रत्नपार्क र लोकतन्त्र - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

कृष्ण कट्टेल, काठमाडौं   |   भदौ २८, २०७४

अस्थायी ‘पूरानो बसपार्क’ को कार्यभार सम्हालिरहेको खुल्लामञ्च । एकातिर सयौँ गाडीहरुको भार अर्कोतिर फोहोरमैला,खाल्डाखुल्डी र नाङ्लो पसलहरुको चापले हरेक परिवर्तनका लागि औँला ठड्याउदै आउनेहरुलाई निशर्त स्वागत गरिरहने खुल्लामञ्च आजभोलि खुल्ला छैन ।

कृष्ण कट्टेल

वीर हस्पिटलबाट खुल्लामञ्चभित्रको बसपार्क प्रवेश गर्ने द्धारको बायाँपट्टिबाट रत्नपार्कलाई पूरै ‘एक राउण्ड’ लगाउदा थाहा हुन्छ कि हरेक परिवर्तनको साक्षी रत्नपार्कले लोकतन्त्रको कस्तो स्वाद लिइरहेको छ ।

एक फन्को घुम्दै गर्दा मानिसको भिडामभिडकै अगाडि पटक पटक उस्तै कराईरहेको हुन्छ रेकर्डेड आवाज,‘लौ आयो हजार पन्ध्र सयको जुत्ता मात्र छ सय पचास र आठ सय पचासमा ।’ नजिकै भाग्य र भविष्य पत्ता लगाइदिन्छु भन्दै पेट पाल्ने औजारहरु असरल्ल बीच सडकपेटीमै ओछ्याइरहेका ज्योतिष । बैंश ढल्काउदै यौनप्यास मेटाउन आइपुग्नेहरुलाई स्वागत गर्न बसिरहेका किशोरीदेखि अधबैंशे ‘सपनाबिहिन’ सपनाहरु ।

बाटोखर्ची र चिया,चुरोटको जोहो गर्न पहरा,पाखाबाट टिपिल्याएको अमला,कागती,भोगटेको बजार थापिरहेकी बुढी आमा । अशक्त जीवनलाई जसोतसो भोलिसम्म जागा राख्न गाँस कुरिरहेका टिठलाग्दा अनुहारहरु । नाम्लो र बोरा बोकेर मजदुरी गरेर भोटाहिटीतिरबाट बागबजारतिर लम्किरहेका बुढा बा हरु । सानो भाईबहिनीलाई च्यापेर दुईचार पैसाको लोभमा सडकमा हुर्किरहेका कलिला बालबच्चा । नजिकैबाट हुईकिरहेका चिप्ला कार । कुममा कुम जोडेर मुस्कुराईउदै लम्किरहेका महंगो पर्खालभित्र हुर्किएका किशोरकिशोरी । यी यस्तै जीन्दगी बाचिरहेकाहरुले घनचक्कर लगाईरहन्छन् हरेक दिन रत्नपार्कलाई ।

एकैछिन रत्नपार्क वरिपरीका आकाशेपुलबाट चारैतिर चिहाउदा लाग्छ देखिएका सबै कृत्रिम विकासका संरचना एउटा रंगमञ्च हो । जहाँको नेपथ्यमा अनेक प्रकारका पात्रहरु अभिनय गरिरहेछन् । नजिकैको रत्नपार्कलाई मञ्च बनाएर पूरै नेपालको दैनिकीलाई प्रतिनिधित्व गर्दै मानिसहरु लर्खराईरहेको अनुभूति जो कोहिलाई हुनेगर्छ ।

कतै ठग्नेहरुको भिड,कतै ठगिनेहरुको तछाडमछाड । कतै एक छाक र आनन्दको एक रातको लागि दिनभरी पसिनासँग रमाईरहेका चेहेरा । कतै जीवनभरकै आनन्द खोज्दै निमेषभरमै अरुका खुसी लुट्न दाउ छोपीरहेका मानिसका अनुहारका ढाडे बिरालोहरु । जिउदो मानिसको रस खोज्दै भौतारिरहेका पखेँटाविहिन गिद्धहरु । कतै अन्तरहृदयलाई च्याप्पै समाउने दैनिकी यी यस्तै पात्रहरुको लात्ती हरेक शासनव्यवस्था वा परिवर्तनपछिका दिनहरुमा पनि बर्षौँदेखि रत्नपार्क चुपचाप चुपचाप सहिरहेको छ ।

