दुःख व्यक्त गर्दै प्रधानमन्त्री देउवाले यसको जिम्मा एमालेले लिनुपर्ने बताए । उनले भने, ‘एमालेका कारण संविधान संशोधन हुन सकेन, तर कांग्रेस सिंगो मुलुकको पार्टी भएकाले मधेसी, जनजाति, आदिवासी, सीमान्तकृत, दलित तथा पिछडिएका वर्गको अधिकार सुनिश्चित गर्न चुनावपछि पुनः संशोधन प्रक्रिया अगाडि बढाउनेछ ।’

राजविराज नगरपालिकासहित प्रदेश नम्बर २ मा कांग्रेसलाई बहुमतले जिताउनुपर्ने उनले बताए । देउवाले भने, ‘राजविराज नगरपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस उम्मेदवारलाई जिताउनुहुन्छ भने कबर्ड हल, रंगशाला, हुलाकी सडक निर्माणजस्ता कामहरू पूरा गर्न सजिलो हुने विश्वास दिलाउन चाहन्छु ।’

सोही सभालाई सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेता विमलेन्द्र निधिसहितले एमालेकै कारण संविधान संशोधन हुन नसकेको दाबी गरे । सोही सभामा राजविराज नगरपालिका मेयरका उम्मेदवार ध्रुव देव र उपमेयर उम्मेदवार सुशीला यादवले आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरे । त्यस्तै, सांसदहरू सकलदेव सुतिहार, तेजुलाल चौधरी, सुरेन्द्र यादव, रञ्जित कर्णसहितले सम्बोधन गरेका थिए ।

सभापछि वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको टोली तिरहुत र तिलाठी कोइलाडी गाउ“पालिकाको घरदैलो कार्यक्रममा सहभागी भएका थिए ।