ठूला मन्त्रिपरिषद्का छोटा कार्यकाल - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

रमेश सापकोटा, काठमाडौं   |   भदौ २८, २०७४

सरकार टिकाउनका लागि दलहरूले ठूलो मन्त्रिपरिषद् बनाउने अभ्यास हुँदै आएका छन् । तर, ४० भन्दा बढी संख्यामा मन्त्रिपरिषद् बनाइए पनि कुनै पनि सरकार दुई वर्ष टिक्न सकेका छैनन् । ०४८ यताका २४ सरकारमध्ये आठवटा सरकारमा मन्त्रीको संख्या ४० देखि ५४ सदस्यसम्मका छन् । तर, धेरै मन्त्री भएका सरकार नै ६ महिनादेखि १८ महिनासम्म मात्र चलेको इतिहास छ ।

कुनै ठूला राजनीतिक घटनाक्रम र सन्दर्भले भन्दा पनि सत्ता राजनीतिको खेल, दलभित्रैको चरम मनमुटावजस्ता कारणले धेरै मन्त्री बनाइएका सरकार पनि लामो समयसम्म टिक्न सकेको देखिँदैन । कतिसम्म भने ०४८ र ०५६ मा कांग्रेसले स्पष्ट बहुमत ल्याएर सरकार बनाए पनि यी दुवै सरकारले पूरै कार्यकाल काम गर्न सकेनन् । ०४८ को पहिलो सरकार दुई वर्ष दुई महिना टिके पनि ०५६ को सरकार भने १० महिनामा नै ढल्यो ।

कांग्रेसभित्रको चरम गुटबन्दी, कांग्रेस र एमालेको अस्वस्थ राजनीतिक खेल, सत्तामा जसरी पनि पुग्ने शैलीजस्ता कारणले तेस्रो ठूलो शक्तिका रूपमा थोरै मात्र सिट भएको राप्रपाबाट लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाले समेत दुई–दुईपटक सरकारको नेतृत्व गर्ने अवसर पाए । चन्द ०५४ मा ६ महिना र ०५९ मा ८ महिना प्रधानमन्त्री भए । थापा ०५४ मा ६ महिना र ०६० मा एक वर्ष प्रधानमन्त्री बने । सत्ता स्वार्थका कारण राप्रपा फुट्दै कांग्रेस र एमालेको सत्ता सहयोगी बन्नेदेखि नेतृत्व गर्नेसम्मको अवस्था आयो ।

०५२ : ५२ सदस्यीय
०५२ मा देउवा नेतृत्वको सरकार एक वर्ष ६ महिना मात्र चल्न सक्यो । राप्रपासँग मिलेर बनेको सो सरकार १६ महिनाभन्दा लामो समय चल्न सकेन । पार्टीभित्रैको अन्तर्घातले देउवाले ६ पटकसम्म पुनर्गठन गर्दै ५२ मन्त्री सहभागी ठूलो सरकार बनाएका थिए ।

०५४ : ४७ सदस्यीय
०५४ मा कांग्रेसको सहयोगमा राप्रपा नेता सूर्यबहादुर थापाले ४७ सदस्यीय मन्त्रिपरिषद् बनाए । तर, यो सरकार त झन् ६ महिनाभन्दा बढी टिक्न सकेन । कांग्रेसबाटै प्रधानमन्त्री बनाइएका थापा गिरिजाप्रसाद कोइरालाबाटै प्रतिस्थापित हुन पुगे । कुनै ठूलो राजनीतिक कारण र निहुँभन्दा पनि सत्ता स्वार्थकै कारण ६ महिनामै सरकार गिर्न पुगेको थियो ।

०५८ : ४१ सदस्यीय
शेरबहादुर देउवा ०५८ मा दोस्रोपटक प्रधानमन्त्री बने । तर, ४१ सदस्यीय देउवा सरकार १४ महिना मात्र चल्न सक्यो । माओवादीविरुद्ध सेना परिचालनको विषयमा विवाद भएपछि कांग्रेसले नै देउवालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही ग¥यो । संसद् विघटन गरेर देउवाले निर्वाचन घोषणा गरे । तर, निर्वाचन गर्न नसकेपछि तत्कालीन राजाबाट अपदस्थ गरिए ।

