कोसी उच्च बाँधबाट यसरी फाइदा हुन्छ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   भदौ २८, २०७४

अरुणकुमार सुवेदी जलस्रोत तथा अन्तर्राष्ट्रिय मामिलाका विज्ञ हुन् । करिब तीन दशकदेखि नेपालको जलस्रोतको उपयोग र जलविद्युत् उत्पादनका सम्भावना, यसको मोडालिटी तथा नेपाल–भारत जलसहकार्यका बारेमा उनले गहन विश्लेषण गर्दै आएका छन् । नेपाल–भारत जलसम्बन्धबारे उनले पछिल्लोपटक जलसपना नामक पुस्तकसमेत लेखेका छन् । उनले कोसी उच्च बाँधको फाइदा–बेफाइदाबारे यसरी विश्लेषण गरे :

अरुणकुमार सुवेदी

जलस्रोत मामिलाविज्ञ

कोसी उच्च बाँधको विषय हालै नेपाल र भारतका प्रधानमन्त्रीको संयुक्त विज्ञप्तिमा समेटिनु साह्रै राम्रो कुरा हो । यो विषयलाई प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणसँग मात्रै जोडेर हेर्न मिल्दैन । धेरै पहिलेदेखि यसबारे चर्चा–परिचर्चा हुँदै आएको हो । पछिल्लोपटक कसै–कसैले कोसी उच्च बाँधलाई अति चर्चाको विषय बनाएका छन्, त्यो गलत हो । कोसी उच्च बाँध बन्यो भने नेपाल र भारत दुवै देशलाई फाइदा पुग्छ । कोसी उच्च बाँध आज फुत्त आएको विषय होइन, यो धेरै पहिलेदेखि आएको विषय हो र यसको पृष्ठभूमिमा गएर हेर्नुपर्छ ।

वास्तवमा कोसी बाँध निर्माणताका पनि यही बाँध चतराघाटमा बनाउने विषयमा पनि चर्चा नभएको होइन । भारतले त्यसवेला उसको प्राविधिक तयारी नपुगेका कारण बनाएन । त्यसवेला जे भयो, राम्रै भयो । अहिलेको बाँधबाट नेपाललाई त फाइदा भएन–भएन, भारतलाई पनि फाइदा भएको छैन । यसको विकल्पमा भारतीयहरूले पहिले पनि सोचेका थिए र अहिले पनि सोचेका छन् । केएल राव भारतका जलस्रोत अभियन्ता भए, त्यसपछि यी बाँध र जलविद्युत्का क्षेत्रमा कुरा हुँदै आएको हो ।

जाइकाले कोसी बेसिन, कर्णाली बेसिन र महाकाली बेसिनको पूरै अध्ययन गरेको छ । जाइकाले पनि कोसी उच्च बाँधलाई नेपालले नगरी नहुने भनेर सिफारिस गरेको छ । त्यसपछि विश्व बैंकले गंगा उपत्यका रणनीतिक योजनाअन्तर्गत नेपालका सबै नदीहरूको अध्ययन गरेको थियो । जसअन्तर्गत उसले २३ वटा साना–ठूला बाँधहरू बनाएर बर्खाको पानी सञ्चय गरेर बाढी नियन्त्रण गर्ने र हिउँदमा पानीको बहाव सन्तुलित गर्ने भनेको थियो । त्यसबाट नेपाल र भारतले विद्युत्, सिँचाइलगायत अन्य क्षेत्रमा समुचित बाँडफाँड गर्नुपर्छ भनेको थियो । त्यसपछि सन् १९७१ मा बंगलादेशको स्थापना भएसँगै उसैको प्रयासमा ७ वटा बाँधहरू बनाउनुपर्छ भनेको थियो । त्यस्तै भारतको अरुणाञ्चल प्रदेशमा पर्ने धेरै नदीहरूमा पनि धेरै स्थानमा बाँध बनाउनुपर्छ भनेको थियो ।

कोसी बाँधको विषय नेपालको हातमा रहेको छ । यसलाई नेपालले सफल कूटनीति अवलम्बन गरेर नेपालको बृहत्तर हितका क्षेत्रमा सहमति निर्माण गर्नुपर्छ । नेपालको हितमा कोसी उच्च बाँध निर्माण हुनु आवश्यक छ ।

