सार्वजनिक जिम्मेवारीका सय दिन - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

शारदाकुमारी पराजुली, पोखरा   |   भदौ २८, २०७४

पोखरा—लेखनाथ महानगरपालिका—१ को वडाध्यक्षका रूपमा जिम्मेवारी सम्हालेको शपथ ग्रहणका मितिले आज (२८ भदौ) एक सय ६ दिन पुग्यो । हाम्रो वडाका निर्वाचित साथीहरू प्रेमदेवी परियार, प्रेमकुमारी साही, सहारा प्रधान र रुद्र सुवेदीसहित मैले ‘हाम्रो वडा राम्रो वडा’ बनाउने प्रतिबद्धतासहित वडावासीसामु १७ जेठमा शपथ लिएर पदभार ग्रहण गरेका थियौँ ।

शारदाकुमारी पराजुली

सुखी, खुसी, सभ्य र समृद्ध सहर बनाउने महानगरवासीको रहर कुनै एउटा व्यक्ति, समूह र दल विशेषबाट मात्र सम्भव छैन, यसका लागि हामी सबैले आपसमा हातेमलो गरी सहकार्य गरेर मात्र अघि बढ्न सकिन्छ भन्नेमा हामी स्पष्ट थियौँ र छौँ । निर्वाचित जनप्रतिनिधिका रूपमा हाम्रो उपस्थिति राजनीतिलाई पेसा बनाउन होइन, सेवाका लागि हो भन्नेमा स्पष्ट थियौँ र अझै छौँ । त्यसैले पदभार ग्रहणपश्चात हामी सम्पूर्ण वडावासीको सेवकका रूपमा कार्यरत छौँ ।

सय दिनका हाम्रा उपलब्धि
कुल १.४ वर्गकिमि क्षेत्रफल भएको वडा नम्बर १ क्षेत्रफलको हिसाबले महानगरको २७औँ वडामा पर्छ भने १६ हजार ५५ जनसंख्याका दृष्टिले यो छैटौँ ठूलो वडामा पर्छ । यहाँको जनघनत्व ११ हजार तीन सय २२ प्रतिवर्ग किमि छ भने यहाँ व्यवसाय र अध्ययन गर्न आउने विद्यार्थीसमेत जोड्दा वडाको जनसंख्या ३० हजारसम्म पुग्छ । यो वडा महानगरको अत्यन्त घना आवादी भएको वडामा पर्छ । वडावासीलाई सुशासन दिन र वडालाई समृद्ध वनाउने इच्छाशक्ति लिएर नै स्थानीय निर्वाचनमा उम्मेदवार बनेको हुनाले त्यसैका लागि निरन्तर क्रियाशील छौँ, हामी निर्वाचित प्रतिनिधि ।

नेपालको संविधान ०७२ को अनुसूची ८ मा उल्लिखित २२ प्रकारका अधिकारको प्रयोग स्थानीय तहबाटै गर्ने र परम्परागत रूपमा सिंहदरबारबाट हुँदै आएका कामलाई सहज, सरल र पारदर्शी ढंगबाट स्थानीय तहबाटै सम्पन्न गर्ने र जनतालाई सुशासन दिनका लागि जनताले हामीलाई जिम्मेवारी दिएका थिए । निर्वाचनका क्रममा पनि हामीले मतदातासामु पाँच वर्षभित्र गर्नुपर्ने कामको सूची नै प्रस्तुत गरेका थियौँ । विगत १५ वर्षदेखि जनप्रतिनिधिविहीन भएका स्थानीय तहमा काम गर्नुका जटिलता एकातिर थिए भने अर्कातर्फ आवश्यक कानुनको अभाव एवं स्रोत र साधनको बाँडफाँड, जनशक्ति व्यवस्थापन र प्रशासनिक अन्योल आदिका कारण जनअपेक्षामा आशातीत सफलता हासिल गर्न सकिएको छैन । परन्तु हाम्रो कार्यकालका सय दिन निराशाले भरिएको होइन कि ग्रहण हट्न लागेको चन्द्रमामा देखिएको उज्यालो घेराजस्तो महसुस गरेका छौँ । आजका दिनसम्ममा भए–गरेका केही महत्वपूर्ण काम यसै आलेखमार्फत सरोकारवालासमक्ष सार्वजनिक गर्न चाहन्छु ।

— महिला दिदीबहिनीको प्रजनन स्वास्थ्यमा चासो बढाउन र गर्भावस्थाको स्याहार सम्बन्धमा नागरिक सचेतना अभिवृद्धिका लागि यस वडामा स्थायी बसोवास गर्ने, मतदाता नामावलीमा नाम समावेश भएका गर्भवतीलाई पौष्टिक आहारबापत प्रतिमहिना पाँच सय रुपैयाँ प्रदान गर्नका लागि पाँच लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

— यस वडामा बसोवास गर्ने अपांगता भएका व्यक्ति र दलित, अल्पसंख्यक तथा सीमान्तीकृत समुदायका सेवाग्राहीलाई सम्मानपूर्ण सम्बोधन र मर्यादापूर्ण व्यवहार गरिने निर्णयअनुरूप अपमान र विभेद हुने कार्यलाई निरुत्साहित गरी उदाहरणीय सामाजिक सद्भाव थालनी गरिएको छ ।

