सुन्दर रहन यस्ता कुरामा ध्यान दिनुस् - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

डा. आयुष्मान घिमिरे छालारोग विशेषज्ञ आवरण स्किन एन्ड हेयर क्लिनिक   |   भदौ २८, २०७४

हामीले गर्ने दैनिक क्रियाकलापले हाम्रो जीवनशैली परिवर्तन हुने गर्छ । हाम्रो शरीर स्वस्थ राख्न राम्रो जीवनशैली अपनाउनु आवश्यक छ । हाम्रो शरीरमा लाग्ने विभिन्न प्रकारका रोग पनि हाम्रै अव्यवस्थित जीवनशैलीका कारण लाग्ने गर्दछ । अनुहार स्वस्थ राख्न पनि हाम्रो जीवनशैली व्यवस्थित हुनुपर्छ । सुन्दर अनुहार बनाउन बिहानदेखि बेलुकासम्म विभिन्न कुरामा ध्यान दिनुपर्छ ।

बिहान उठेर दुई गिलास पानी पिउनुपर्छ । पानी खाएसँगै फलफूल खाँदा हाम्रो छालाका लागि अत्यन्तै फलदायी हुन्छ ।


 बिहान एक गिलास जुस खानुपर्छ । बिहानै नुहाउनुपर्छ । नुहाएपछि मस्चराइजिङ क्रिम, लोसनहरू लगाउने गर्नुपर्छ ।

 बाहिर निस्किए वा ननिस्किए पनि बिहान ८ बजे सन्सक्रिम लगाउनुपर्छ । स्किन टाइप हेरेर क्रिमको प्रयोग गर्नुपर्छ । ड्राई स्किन छ भने लोसन लगाउने, आयली स्किन छ भने जेल भएका क्रिम प्रयोग गर्न सकिन्छ । घाममा देखिने शरीरका सम्पूर्ण भागमा क्रिम लगाउने गर्नुपर्छ ।

 मेकअप गर्नुपर्ने भए सन्सक्रिममाथि लगाउँदा हुन्छ । एउटा सन्सक्रिमले ३–४ घन्टा मात्र काम गर्छ । त्यसैले दिउँसो १२–१ बजे फेरि पनि सन्सक्रिम लगाउन सकिन्छ । सम्भव भए मुख धोएर लगाउनुपर्छ । सम्भव नभए त्यसैमाथि भए पनि लगाउनुपर्छ ।

 बेलुका घर आएपछि फेसवासले मुख धुनुपर्छ । फेसवासले मुख धोएपछि मस्चराइजर क्रिम लगाउनुपर्छ । यसले स्किनको मस्चर फर्काएर ल्याउन मद्दत गर्दछ । बिहान धेरै खाना खाए पनि साँझको खाना हल्का खानुपर्छ ।

 राति शारीरिक गतिविधि कम हुने भएकाले बेलुका धेरै खानु हुँदैन । खाना ७ बजेभन्दा अगाडि नै खाएको राम्रो मानिन्छ । बोसोको मात्रा भएको मासु नखाने, धूम्रपान गर्नु हुँदैन । फलफूल बढी खाने गर्नुपर्छ । पहेँलो, हरियो खाना बढी खाने गर्नुपर्छ ।