प्रेरक प्रसंग : गोर्कीको अटल विश्वास - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   भदौ २८, २०७४

म्याक्सिम गोर्कीका पिता निकै क्रोधी स्वभावका थिए । आपसमा कुराकानी गर्दागर्दै उनी गोर्कीलाई अमानवीय पारामा पिट्ने गर्थे । गोर्की पढ्न चाहन्थे, तर उनका पिता उनलाई जति वेला पनि काममा मात्र जोताउन चाहन्थे । ताकि उनले पढ्नका लागि पैसा खर्च नगरून् ।

गोर्की केही समयसम्म बाबुका अत्याचार चुपचाप सहेर बसे, तर उनको पढ्ने इच्छा दिनदिनै बढ्दै गइरहेको थियो । साथै, बाबुले पिट्ने डर पनि थियो । यस्तोमा बालक गोर्कीले एउटा उपाय खोजे । उनले एउटा कबाडी पसलमा नोकरी सुरु गरे । कबाडी पसलमा हजारौँ पुस्तक आउँथे, उनी आफ्नो खाली समयमा दुई–चारवटा पुस्तक लिएर पढ्न बस्थे । यसो गर्दा बाबुको पैसा त खर्च भएको थिएन । उल्टै उनले अलिअलि कमाइरहेका पनि थिए । तर, त्यसरी पढ्दा गोर्कीले किताबबाट केही बुझ्न भने सकिरहेका थिएनन् । जसको दृढ निश्चय हुन्छ, ऊ कसरी चुप लागेर बस्न सक्छ ?

गोर्की आफूले नबुझेको कुरा कबाडी या पसलमा आउने जाने ग्राहकलाई सोध्थे । बिस्तार–बिस्तारै उनलाई अक्षर फेरि शब्द र अन्त्यमा अर्थको ज्ञान भयो । त्यसरी सिक्दै जाँदा उनी लेख्न सक्ने पनि भए । त्यसपछि उनले आफ्नो विचार एउटा समाचारपत्रमा छाप्नका लागि पठाए । सो समाचारपत्रका सम्पादकले बधाईपत्र पठाएपछि उनी नयाँ उत्साहले लेखन कार्यमा जुटे ।

यसको परिणाम के निस्कियो थाहा छ ? कबाडी पसलमा नोकरी गर्ने तीनै बालकले पछि गएर ‘आमा’ नामको एउटा पुस्तक लेखे, जुन संसारकै सर्वश्रेष्ठ पुस्तकमध्ये एक हो ।