— सामाजिक तथा धार्मिक सद्भावलाई दिगो बनाउन १७ जेठमा हिन्दू, बौद्ध, इस्लाम र इसाई सम्प्रदायका पण्डितबाट सामूहिक रूपमा शुभकामना लिँदै गरिएको पदभार ग्रहण कार्यक्रममार्फत सामाजिक सहअस्तित्वमा योगदान पुर्‍याइएको छ ।

— वडाको सर्वाङ्गीण विकासका लागि सय दिनमा ८ पटकसम्म वडा समितिको बैठक बसेको छ, सरोकारवालासँगको छलफलपश्चात् वडालाई प्राप्त हुने बजेट एक करोड रुपैयाँलाई विभिन्न शीर्षकमा विनियोजन गरिएको छ ।

— वडा नं. १ मा पर्ने पोखराको पवित्र धार्मिक क्षेत्र गाईघाटमा श्रद्धालुको सुविधालाई ध्यानमा राखी सोलार बत्तीको व्यवस्था गरिएको छ ।

— उज्यालो वडा कार्यक्रमअन्तर्गत विभिन्न सडक तथा सार्वजनिक स्थलमा २ सय ७५ थान लिड बल्ब जडान गरी वडालाई उज्यालो पार्नुका साथै सर्वसाधारण तथा यात्रुलाई सुविधा पुर्‍याइएको छ ।

— लामपाटन–गुरुदत्तमार्गमा गटरसहित २ सय २८ मिटर सडक ढलान कार्य सम्पन्न भएको छ ।

— बगरको ट्याक्सीचोकको ढल (नाला) पुनः निर्माण गरी व्यवस्थित गरिएको छ । माछापुछ्रे  बैंकदेखि नागचोकसम्मको सडकमा फुटपाथ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

— सेवाग्राहीको सुविधाका लागि वडा कार्यालयमा कर काउन्टर थप गरिएको छ ।

— वडा कार्यालयमै सञ्चालनमा आएको सहरी स्वास्थकेन्द्रको क्षमता अभिवृद्धि गरी तत्कालीन साइनिङ अस्पतालको हातामा सञ्चालन गर्ने निर्णय भएको छ ।

— आव ०७३-७४ को बजेटबाट निर्माणाधीन केआइसिंह पुलको पार्क निर्माण कार्य विगत ९ महिनादेखि रोकिएकोमा सरोकारवालाबीच मध्यस्थता गरी मुद्दा फिर्ता लिन लगाई पार्क निर्माण कार्यलाई निरन्तरता दिइएको छ ।

— गत १६ असारको भीषण वर्षाका कारण गएको पहिरो पन्छाउनुका साथै जिल्ला रेडक्रससँग समन्वय गरी राहत वितरण एवं तारजाली उपलब्ध गराउन पहल गरिएको छ ।

— आर्थिक वर्ष ०७४ को आरम्भबाट वडामा जन्म, विवाह, बसाइँसराइ, मृत्यु दर्ताको काम अनलाइनबाटै सुरु गरिएको छ ।

— निर्वाचन घोषणापत्रमा उल्लेख गरेको पण्डितपौवादेखि गाईघाट हुँदै याम्दीसम्म सेती नदीकिनारमा पदयात्रा मार्ग बनाउने कामका लागि नगरस्तरीय योजना स्वीकृत भएको छ ।

अन्त्यमा
पदभार ग्रहण गरेको सय दिनभित्र मैले सयौँ अग्रजबाट हजारौँ प्रेरणा र हौसला पाएकी छु, जसले मलाई अझै दृढ बनाएको छ । ठुल्ठूला पुस्तक र ग्रन्थबाट सिकिने ज्ञानभन्दा ठूलो ज्ञान जनताबाट सिक्नु हो । अतः कठिन परिस्थितिमा जनताबाट सिकेका कुराले नै मलाई अगाडि बढ्न प्रेरित गरिरहेको छ । सानातिना अप्ठ्याराले मलाई रोक्नेछैन किनकि मसँग ठूलो प्रतिबद्धता, इच्छाशक्ति र समर्पण भाव छ । मेरो राजनीतिक पृष्ठभूमिका कारण म आलोचना र आत्मालोचनामा विश्वास गर्छु । त्यसैले म र मेरो समूहले सार्वजनिक जिम्मेवारी सम्हालेपछि सेवाग्राही तथा वडावासीमा केही असुविधा महसुस भएको भए हामीलाई सच्चिने अवसर प्रदान गर्न र वडाको विकासका साथै समृद्ध महानगर निर्माणका लागि सुझाब, रचनात्मक आलोचना र हाम्रा कामको आवधिक समीक्षा गरिदिनुहुन सार्वजनिक रूपमा अनुरोध छ ।
(पराजुली पोखरा–लेखनाथ  महानगरपालिका—१ की वडाध्यक्ष हुन्)