०६६ : ४३ सदस्यीय
०६६ मा एमाले नेता माधव नेपाल कांग्रेससहितको दलको समर्थनमा प्रधानमन्त्री बने । यो सरकारमा मन्त्रीको संख्या ४३ सदस्यीय थियो । तर, प्रधानमन्त्री बनेको १३ महिनामा राजीनामा दिए पनि अर्को प्रधानमन्त्री चुनिन समय लागेकाले ७ महिना काम चलाउका रूपमा काम गरे । प्रधानमन्त्रीका लागि १८औँ पटकसम्म निर्वाचन भएर एमालेकै नेता झलनाथ खनाल बल्ल प्रधानमन्त्री चुनिएका थिए ।

०६८ : ४९ सदस्यीय
०६८ मा माओवादी केन्द्रका डा. बाबुराम भट्टराईको ४९ सदस्यीय सरकार बन्यो । तर, यो १८ महिने कार्यकालमा पहिलो संविधानसभा विघटन हुन पुग्यो ।

०७२ : ४० सदस्यीय
१५ असोज ०७२ मा प्रधानमन्त्री भएका एमाले अध्यक्ष केपी ओलीले पनि माओवादीसहितका दललाई समेटेर ४० सदस्यीय मन्त्रिपरिषद् बनाए । तर, उनको सरकार पनि १० महिनाभन्दा लामो समय टिक्न सकेन ।

०७३ : ५० सदस्यीय
२० साउन ०७३ मा माओवादी अध्यक्ष प्रचण्ड कांग्रेसको समर्थनमा प्रधानमन्त्री बने । तर, उनको ५० सदस्यीय मन्त्री भएको सरकार पनि नौ महिनाभन्दा लामो समय टिकेन । प्रदेश नं. ३, ४ र ६ मा स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि प्रचण्डले राजीनामा दिए ।

०७४ : ५४ सदस्यीय
प्रचण्डले एक चरणको निर्वाचन गराएपछि देउवाले प्रदेश नं. १, ५ र ७ मा निर्वाचन गराएका छन् । प्रदेश नं. २ मा २ असोजमा निर्वाचन हुँदै छ । निर्वाचनका वेला भए पनि देउवाले पटकपटक गरी ५४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । जुन नेपालका राजनीतिक इतिहासमा सबैभन्दा ठूलो मन्त्रिपरिषद् हो । जसमा २९ मन्त्री र २४ राज्यमन्त्री छन् ।

आगामी १० र २१ मंसिरमा सरकारले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेको छ । समयमै निर्वाचन भएर सरकार गठन हुन सके अहिलेसम्मकै सबैभन्दा ठूलो मन्त्रीयुक्त सरकारको कार्यकाल पनि ६ महिनाभन्दा बढी नहुने भएको छ ।

चार मन्त्री थपिएपछि मन्त्रिपरिषद् ५४ सदस्यीय
५० सदस्यीय मन्त्रिपरिषद्मा सोमबार चार सदस्य थपिएपछि नेपालको इतिहासमै देउवा नेतृत्वको सरकारको आकार सबैभन्दा ठूलो बन्न पुगेको छ । राप्रपा प्रजातान्त्रिकबाट विक्रम पाण्डे वन, दीपक बोहरा विज्ञान तथा प्रविधि र सुनीलबहादुर थापा उद्योगमन्त्री भएका हुन् । शीतलनिवासमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीलाई शपथ गराएकी हुन् । त्यस्तै, रेशम लामाले पनि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष उद्योग राज्यमन्त्रीको शपथ लिएका छन् ।

तर, अझै अपूर्ण सरकार
५४ सदस्यीय मन्त्रिपरिषद् भए पनि अझै शान्ति तथा पुनर्निर्माण मन्त्रालय प्रधानमन्त्रीसँगै रहेको छ । यो मन्त्रालयमा मन्त्री र राज्यमन्त्री थप गरिए मन्त्रिपरिषद्को आकार अझै बढ्नेछ ।