आजदेखि नयाँ नोट, एकजनालाई २७ हजारसम्म - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

कृष्ण रिजाल, काठमाडौं   |   भदौ २८, २०७४

सर्वसाधारणले दसैँका लागि बुधबारदेखि नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आफ्ना ८ कार्यालय र सरकारी बैंकका १६ शाखामार्फत नयाँ नोट सटही सुविधा दिने राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए । उनले भने, ‘यसपालिलाई एकजना व्यक्तिले २७ हजार रुपैयाँसम्म नयाँ नोट साट्न पाउनेछन् ।’ यस वर्ष सर्वसाधारणलाई ५, १०, २०, ५० र १ सय दरका नयाँ नोट उपलब्ध गराइने केन्द्र बैंकले जनाएको छ । नयाँ नोट सटही सुविधा ७ असोजसम्म हुनेछ ।

४० अर्ब नयाँ नोट साटिने
यस वर्ष करिब ४० अर्ब रुपैयाँको नयाँ नोट सटही हुने अनुमान गरिएको प्रवक्ता पौडेलले बताए । उनका अनुसार अघिल्लो वर्ष करिब ३२ अर्ब रुपैयाँको नयाँ नोट सटही भएको थियो । राष्ट्र बैंकले ३ वर्षका लागि अनुमानित नयाँ नोट मौज्दात गर्ने गरेको छ ।

सोही मौज्दातबाट दसैँका वेलामा नयाँ नोट सटही सुविधा उपलब्ध हुन्छ । केन्द्र बैंकले दसैँलाई लक्षित सबै वर्गका बैंक तथा वित्तीय संस्थालाई निश्चित कोटा नै छुट्याएर नयाँ नोट उपलब्ध गराउँदै आएको छ । राष्ट्र बैंकअन्तर्गत सञ्चालित नोट कोष रहेका बैंकबाट समेत सर्वसाधारणले नयाँ नोट साट्न पाउने उनले जानकारी दिए ।

कहाँ–कहाँ पाइन्छ नयाँ नोट
राष्ट्र बैंकको काठमाडौंको थापाथली र क्षेत्रीय कार्यालयहरू विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयमा नयाँ नोट साट्न पाइनेछ । त्यस्तै, नेपाल बैंक लिमिटेडको न्युरोड, बालाजु, पाटन, कीर्तिपुर र भक्तपुर शाखा, राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार, टेकु, नयाँ बानेश्वर, सानो ठिमी, विशालबजार र नक्सालबाट नयाँ नोट सटही गर्न सकिनेछ । तर, सरकारी बैंकका शाखामा भने २० हजार रुपैयाँसम्म मात्रै साट्न पाइनेछ ।

नयाँ स्वरूपमा १० रुपैयाँको नोट
राष्ट्र बैंकले साबिककै आकार र आधार रङ रहने गरी चित्र तथा संकेत परिवर्तन गर्दै नयाँ नोट ल्याएको हो । यसअघिको १० रुपैयाँको नोटमा ३ वटा कृष्णसारका चित्र थिए, तर नयाँ नोटमा भने एउटा मात्रै कृष्णसारको चित्र छ । नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, मध्यभागको पृष्ठभूमिमा गरुडनारायणको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप, तल्लो भागमा गभर्नरको हस्ताक्षर, तल्लो भागको दायाँ र बायाँपट्टि संकेत नम्बर र तल्लो भागको बोर्डरमा सिरियल नम्बर राखिएको छ ।