उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

एजेन्सी , जेनेभा   |   भदौ २८, २०७४

तेल, कपडा र अन्य कच्चा पदार्थ आयात–निर्यातमा रोक –

संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध लगाएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को सोमबार बसेको बैठकले उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको हो । प्रस्तावप्रति रसिया र चीनले पनि समर्थन जनाएका छन् ।

सुरक्षा परिषद्ले उत्तर कोरियामाथि तेल आयातमा कटौती र प्योङयाङबाट अन्य मुलुकमा कपडा तथा धागो निर्यातमा आंशिक प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाले चीनमा बर्सेनि ७० करोड डलरबराबरको टेक्सटाइल निर्यात गर्छ । त्यस्तै, विदेशमा काम गर्ने उत्तर कोरियाली कामदारको भिसामा प्रतिबन्ध लागेको छ । प्रतिबन्धले प्योङयाङलाई बर्सेनि ५० करोड राजस्व कटौती हुनेछ ।राष्ट्रसंघले केही दिनअघि प्योङयाङमाथि प्रतिबन्ध लगाउने प्रस्ताव गरेको थियो । तर, नाकाबन्दीविरुद्ध रसिया र चीन सहमत हुन नसक्दा प्रतिबन्धमा ढिलाइ भएको हो ।

आणविक परीक्षणको बदलामा प्रतिबन्ध
उत्तर कोरियाले छैटौँपटक आणविक परीक्षण गरेपछि संयुक्त राष्ट्रसंघले सो प्रतिबन्ध लगाएको हो । उत्तर कोरियाले बारम्बार क्षेप्यास्त्र परीक्षण गर्दै आएकाले उसका विरुद्धमा नाकाबन्दी लगाइएको अमेरिकाले जनाएको छ । उत्तर कोरियाले गत साता मात्र शक्तिशाली हाइड्रोजन बम परीक्षण गरेको थियो । हाइड्रोजन बमको क्षमता द्वितीय विश्वयुद्धको समयमा अमेरिकाले जापानमाथि प्रहार गरेको अणुबमभन्दा १०औँ गुणा शक्तिशाली भएको दक्षिण कोरियाले जनाएको छ । परीक्षणको अन्तर्राष्ट्रिय समुदायले विरोध गरेको थियो ।

के असर गर्छ नाकाबन्दीले ?
पछिल्लो नाकाबन्दीले उत्तर कोरियालाई दोस्रो मुलुकबाट सामान आयात गर्न कठिनाइ हुनेछ । तेल, ऊर्जा, कोइला र टेक्सटाइललगायतका सामान आयातमा थप कडाइ हुँदा उसलाई बर्सेनि करोडौँ डलर घाटा हुनेछ । त्यस्तै, आणविक परीक्षणका लागि आवश्यक कच्चा सामग्रीमाथिको प्रतिबन्धले उत्तर कोरियाको आणविक कार्यक्रममा प्रत्यक्ष असर गर्ने अनुमान गरिएको छ ।

उत्तर कोरियाली नागरिकलाई वैदेशिक रोजगारीमा जानसमेत रोक लगाइएको छ । यो नाकाबन्दी कार्यान्वयन भएपछि कुनै पनि देशले उत्तर कोरियाली नागरिकलाई वैधानिक रूपमा काम लगाउने छैनन् । नयाँ प्रावधानले विदेशमा काम गर्न चाहने उत्तर कोरियाली नागरिक प्रभावित हुनेछन् । राष्ट्रसंघका एक अधिकारीका अनुसार विश्वका विभिन्न देशमा करिब ९३ हजार उत्तर कोरियाली नागरिक कार्यरत छन् । नयाँ प्रतिबन्धले उनीहरूको ‘वर्क परमिट’मा रोक्नेछ ।

चीन र रसियाको सहमति
प्योङयाङमाथि थप प्रतिबन्ध लगाउने प्रस्तावलाई चीन र रसियाले समर्थन गरेका छन् । यसअघि चीनले उत्तर कोरियालाई आवश्यक सामग्री निर्यात गर्न अनुमति दिएर उत्तर कोरियाप्रति तुलनात्मक रूपमा नरम रूपमा प्रस्तुत हुने गरेको थियो । तर, पछिल्लो समयमा अमेरिकाले गरेको प्रस्तावमा चीनले सहमति जनाएको छ ।

यसअघि चिनियाँ विदेशमन्त्री याङ यिलले राष्ट्रसंघलाई आवश्यक कदम चाल्न आग्रह गरेका थिए । ‘उत्तरविरुद्ध राष्ट्रसंघले गर्ने जुनसुकै पहलको चीनले स्वागत गर्छ,’ उनले भनेका थिए । त्यस्तै, प्रतिबन्ध लगाउने प्रस्तावको रसियाले पनि समर्थन जनाएको छ । यसअघि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले वार्ताबाटै उत्तर कोरियाली संकट समाधान गर्नुपर्नेमा जोड दिए पनि प्योङयाङमाथि प्रतिबन्ध लगाउने विषयमा मस्कोले हस्ताक्षर गरेको छ ।

युरोपियन युनियनले पनि थप नाकाबन्दी लगाउने युरोपियन युनियन (इयू)ले पनि उत्तर कोरियाविरुद्ध थप नाकाबन्दीको तयारी गरिरहेको छ । उत्तर कोरियाली आणविक परीक्षणको विरुद्धमा युरोपियन युनियनले थप नाकाबन्दी लगाउने तयारी गरेको इयूका कूटनीतिक विभाग प्रमुख फेडरिका मोगारिनीले जानकारी दिए ।‘उत्तर कोरियामाथि थप नाकाबन्दी लगाउनेबारे मैले मन्त्रिपरिषद्का सदस्यहरूसँग छलफल गरेको छु, अब यसले छिट्टै नै पूर्णता पाउनेछ,’ उनले भने । उत्तर कोरियाविरुद्ध विश्वका अन्य अन्तर्राष्ट्रिय निकायले पनि नाकाबन्दी तथा कारबाहीको घोषणा गर्ने जनाएका छन् ।

अमेरिकाले ठूलो मूल्य चुकाउनेछ
उत्तर कोरियामाथि थप प्रतिबन्ध लागेपछि प्योङयाङ क्रुद्ध बनेको छ । अमेरिकाले ठूलो मूल्य चुकाउनुपर्ने उसले चेतावनी दिएको छ । ‘उत्तरमाथिको थप प्रतिबन्धले अमेरिकाले ठूलो मूल्य चुकाउनु पर्नेछ,’ उत्तर कोरियाको सरकारी समाचार संस्था केएनसीले जनाएको छ । तर, उत्तरले आगामी दिनमा कस्तो कदम चाल्नेछ भन्नेबारे केही प्रस्ट गरेको छैन । दुई महिनाअघि उत्तर कोरियामाथि प्रतिबन्ध लगाएपछि प्रशान्त महासागरस्थित अमेरिकी भूमि गुआममा हमला गर्ने धम्की दिएको थियो ।