नेपालले भुटानको सामना गर्दै - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं, २७ भदौ   |   भदौ २८, २०७४

एपिसी यू–१९ पूर्व क्षेत्रीय क्रिकेट छनोटमा  नेपाल बुधबार भुटानविरुद्ध खेल्दै

नेपालले एसिसी यू–१९ पूर्व क्षेत्रीय क्रिकेट छनोट प्रतियोगितामा बुधबार भुटानसँग प्रतिस्पर्धा गर्दै छ । नेपालले आफ्नो पहिलो खेलमा थाइल्यान्डमाथि २ सय ५५ रनको सानदार जित निकालेको छ । थाइल्यान्डभन्दा भुटान तुलनात्मक रूपमा सहज प्रतिद्वन्द्वी रहेको नेपाली टोलीका प्रमुख प्रशिक्षक विनोद दासले बताएका छन् । भुटानलाई हराउँदा नेपाल दोस्रो चरणमा पुग्ने सम्भावना बलियो हुनेछ । प्रतियोगिताको विजेता एसिया कप १९ मा छनोट हुनेछ ।


भुटान सहज प्रतिद्वन्द्वी
नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले पनि भुटान सहज प्रतिद्वन्द्वी भएको बताएका छन् । भुटानलाई सहजै हराउने लक्ष्य रहेको ऐरीले बताए । ‘हामी प्रतियोगितामा अगाडि बढ्न चाहन्छौँ र भुटानलाई सहजै हराउँछौँ,’ मलेसियामा खेल पत्रकारसँग कुराकानी गर्दै ऐरीले भने, ‘यहाँ हाम्रो अर्को लक्ष्य नै उपाधि जित्नु हो ।’ भुटानविरुद्ध ब्याटिङ र बलिङमा थप सुधार हुने उनले बताए, ‘प्रतिस्पर्धामा अझ हामीले ब्याटिङ र बलिङमा सुधार गर्नुपर्ने देखिन्छ, यो हामी भुटानविरुद्ध सुधार गर्छौँ ।’

भुटानको कमजोर सुरुवात
प्रतियोगितामा भुटानले कमजोर सुरुवात गरेको छ । भुटान पहिलो खेलमा सिंगापुरसँग नौ विकेटले पराजित भएको थियो । प्रशिक्षक दासले भुटानले प्रतिस्पर्धात्मक खेल खेल्दा नेपाललाई सहज हुने बताए । ‘भुटानले जति हामीलाई चुनौती दिन्छ, खेल त्यति नै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछ,’ दासले भने, ‘हाम्रो लक्ष्य नै च्याम्पियन हुने हो ।’

प्रत्येक ब्याट्सम्यानले २० रन बनाउनुपर्ने
प्रशिक्षक दासले प्रत्येक नेपालका ब्याट्सम्यानले २० रन बनाउनुपर्ने बताएका छन् । ‘सबै ब्याट्सम्यानले कम्तीमा २० रनको योगदान दिनुपर्छ, त्यसपछि दुई वा तीन ब्याट्सम्यानले अर्धशतक र शतकका लागि कोसिस गर्नुपर्छ,’ अभ्यास सेसनमा दासले भने, ‘थाइल्यान्डसँगको प्रतिस्पर्धामा ब्याट्सम्यानहरू योजनाअनुसार ब्याटिङ गर्न सफल भए ।’