नेपाल टेलिभिजनका अध्यक्षलाई गैरजिम्मेवारपूर्ण अभिव्यक्ति नदिन संसदीय समितिको चेतावनी - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

कृष्ण कट्टेल, काठमाडौं   |   भदौ २८, २०७४

संसद्को सुशासन तथा अनुगमन समितिले नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेश दाहाललाई गैरजिम्मेवार अभिव्यक्ति नदिन चेतावनी दिएको छ । दाहालले मंगलबार बसेको संसदीय समिति बैठकमा आफू कांग्रेसका तर्फबाट कार्यकारी अध्यक्षमा नियुक्ति भएको बताएपछि समितिले यस्तो नसिहत गराएको हो । उनले टेलिभिजनको बोर्डमा आफूसहित अन्य सदस्यहरू कांग्रेस, एमाले र माओवादी केन्द्रबाट नियुक्त भएको किटान गरेर भनेपछि सांसदहरूले आपत्ति जनाएका थिए ।

टेलिभिजनले १४ भदौमा २६ जना करारमा कर्मचारी नियुक्त गर्न १५ दिनभित्र आवेदन दिन विज्ञापन गरेको थियो । टेलिभिजनले प्रक्रिया मिचेर लिखित परीक्षा नै दिनुनपर्ने गरी विज्ञापन गरेपछि संसदीय समितिमा उजुरी परेको थियो । सो विज्ञापनबारे बुझ्न संसद्को सुशासन तथा अनुगमन समितिले नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष दाहालसहित महाप्रबन्धक, सञ्चालक समितिका सदस्यलगायत सूचना तथा सञ्चार मन्त्रालयका सहसचिवसँग छलफल गरेको थियो ।

त्यसक्रममा सरकार गठन भएसँगै सरकारी सञ्चारमाध्यममा सरकारमा जाने राजनीतिक दलले आफूनिकटका कर्मचारी भर्ना गर्ने विगतदेखिकै प्रक्रिया देखिएको भन्दै सांसदहरूले आपत्ति जनाए । तर, अध्यक्ष दाहालले आफू कांग्रेसकै कोटाबाट कार्यकारी अध्यक्ष भएको बताए । ‘हो म कांग्रेसबाटै कार्यकारी अध्यक्षमा नियुक्त भएको हुँ, महाप्रबन्धक र सञ्चालक समिति सदस्य पनि कोही एमाले र माओवादीबाट नियुक्त भएका छन् । नेपाल टेलिभिजनमा ३८९ जना कर्मचारीको दरबन्दी छ । तर, हाल ६५ जना कर्मचारीको अभाव छ । निर्वाचन नजिकिँदै छ । अझ बढी जनशक्ति चाहिनेछ । राजनीतीकरण हुने भयो भन्दै रोक्न हुन्न,’ उनको भनाइ थियो ।

यसकारण आक्रोशित भए दाहाल
यसअघि टेलिभिजनमा कर्मचारी नियुक्त गर्नेबारे भएको विवाद ०७१ पुसमा संसदीय समितिमा गएको थियो । प्रक्रिया पुर्‍याई कर्मचारी नियुक्त गर्न संसद्को सुशासन तथा अनुगमन समितिले निर्देशन दिएको थियो । तर, तीन वर्षअघिको विज्ञापनमा माग गरिएअनुसार अझै कर्मचारी नियुक्त नगरिएको, आवेदकबाट प्रतिव्यक्ति हजार रुपैयाँ लिएर हजारौँ आवेदकबाट रकम उठाएको र फिर्ता नगरेकाबारे सांसदहरूले आक्रोश व्यक्त गरे ।

उजुरी दिने टेलिभिजनका कर्मचारीले समावेशिताको अवधारणालाई बेवास्ता गर्दै छोटो अवधिभित्र आवेदन माग गरेर कर्मचारी नियुक्त गर्न नहुने माग गरेका थिए । सांसदहरूको धारणापछि केही आक्रोशित देखिएका दाहालले कर्मचारीतन्त्रमा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको बताए । ‘नेपाल टेलिभिजनका कतिपय कर्मचारी काम नगर्ने, तर मुद्दा हाल्दै हिँड्ने प्रवृत्तिका छन्,’दाहालले भने ।

आगामी दिनमा गैरजिम्मेवार भएर नबोल्नू  : संसदीय समिति
समितिले कर्मचारी नियुक्त गर्न अहिले खुलाइएको विज्ञापन रोक्न नेपाल टेलिभिजनलाई निर्देशन दिएको छ । समितिले भर्नासम्बन्धी प्रचलित कानुनअनुसार पुनः अर्को विज्ञापन गर्न निर्देशन दिएको सभापति मोहनसिंह राठौरले बताए ।

अध्यक्ष दाहालले विभिन्न राजनीतिक दलबाट आफू र अरू सदस्य नियुक्त भएको तथा कर्मचारीतन्त्रमा व्यापक भ्रष्टाचार हुने गरेको भनी दिएको अभिव्यक्तिलाई समितिले गैरजिम्मेवार भनेको छ । समितिले आगामी दिनमा यस्ता भनाइ नदोहोर्‍याउन र जिम्मेवारीबोध गर्नसमेत सचेत गराएको छ ।