उत्तर कोरियाका लागि “चीन पहिलो” रणनीति - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

विल इमोट   |   भदौ २८, २०७४

उत्तर कोरियाको घमण्डपूर्ण सैन्य शक्ति प्रदर्शनविरुद्ध प्रतिकार गर्ने सबैभन्दा खराब विधि उमाथि लगाइने प्रतिबन्ध र आक्रामक कूटनीतिको साझा मिश्रण हो भन्नेमा विश्वका अधिकांश राजनीतिक पण्डित सहमति जनाउँछन् । तर, विश्वका केही थोरै नेताले प्योङयोङलाई ठेगान लगाउन सैन्य विकल्प पहिचान गरेका छन् । सैन्य बलद्वारा प्योङयाङका आणविक गतिविधिलाई नियन्त्रण गर्नुपर्छ भन्ने विचार राख्ने सीमित नेताहरूमध्ये अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि एक हुन् । चीन आफ्नो खतरनाक छिमेकी उत्तर कोरियालाई काबुमा राख्ने दायित्वबाट चुक्न नहुने राष्ट्रपति ट्रम्पको धारणा छ । चीनले सैन्य आक्रमण गरेर वा उत्तर कोरियाली शासकलाई पदच्युत गराएर उसका आणविक घमण्ड निस्तेज गर्नुपर्ने अपेक्षा ट्रम्पले लामो समयदेखि गर्दै आएका छन् । तर, पूर्वी एसियाको रणनीतिक सन्तुलनमा नै तीव्र परिवर्तन ल्याउन सक्ने नतिजा अधिकांश मानिसहरूले सोचेजस्तो हुनेछैन ।

विल इमोट

ट्रम्पको मान्यताअनुसार यो बेइजिङको पहिलो विकल्प हो । जसले ‘चीनलाई फेरि महान् बनाउन’ सहयोग गर्न सक्छ । अन्य देशका तर्फबाट कोरियामाथि हुने सैन्य हस्तक्षेपले निकै ठूलो खतरा निम्त्याउन सक्छ । तर, सो अप्रिय विषयको चर्चा गर्नुअघि चीनको सफल हस्तक्षेपले के परिणाम निम्त्याउँछ भन्नेबारेमा मनन गर्न आवश्यक छ । चिनियाँ हस्तक्षेपले उत्तर कोरियालाई कोरियाली युद्धपछिको स्थितिमा धकेल्नेछ जहाँ कुनै वेला चिनियाँ आणविक छातामुनि रहेर उसले विश्वासिलो सुरक्षा सुनिश्चितताको फाइदा लुटेको थियो ।

माओ जेदोङले भन्नेगर्थे कि चीन र उत्तर कोरियाबीचको सम्बन्ध ओठ र दाँतजस्तो निकट छ । कोरियाली युद्धमा अमेरिकी विजयलाई विथोल्न चिनियाँ सेनाले खेलेको भूमिकालाई मनन गर्दा माओको भनाइ समय सान्दर्भिक लाग्न सक्छ । तर, सो युद्धपछिका ६ दशकमा अमेरिकी आधारलाई निम्तो दिएर अमेरिकी आणविक संरक्षणअन्तर्गत आश्रय लिएर जापान र दक्षिण कोरिया संयुक्त राज्य अमेरिकाको नजिकको गठबन्धन बनिरहेका छन् भने चीन र उत्तर कोरिया अझै बढी अलग भएर सतहमा तैरिएका छन् ।

परिणामस्वरूप, चीनको आफ्नो परम्परागत छिमेकी मुलुक (उत्तर कोरिया)माथि थोरै मात्र नियन्त्रण छ र सम्भवतः प्योङयाङमा भइरहेका गतिविधिप्रति पनि बेइजिङको अल्पज्ञान छ । यो सत्य हो कि चीनले चाह्यो भने उमाथिको व्यापार कटौती र ऊर्जा आपूर्ति रोकेर प्योङयाङमाथि बेइजिङले कडा प्रतिबन्ध लगाउन सक्छ । तर, चीनको यस कदमले विश्वबाटै एक्लिँदै गएको किम जोङ उनको शासनलाई अर्को छिमेकी मुलुक रसियाको सहयोग लिन मस्कोतर्फ धकेल्नुबाहेक अरू केही गर्नेछैन ।

उत्तर कोरियाले आफ्ना आणविक गतिविधि रोकेवापत उसले कुनै प्रकारको विश्वसनीय सुरक्षा प्रत्याभूति चाहन्छ भने उत्तरलाई सबैभन्दा भरपर्दो सुरक्षा प्रदान गर्ने एक मात्र देश चीन हो भन्नेबारे विश्वका धेरै मानिसको साझा धारणा छ । उत्तरले आणविक गतिविधि नियन्त्रण गर्न राजी भए पनि उसले अमेरिकाबाट कुनै पनि सुरक्षा सुनिश्चितता पाउनेछैन । उत्तर कोरियालाई अमेरिकी राष्ट्रपतिले व्यक्त गर्ने कुनै पनि सुरक्षा सुनिश्चितताका वाचा विश्वसनीय हुनेछैन । उनीहरूको कार्यकाल सिद्धिएपछि ती वाचा पनि परिवर्तन हुनेछन्।