के हो कोसी बाँध
कोसी बाँधको कुरा गर्दा नेपालको चुरे र महाभारत क्षेत्रभन्दा तल र भारतको बिहार क्षेत्रलाई सबैभन्दा पहिले लिनुपर्ने हुन्छ । त्यहाँ कोसी बर्सेनि पीडाको विषय बन्दै आइरहेको छ । यसको बाढीको प्रकोप र यसले यति धेरै गिट्टी, ढुंगा र माटो (सिल्ट) लिएर आउँछ, त्यसको नियन्त्रण आवश्यक छ । पहाडी भूभागमा खुम्चिएका नदीहरू समथर भूभागमा पुगेपछि धेरैतिर फिँजारिन्छन् र धेरै क्षति पनि गर्छन् । यो विषयमा छलफल गर्दा भारत र बंगलादेशको फरक्का बाँधलाई उपयुक्त उदाहरणका रूपमा अध्ययन गर्नु आवश्यक छ ।

डुबान र बाढीको समस्या कोसीले मात्र ल्याउने होइन, अन्य नदीले पनि ल्याउँछन् । संसारका अन्य देशमा के अभ्यास भएको छ, त्योअनुसार कोसी बाँध निर्माणलाई अगाडि बढाउनुपर्ने हुन्छ । चीनमा याङ्जी र ह्वाङ्होले पनि यस किसिमको समस्या नल्याएका होइनन् । यो समस्याको एक मात्र समाधान पहाडका खाेँचहरूमा उच्च बाँध बनाउने र पानी जम्मा गर्ने नै हो । ठूलो सरोबर भयो भने फाइदा धेरै हुन्छ । खोलाहरूले ल्याउने सिल्टलाई हिउँदको समयमा निर्माण सामग्रीका रूपमा प्रयोग गर्न सकिन्छ । यस्ता खालका बाँध निर्माणबाट संसारमा बाढी नियन्त्रण, सिँचाइ, जलविद्युत्, यातायात, पर्यटनलगायतका बहुउद्देश्य काम भएको छ ।

२ सय ६९ मिटर अग्लो बनाइने कन्सेप्ट डिजाइनअन्तर्गत कोसी उच्च बाँध निर्माण गर्नुपर्ने हुन्छ । यसमा डिपिआर तयार नभइसकेको अवस्थामा कन्सेप्ट डिजाइनका आधारमा छलफल भइरहेको छ । डिजाइनमा उदयपुरको मैनामैनी र बराहक्षेत्रमा त्रिशूल आकारमा ठूलो बाँध बनाउने भनिएको छ । जसको पूर्वी क्षेत्र तमोर, बीचको क्षेत्र अरुण र पश्चिममा सुनकोसी हुन्छ । त्यो बाँध बनाउँदा १३ दशमलव ५ अर्ब घनमिटर पानी जम्मा हुन्छ र जसमध्ये ५ अर्ब घनमिटर बगाएर तलतिर छाड्न मिल्छ र बाँकी ४ अर्ब घनमिटर पानीचाहिँ डेड स्टोरेज भएर बस्छ ।

नेपाललाई फाइदा के ?
बाँध बनाउँदा संसारभरि जहाँ पनि डुबान हुन्छ । कोसीको तल्लो बाँधले पनि केही डुबान भएको नै छ । तर, त्यसले के–कति फाइदा दिन्छ भन्ने महत्वपूर्ण हो । यसको लाभ र हानिका विषयमा उचित आकलन गर्नुपर्छ । कोसी उच्च बाँध त्यस्तो एउटा बाँध हो, जसले नेपाललाई समुद्रसँग जोड्छ र ‘सी लिंक’लाई मजबुत बनाउँछ । नेपालले कलकत्ताबाट सामान पानीजहाजबाट सोझै चतरासम्म ल्याउन सक्छ । अर्को त्यहाँबाट विद्युत् निस्किन्छ । झापादेखि पर्साको ठोरीसम्म सिँचाइ हुन्छ । कोसी उच्च बाँध निर्माणपछि नेपालको ५ लाख ५० हजार हेक्टर जमिनमा सिँचाइ सुनिश्चित हुन्छ । त्यसबाट भारतको बिहारमा ११ लाख जमिन सिँचाइ हुन्छ ।

