कांग्रेसको सिरहा कार्यक्रम वर्षाले बिथोल्यो, प्रधानमन्त्री देउवाले सम्बाेधन गर्न पाएनन् - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

दिलीप सिंह, लहान, २७ भदौ   |   भदौ २७, २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भनिएको काग्रेस सिरहाले आयोजना गरेको चुनावी सभा वर्षाले बिथोलेको छ ।

कांग्रेस सिरहाले धनगढीमाई नगरपालिकाको जिरोमाइलमा आयोजना गरेको सभामा सम्बोधन गर्न कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा मंगलबार सिरहा आएका थिए । तर, प्रधानमन्त्रीले सम्बोधन गर्न नपाउँदै भारी वर्षा भएपछि सभा बिथोलिएको हो । प्रधानमन्त्रीले सम्बोधन गर्नुअघि अन्य वक्ताले भने सभालाई सम्बोधन गरेका थिए ।

 

 

कांग्रेसकी पूर्वकोषाध्यक्ष तथा पूर्वउपसभामुख चित्रलेखा यादवले सम्बोधन गर्दै गर्दा भारी वर्षा भएको थियो । वर्षा नरोकिएपछि प्रधानमन्त्री देउवासहित नेता रामचन्द्र पौडेल, पूर्वगृहमन्त्री विमलेन्द्र निधि, कोषाध्यक्ष सीतादेवी यादवलगायतका नेता जनकपुरतर्फ लागेका छन् ।

 

प्रधानमन्त्री सहभागी सभामा बालबालिकाको प्रयोग
प्रधानमन्त्री सहभागी सभामा बालबालिका प्रयोग गरिएको थियो । चुनावी प्रचार कार्यक्रममा सहभागी आउन आएका प्रधानमन्त्री शेरबहादुर देउवालगायतका नेतालाई स्वागत गर्न बालिकाको प्रयोग गरिएको हो ।

दिउँसो ३ बजेका लागि तोकिएको कार्यक्रम साँझको ५ बजे सुरु भएको थियो । त्यतिवेलासम्म नै प्रधानमन्त्रीको स्वागतका लागि भनेर बालबालिकालाई उभ्याइएको थियो ।

 

 

स्थानीय तह निर्वाचन २०७४ का लागि निर्वाचन अयोगले जारी गरेको आचारसंहितामा बालबालिकाको प्रयोगमा रोक लगाएको छ । तर, चुुनावी कार्यक्रममा प्रधानमन्त्रीको स्वागतमै बालबालिकाको प्रयोग भएको हो ।

संंशोधनको पक्ष र विपक्षमा जनमत संग्रह
सिरहाको चुनावी सभालाई सम्बोधन गरेका कांग्रेस नेताहरूले मधेसको पक्षमा संविधान संशोधन कुनै पनि हालतमा नरोकिने बताए । कार्यक्रमलाई सम्बोधन गरेका सबै नेताले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन संविधान संशोधनको पक्ष र विपक्षमा जनमत संग्रह भएको दावीसमेत गरे ।

नेताहरूले प्रदेश नम्बर २ को निर्वाचनपछिको नतिजाले संविधान संशोधन हुने वा नहुने कुरा निर्भर गर्ने बताएका थिए । उनीहरूले संविधान संशोधन पास गराउन नसके पनि व्यवस्थापिका–संसद्मा प्रस्ताव लगेर कांग्रेसले आफू मधेसको पक्षमा रहेको पुष्टि गरेको बताए ।

 

 

केन्द्रीय सदस्य डा. रामशरण महतले स्थानीय तहको निर्वाचनपछि मधेसको पक्षमा संविधान संशोधन गरेर देखाउने बताए । अर्का केन्द्रीय सदस्य प्रदीप गिरिले मधेसको पक्षमा संविधान संशोधनको मुख्य विपक्षी एमाले भएको भन्दै संविधान संशोधन गर्नलाई कांग्रेसलाई जिताउनुपर्ने बताए ।