दसैँमा बसको अग्रिम टिकट लिने यात्रुको भिड - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

जीवन बस्नेत, काठमाडौं   |   भदौ २८, २०७४

उपत्यकाबाट २० लाख मानिस सार्वजनिक सवारीमार्फत बाहिरिने –

मंगलबारदेखि दसैँ–तिहार, छठलगायत चाडपर्वका अवसरमा घर जाने यात्रुका लागि खुलाइएको अग्रिम टिकट बुकिङमा अधिक भिड देखिएको छ । विशेष गरी नयाँ बसपार्क, गौशाला, कलंकी, कोटेश्वर, सुन्धारा, चाबहिललगायतका स्थानमा अग्रिम टिकट लिनेको भिड देखिएको हो ।

टिकट बुकिङ खुला हुने थाहा पाएकाहरू मध्यरातदेखि नै लाइनमा बसेका थिए । विगत वर्षभन्दा ढिलो गरी टिकट बुकिङ खुला गरिएको यो वर्षको पहिलो दिन कतिजनाले टिकट पाए भन्ने जानकारी व्यवसायीले सार्वजनिक गरेका छैनन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार पहिलो दिन भिड भए पनि तीन दिनभित्र सहजै टिकट पाउने व्यवस्था गर्ने जानकारी दिए।

१ असोजदेखि घर जानेलाई मात्र अग्रिम टिकट
यातायात व्यवस्था विभागले अग्रिम टिकट बुकिङ असोज १ गतेदेखि घर जानेहरूका लागि मात्र दिएको छ । फूलपातीका दिन (११ असोज) देखि घर जानेको संख्या अत्यधिक रहेको छ । यातायात व्यवसायीले यो वर्ष थप नयाँ यात्रुबाहक साधन नथपेका कारण पनि व्यवस्थापन चुनौतीपूर्ण रहेको जानकारी दिएको छ । ‘हरेक वर्ष १ हजार २ सयसम्म नयाँ यात्रुबाहक सवारीसाधन थप गर्ने गरिएको थियो । यो वर्ष नयाँ भाडाका सवारीसाधन भने नथपिने भएको छ । ‘बैंकिङ कर्जामा कडाइ गरेका कारण नयाँ बस थप हुनेछैनन्,’ महासंघका महासचिव सरोज सिटौलाले भने । गत फागुनअघि सवारीसाधनमा शतप्रतिशत कर्जा प्राप्त हुने गरेकोमा अहिले ६० प्रतिशत मात्र कर्जा प्राप्त हुन थालेको व्यवसायीको भनाइ छ । यसकारण नगन्य संख्यामा मात्र नयाँ बस थप भएका छन् । पुराना सवारीसाधनलाई मर्मत गरेर चलाउने व्यवसायीको तयारी छ । यसअघि सरकारले २२ भदौदेखि अग्रिम टिकट बुकिङ खुलाउने घोषणा गरेको भए पनि यातायात व्यवसायीले गरेको असहयोगका कारण अग्रिम टिकट बुकिङ सम्भव भएको थिएन ।

१२ अनुगमन टोली बनाएर निगरानी
यातायात व्यवस्था विभागले चाडपर्वका वेला यातायात क्षेत्रलाई व्यवस्थित र सुचारु राख्न १२ वटा अनुगमन टोली बनाएर निगरानी थालेको छ । ती टोलीले कमी–कमजोरी फेला पारेमा तत्काल कारबाही गर्ने गरी विभागले योजना बनाएको विभागका महानिर्देशक रूपनारायण भट्टराईको भनाइ छ । ‘व्यवसायीले आफ्ना भाडाका सवारीसाधन ग्यारेजमा राखेर बसे केही गर्दैनौँ, टिकट काट्न गएका यात्रुलाई टिकट नदिए, बढी भाडा असुल गरे, कन्डिसनको सवारीसाधन नचलाए, सही सूचना नदिए जरिवाना गर्छौँ,’ उनले भने । व्यवसायीले बुकिङस्थलमा परिचयपत्र लगाएका कर्मचारी अनिवार्य राख्नुपर्ने व्यवस्था गरेको छ ।

सार्वजनिक सवारीबाट २० लाख बाहिरिने अनुमान
यो वर्ष अधिकतम २० लाख मानिस काठमाडौं उपत्यकाबाट बाहिरिने यातायात व्यवस्था विभागले प्रक्षेपण गरेको छ । विगतमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने गरेका थिए । त्यस्तै, निजी सवारीसाधनबाट पनि ५ देखि ७ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । तर, यति नै संख्यामा चाडपर्वमा यात्रु बाहिरिन्छन् भन्ने तथ्यांक विभागसँग र यातायात व्यवसायी दुवैसँग छैन । बाहिरिने यात्रुमध्ये सबैभन्दा धेरैले कलंकी, नागढुंगा, मुग्लिन नारायणघाट हुँदै पूर्व–पश्चिम राजमार्ग प्रयोग गर्नेछन् । यसबाहेक राजधानी जोड्ने अरनिको, सिन्धुली–बर्दिबास, पासाङल्हामु राजमार्ग पनि व्यस्त हुनेछन् । सबैभन्दा बढी व्यस्त हुने मुग्लिङ–नारायणघाट खण्डमा चाडपर्वका वेला खाल्डा पुर्ने, यातायात सञ्चालनको अवधि वृद्धि गर्ने र कुनै समस्या आए तत्काल खुलाउने गरी तयारी गरिएको नारायणगढ–मुग्लिङ सडक आयोजना प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए ।

चाडपर्वलाई दैनिक ७ हजारसम्म सवारी
यातायात व्यवसायीका अनुसार सामान्य अवस्थामा काठमाडौंबाट बाहिरिने भाडाका सवारीसाधनको संख्या २८ सयदेखि ३ हजारसम्म रहेको छ । चाडपर्वका लागि भने दैनिक ७ हजारसम्म सवारीसाधन काठमाडौंबाट बाहिर जान्छन् । चाडपर्वमा उपत्यकाबाहिर चल्ने सवारीसाधनलाई पनि प्रयोगमा ल्याउने व्यवसायीको तयारी छ ।

नारायणघाट–मुग्लिन सडकमा २४ घन्टा खुला
नजिकिँदो चाडपर्व र मौसममा देखिएको सुधारसँगै यात्रुबाहक र साना सवारीसाधनलाई नारायणघाट–मुग्लिन सडकमा २४ घन्टा नै छोडिने भएको छ । तर, मालबाहक ठूला सवारीसाधनलाई भने प्रत्येक दिन राति ८ बजेदेखि १२ बजेसम्म रोकिने भएको छ । ती सवारीसाधनलाई नारायणघाटतर्फबाट आउनेलाई भतेरी जंगल इलाकामा, काठमाडौंतर्फबाट आउनेलाई लेवाटार इलाकामा र पोखरातर्फबाट आउनेलाई आँबुखैरेनीमा रोकिने आयोजना कार्यालयले जानकारी दिएको छ ।