प्रारम्भिक अध्ययनमा ५५ देखि ६० हजारजना विस्थापित हुन्छन् भन्ने आकलन थियो । अहिले पनि सो क्षेत्रमा धेरै ठूलो जनसंख्याको बसोवास छैन । कोसीका नदी उपत्यकामा धेरै घना बस्ती छैन । मूलघाटमा अन्तभन्दा धेरै बसोवास छ, त्यहाँ पनि बँेसीका गाउँहरूमा खेतीपाती कम हुँदै गएको छ । संसारमा कोसी उच्च बाँध सबैभन्दा कम विस्थापन हुने बाँधमध्ये एकमा पर्छ । नेपालको कर्णाली, चिसापानी र कोसी उच्च बाँध कुनै पनि ठूला संरचना, राष्ट्रिय निकुञ्जलगायतका कुनै पनि जंगलहरू पनि डुबानमा नपरीकन निर्माण हुनेमा पर्छन् ।

कुन मोडालिटी अपनाउने ?
नेपालले तीन–चारवटा विषयमा ध्यान दिनुपर्छ । कन्सेप्ट डिजाइनअनुसार नेपालले समुद्रसँग नेभिगेसन जोड्नका लागि पूर्वी नहरबाट धेरै मात्रामा पानी छाड्नुपर्छ । कन्सेप्ट डिजाइनअनुसार १४ सय ८ घनमिटर प्रतिसेकेन्ड पानी छाड्ने भन्ने छ र पश्चिम नहरमा ११ सय घनमिटर प्रतिसेकेन्ड पानी छाड्ने भन्ने छ । पश्चिम नहर घटाउनुपरे पनि अरू नदीबाट पनि सिँचाइ गर्न सकिने भए पनि पूर्वी नहरमा सुक्खा सिजनमा पनि जल यातायातका लागि उपयुक्त हिसाबले बनाउनुपर्ने हुन्छ । जल यातायातको महत्व कति थियो भन्ने त हामीलाई नाकाबन्दीको समयले देखाइसकेको छ । भारतमा नेपालको बिजुलीले निर्भर हुने र भारतका करोडाैँ किसान नेपालको पानीले सिँचाइ गरेको अवस्थामा नेपालको बार्गेनिङ क्यापासिटी के हुन्थ्यो कल्पना गरौँ । यो अवस्थामा नेपालको रणनीतिक औकात धेरै हुन्थ्यो । यसबाट भुटानले पनि लाभ लिन सक्ने हुनाले उसलाई पनि समावेश गर्न सकिन्छ ।

अर्को, विद्युत् भारतका लागि आवश्यक भए पनि यो बहुउद्देश्यीय परियोजना भारतले सबै विद्युत् नेपाललाई छोड्नुपर्छ । यो हाई ड्यामबाट ३४ सय मेगावाट बिजुली उत्पादन हुन्छ । विद्युत् किन पनि नेपाललाई दिनुपर्छ भने गत वर्ष नेपालको भारतसँग ४ सय ९१ अर्ब रुपैयाँ व्यापारघाटा रहेको छ र त्यसलाई कम गर्नका लागि यसले धेरै सहयोग गर्छ । यो ४ सय ९१ अर्ब रुपैयाँको २० प्रतिशत व्यपारघाटा भारतलाई विद्युत् बिक्री गर्दा आउने रकमबाट पूर्ति हुन्छ ।

यसैगरी, तल्लो तटीय क्षेत्रलाई मुख्य आधार मान्नुपर्छ । नेपालको तल्लो क्षेत्र, भारतको पूर्वोत्तर क्षेत्र र बंगलादेशको कति क्षेत्रफललाई डुबान कम गर्नका लागि भूमिका खेलियो र यो आयोजनाले कति क्षेत्रलाई सुरक्षित राख्छ, सोका आधारमा लगानी बाँडफाँड गर्नुपर्छ । अर्को कति किसानलाई सिँचाइ उपलब्ध गरायौँ भनेर नेपाल, भारत र बंगलादेशले कति–कति लगानी गर्ने भनेर निक्र्यौल हुनुपर्छ र यो काम सम्बन्धित क्षेत्रका विज्ञको टोलीले गर्नुपर्छ । हाम्रो डुबान भएको भूमिलाई आयोजनाले क्षतिपूर्ति दिइहाल्छ, यसमा केही थप कुरा गरिराख्नुपर्दैन ।