तसर्थ, सहकार्य र सम्भावित सत्ता परिवर्तनको सट्टा चीन सुरक्षा र आणविक संरक्षणको वाचासहित उत्तरमाथिको अतिक्रमणको मिश्रित खतरा बन्ने हो भने कोरियाली जनसेनाको ठूलो संख्यालाई हराउने बेइजिङको सम्भावना उच्च हुन्छ । अर्कोतर्फ अमेरिकासँग आणविक पौठाजोरी खेल्नु उसका लागि विनाश हो भने चीनप्रति झुकाव राख्दा सम्भवतः उसले निरन्तर स्वतन्त्रताको क्षण अनुभूति गर्न सक्छ ।

उत्तर कोरियामा चीनले सफलतापूर्वक सैन्य हस्तक्षेप गरेमा उत्तर कोरियाली प्रायद्वीपमा भइरहेका गतिविधिबारे नियन्त्रण राखेर सैन्य आधार स्थापना गरी रणनीतिक सफलता मात्र प्राप्त गर्दैन बरू एउटा डरलाग्दो युद्ध हुनबाट जोगाउन सफल भएको भन्दै क्षेत्रीय रूपमा नै बेइजिङको वाहवाही हुनेछ । तर, यदि असावधानी विकल्प रोजियो र खराब ढंगले अमेरिकी नेतृत्वको युद्ध भयो भने एसियाभित्र चिनियाँ नेतृत्वलाई कुनै पनि कार्यले विश्वसनीय पार्नेछैन । सबैभन्दा पहिला त चीनलाई वैधता आवश्यकता छ, र उत्तर कोरियामाथि गर्ने हस्तक्षेपले यस्तो वैधता प्रदान गर्छ । जटिल शक्तिको सफल प्रयोगले चीनलाई नरम शक्तिको ठूलो संग्रह गराउनेछ ।

चीनको सैन्य विकल्पलाई गम्भीरतापूर्वक सोच्ने हो भने अमेरिकासँगको सहकार्यमा केही गुप्तचरी र मिसाइल रक्षाको अन्वेषण उपयोगी हुन सक्छ । उत्तर कोरियाबाट अमेरिकाले सामना गरिरहेको धम्की र चुनौतीलाई मनन गर्दा यस्तो विकल्प अमेरिकाले अस्वीकार गर्न असम्भव छ ।

तर, सँगसँगै प्रश्न पनि आउँछ– चीनले उत्तर कोरियामाथि हस्तक्षेप गर्दा त्यसको सकारात्मक परिणाम आउला त ? यसको निश्चित जवाफ छैन । र, कुनै पनि सैन्य हस्तक्षेपले ठूलो खतरा निम्त्याउन सक्छ । चिनियाँ सैन्य फौज पूर्ण रूपमा हतियारले सुसज्जित छ, तर तुलनात्मक रूपमा उनीहरूमा रणभूमिको अनुभव न्यून छ । सेनाका निम्न तहमा यस्ता नेताहरू छन् जो उत्तरले चिनियाँ सर्त स्वीकारेनन् भने आणविक हतियार वा आमविनाशका लागि तम्तयार हुनेछन् ।

सम्भाव्य निश्चितताका साथ हामीले के भन्न सक्छौँ भने, अमेरिकी सेनाले भन्दा चिनियाँ समुद्री र स्लथगत अतिक्रमणले उत्तर कोरियाली नेता किम जोङ उनलाई केही माइलको दूरीमा रहेको दक्षिण कोरियाको राजधानी सिउलमाथि आणविक आक्रमण गर्नबाट रोक्ने प्रबल सम्भावना छ । निरन्तर सुरक्षा प्रदान गर्ने वाचासहित चीनले गरेको अतिक्रमणको बदलामा उत्तर कोरियाले आफ्ना दक्षिण कोरियामा रहेका दाजुभाइ र दिदीबहिनीमाथि किन बदला लिन्छ होला र ?

अझै महत्वपूर्ण विषय के छ भने किम जोङ उनले आफ्ना आणविक गतिविधिलाई नियन्त्रण गर्छन् भन्नेमा भरपर्दो प्रमाण नदेखिएको अवस्थामा उत्तर कोरियाली क्षेप्यास्त्रबाट अमेरिकाको तुलनामा चीनमाथि निशाना हुने न्यून सम्भावना छ । चीनको सैन्य विकल्पलाई गम्भीरतापूर्वक सोच्ने हो भने अमेरिकासँगको सहकार्यमा केही गुप्तचरी र मिसाइल रक्षाको अन्वेषण उपयोगी हुन सक्छ । उत्तर कोरियाबाट अमेरिकाले सामना गरिरहेको धम्की र चुनौतीलाई मनन गर्दा यस्तो विकल्प अमेरिकाले अस्वीकार गर्न असम्भव छ । यो परिदृश्य हुनेछैन । तर, यो सहकार्य यति तार्किक छ कि यसको सम्भावनालाई गम्भीरतापूर्वक लिनुपर्छ । दुवै देशलाई खतरा पुर्‍याउने अस्थिरताको स्रोतलाई हटाएर यस क्षेत्रमा अमेरिकासँगै महान् रणनीतिक समानता प्राप्त गर्ने चीनको महत्वपूर्ण अवसर पनि हो ।

(दी इकोनोमिस्ट पत्रिकाका पूर्वसम्पादक विल इमोट दी फेट अफ दी बेस्टका लेखक पनि हुन्)
कपिराइट : प्रोजेक्ट सिन्डिकेट २०१७
(नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा)