कांग्रेसका शीर्ष नेता संयुक्त प्रचार अभियानमा - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

रमेश सापकोटा, काठमाडौं   |   भदौ २८, २०७४

प्रधानमन्त्री देउवा, नेता पौडेल, महामन्त्री कोइराला, कोषाध्यक्ष यादवसहितले आठवटै जिल्लाका विभिन्न सहरमा हुने आमसभालाई सम्बोधन गर्ने

कांग्रेस पदाधिकारीसहितका शीर्ष नेता प्रदेश नम्बर २ मा सक्रियतापूर्वक चुनावी प्रचारमा लागेका छन् । केन्द्रीयस्तरका केही नेता आफ्नै रोजाइमा निर्वाचन हुने आठ जिल्लामा जान पाउने भए पनि सभापतिसहितका शीर्ष नेताकै उपस्थितिमा कांग्रेसले मधेसमा ठूला चुनावी सभा गर्दै छ । मंगलबार सप्तरी र सिरहामा भएको सभालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहितका शीर्ष नेताले सम्बोधन गरे ।

प्रधानमन्त्रीसहितका शीर्ष नेताको ३० भदौसम्म आठवटै जिल्लामा कांग्रेसको पक्षमा चुनावी माहोल बनाउने गरी कार्यक्रम र भेटघाटको कार्यक्रम बनाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बुधबार धनुषा र महोत्तरी
बुधबार बिहानबाट कांग्रेस शीर्ष नेताको व्यस्त सूची छ । बिहान धनुषा र महोत्तरीका पार्टी नेता तथा कार्यकर्तासँग भेट्दै छन् । बुधबार सभापति, नेता पौडेल र महामन्त्री, कोषाध्यक्षसहित केन्द्रीय नेताहरूले महोत्तरी सदरमुकाम जलेश्वरमा हुने चुनावी सभालाई सम्बोधन गर्दै छन् । बिहान ९ बजेको चुनावी सभापछि शीर्ष नेताहरू दिउँसो १ बजे जनकपुरधाममा आयोजना हुने आमसभामा सहभागी हुनेछन् । सो सभापछि शीर्ष नेताहरूको टोली महोत्तरीको बर्दिवास जानेछ । बर्दिवासमा अपराह्न ४ बजे चुनावी सभा राखिएको छ । सभालाई शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

बिहीबार सर्लाही र रौतहट
बिहीबार कांग्रेस शीर्ष नेताले सर्लाही र रौतहटका चुनावी कार्यक्रमलाई सम्बोधन गर्नेछन् । सर्लाहीको मलंगवामा दिउँसो १ बजे सभा राखिएको छ । त्यसपछि अपराह्न ४ बजे रौतहटको गौरमा हुने आमसभालाई सम्बोधन गर्नेछन् । त्यसपछि शीर्ष नेतृत्व वीरगन्ज प्रस्थान गर्ने कार्यक्रम छ ।

शुक्रबार बारा र पर्सा
३० भदौ बिहान पार्टी सभापति एवं प्रधानमन्त्री देउवा, नेता पौडेल र महामन्त्री कोइरालाले बारा र पर्साका कार्यकर्तासँग भेटघाट गर्नेछन् । दिउँसो १ बजे बाराको कलैयामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् । त्यसपछि सोही दिन पर्साको वीरगन्जमा आयोजना हुने चुनावी सभालाई अपराह्न २ बजे सम्बोधन गर्ने कार्यक्रम छ । चुनावी सभापछि ३० भदौमा शीर्ष नेताहरू काठमाडौं फर्किनेछन् ।

शीर्ष नेता जाँदा पार्टीले जित्ने दाबी
शीर्ष नेताको उपस्थितिमा आठवटै जिल्लामा चुनावी सभा हुने भएपछि कांग्रेसको पक्षमा चुनावी लहर आउने विश्वास कांग्रेसले गरेको छ । तर, कांग्रेसले घोषणा गरेको चुनावी तालमेल माओवादी केन्द्रसँग हुन सकेन । एमाले प्रभाव भएका पूर्व–पश्चिम राजमार्ग वरपरका नौवटा तहमा माओवादीसँग तालमेल गर्ने प्रयास भए पनि बारा र धनुषाका जम्मा दुईवटा तह मात्र भएको छ । रौतहटको गौर नगरपालिकामा कांग्रेसले आफूले उपप्रमुख लिएर प्रमुखमा संघीय समाजवादीलाई अघि सार्दै चुनावी तालमेल गरेको छ । जनकपुर, बाराका दुई उपमहानगरपालिका र वीरगन्ज महानगरपालिकामा कांग्रेसले तालमेल नगरी आफ्नै उम्मेदवार अघि सारेको छ ।

सिरहामा पानीले बिथोल्यो
प्रधानमन्त्री देउवा, नेता पौडेल, महामन्त्री कोइरालाले मंगलबार सप्तरीको राजविराजमा आयोजित चुनावी सभालाई सम्बोधन गरे । आमसभापछि शीर्ष नेताहरू सिरहाको सभालाई सम्बोधन गर्न पुगेका थिए । तर, खुल्ला चौरमा राखिएको कार्यक्रम वर्षात्ले बिथोलेपछि नेताहरूले सम्बोधन नै गर्न पाएनन् । सम्बोधन नगरी कर्यक्रम सकिएपछि नेताहरू बास बस्न जनकपुर पुगे ।

केन्द्रीय सदस्यहरू पनि व्यस्त
कांग्रेसले तोकेर जिल्ला नपठाए पनि केन्द्रीय सदस्यहरू आफैँ रोजेर सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा केन्द्रित भएका छन् । घरदैलोसहितका स्थानीय तहका चुनावी प्रचारका कार्यक्रममा नेताहरू सक्रिय भएर लागेका छन् ।