कोसी उच्च बाँधमा राजनीति किन ?
नेपालमा दलहरूले आफ्नो स्वार्थसिद्ध गर्नका लागि भारतको नाम बेचेर वर्षौँसम्म राजनीति गरिरहेका छन्, त्यो गलत हो । उनीहरूले आफूलाई सुधार्नुपर्छ । हामीकहाँ नौ महिनामा सरकार परिवर्तन हुन्छ र अर्को सरकारले गरेका राम्रा कामको सहयोग गर्नुभन्दा उसले भन्दा के राम्रो काम र फरक काम गरिएको छ भनेर भोटको राजनीति हुन्छ । एकथरी मानिसहरू निजी क्षेत्र विद्युत्मा समावेश हुनुपर्छ भनेर बसेका थिए, तर ती व्यक्तिहरू नै आजभोलि यसको निकै विरोध गरिरहेका छन् ।

मेरो बुझाइमा कोसी उच्च बाँधका विषयमा नेपाल सरकारभन्दा धेरै चासो र चिन्ता भारतलाई छ, किनभने यसबाट उसलाई सबैभन्दा बढी क्षति हुनेवाला छ । भारतले उसको चाहनाअनुसार यसको समग्र डिपिआरलगायत सबै पक्षको अध्ययन गर्न चाहन्छ । तर, नेपाल सरकारले यसबारे अध्ययन गरेको छैन । नेपालले अहिलेसम्म ठूला आयोजनामा अध्ययन गरेको छैन । अर्को कुरा, नेपालले यस्ता आयोजनाको अध्ययन तथा निर्माण एक्लैले गर्न सम्भव पनि छैन ।

भारतले के गर्ला ?
नेपालका पहाडी क्षेत्रमा सम्भावना रहेका जलाशययुक्त आयोजनाहरू चीनले निर्माण गर्ने कुरामा सहमति जनाएर भारतले वर्षा मौसममा हुने बाढीलाई नियन्त्रण गर्न खोजेको जस्तो देखिन्छ । यो भारतका लागि फाइदा र नेपालका लागि घाटा हो । वर्षाको सिजनमा भारतमा हुने बाढी रोकिएर हिउँदमा पानीको बहाव धेरै बनाउन भारतले यो नीतिको प्रयोग गरेको पनि हुन सक्छ । जस्तै, बुढीगण्डकी आयोजना निर्माण भयो भने गण्डक नहरलगायत भारतमा गण्डकी नदीले गर्ने विनाश कम हुन्छ । यसले भारतकै बाढी नियन्त्रण हुने हो । हिउँदमा बिजुली निकाल्दा धेरै पानी जाने भएका कारण सिँचाइ पनि धेरै हुने हो । यसका कारण सुको पैसा खर्च नगरी भारतलाई फाइदा हुने देखिन्छ र नेपालसँग समुद्रको लिंक नभएका कारण नेपाललाई हानि हुने निश्चित छ ।

भारतले भर्खरै मात्र पञ्चेश्वरको बैठकमा तल्लो शारदाको विषय महत्वसाथ उठाएको छ । यसको अर्थ हो, भारतले नेपालको पानी नीतिलाई परिवर्तन गर्न खोजेको छ । यो हो भने नेपाललाई धेरै घाटा हुनेछ । अहिलेसम्मको नेपाल, भारत र बंगलादेशको पानीको फिलोसोफी कस्तो थियो भने तल्लो तटीय राष्ट्रले माथिल्लो तटीय राष्ट्रमा बाँध बनाउने । संसारमा यस्तो अन्त कतै छैन । फरक्का बाँधमा बंगलादेशले मागेजति पानी भारतले दिएको छ । यसको सुरुवात भारतले गरेको हो भने त्यो नेपालका लागि धेरै घातक छ । भारतले लोअर क्षेत्रबाट पानी लिफ्ट गरेर आफ्नो चाहिएको स्थानमा लग्यो भने त्यसमा नेपालका कुनै पनि तल्लो तटीय क्षेत्रहरूको काम शून्य हुन्छ र काम हुँदैन । यो सन्दर्भलाई समेत मध्यनजर गर्दै नेपालले आफ्नो अधिकतम लाभ सुनिश्चित हुने गरी कोसी उच्च बाँध निर्माणका लागि भारतसँग वार्ता गर्नुपर्छ । यसको विकल्प हामीसँग छैन ।