धेरैपटक रत्नपार्कका रुखका हाँगा र पातहरुले जिन्दाबाद र मुर्दाबादको नारा लगाए । धेरै कालखण्डमा नजिकैको खुल्लामञ्चबाट रत्नपार्कतिरै फर्किएर अनेकथरी महामहिमहरुले स्वर सुक्नेगरी बोलीको तागत छरे । रत्नपार्कका हाँगाहाँगा र पातपातलाई जुरुक जुरुक ब्युझाउदै पैतालामाथी पैताला राख्दै उर्लिएकै हो अनेकथरी अनुहार । अनेकथरीका झण्डाहरु नजिकै आएर नाच्दा साच्चै नयाँ भविष्यको आशामा ‘पुलकित’ समेत नभएको होइन रत्नपार्क । ‘भिडहरुका महामहिम’ ले गणतन्त्र आएको उद्घोष आफ्नै अगाडिबाट गर्दा कति खुसी भएको थियो होला रत्नपार्क । तर अझैपनि आफ्नै सामुन्ने आएर कसैले गोली बोक्छु भन्दा,कसैले गोली ठोक्छु भन्दा त कसैले पहिलेकै व्यवस्थातिर फर्किन्छु भन्दा कति छियाछिया हुन्छ होला रत्नपार्कको मन ! अझ आफ्नै अगाडी भोका नाङ्गाहरुको दैनिक आइपुग्ने मौन प्रर्दशन,अलिकति खुसी खोज्दै सकीनसकी भारी बोकिरहेका बाआमाहरु यी यस्तै जीन्दगीहरुलाई घिसारिरहेका पात्रहरु देख्दा साँच्चै रत्नपार्क भावुक बन्दो हो पटक पटक ।

नजिकैबाट तडकभडकका जिन्दगीहरु दैनिक कुदिरहँदा किन खुसी हुन सक्दैन रत्नपार्क ? अलि पर परतिर हेर्दा देखिने बडेमानका ‘बिल्डिङ’ हरु देखेर किन मन बहलाउदैन रत्नपार्क ? साइरन बजाउदै आफ्नै वरिपरी कुदिरहँने परिवर्तनका ठेकेदार महामहिमलाई किन देखेको नदेखै गर्छ रत्नपार्क ? यी यस्ता जिज्ञासा बोकेर मुलुकको केन्द्रबिन्दु रत्नपार्क वरिपरी घुमिरहँनेहरुले उत्तर पाइला पाइलामा पाएकै छन् । जसरी नजिकै सुक्दै गएको रानीपोखरी,माटोमा विलय भएको धरहरा,आफ्नै वरिपरी थुप्रिरहेको रालसिँगानको डंगुर,त्यहि रालसिगानमा बामे सर्न खोजिरहेका नानीहरु यो देखेर साँच्चै रत्नपार्क ‘चानचुने’ अवस्थामा नमुस्कुराउने गरी भावुक भएको पक्कै हो ।

मुलुकको केन्द्र काठमाडौं र काठमाडौंको केन्द्र मानिने रत्नपार्क,खुल्लामञ्च या टुडिखेल चुपचाप चुपचाप हेरिरहेका छन् अनेकथरीका पीडाहरु । अनि कसरी भन्न सकिन्छ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका पसिना ओभाउदै गए भनेर ? कसरी अनुभूति गर्ने लोकतन्त्र हाम्रै वरिपरि घुमिरहेको छ भनेर ? सपना त्यागेर बाच्ने सपना खोज्दै सिमाना कटिरहेका लाखौँ युवाहरु,स्वदेशभित्रै रहेर भविष्यको गोरेटो खोज्दै भौतारिरहेका युवापुस्ता । हिजोको जस्तै भेदभाव,अभाव र असन्तुलनमा दैनिकी कटाइरहेका बा,आमा र त्यस्तै परिवेशमा हुर्किदै गरेका नानीहरु अगाडी खै कहाँनिर उभ्भिएको छ लोकतन्त्र ? यी प्रश्नप्रति रत्नपार्क अघिल्तिरबाट हुर्किएका महामहिमहरु गम्भिर नबन्ने हो भने रत्नपार्क र अघिल्तिर साँघुरिदै गएको खुल्लामञ्चको धैर्यताको पर्खाल नभत्किएला र ?