आइटिएफ सिनियर च्याम्पियनसीप टेनिस : कमल भण्डारी क्वार्टरफाइनलमा - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

विष्णु गौतम, पोखरा, २७ भदौ   |   भदौ २७, २०७४

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी एनआइसी एसिया बैंक नेपाल आइटिएफ सिनियर च्याम्पियनसीप टेनिस प्रतियोगिताअन्र्तगत मंगलबार विभिन्न उमेर समूहका खेल सम्पन्न भएका छन् ।

सर्किट १ अन्तर्गत सम्पन्न खेलहरूमा ३५ वर्षमाथिको एकलतर्फ नेपालका शीर्ष वरियताका खेलाडी कमल भण्डारी क्वार्टरफाइनलमा प्रवेश गरे । भण्डारीले निमा लामा शेर्पालाई ६–०, ६–१ को सहज सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन् ।

त्यसैगरी, प्रतियोगितामा सहभागीय खेलाडीमध्ये आइटिएफ शीर्ष स्थानमा रहेका भारतका दिलीप महन्ती पनि क्वार्टरफाइनलमा पुगेका छन् । महन्तीले नेपालका सिमान गुरुङलाई ६–१, ६–० को सोझो सेटमा पाखा लगाए ।

 

 

आइटिएफमा महन्ती ३५ वर्षमाथिको एकलमा १८७औँ स्थानमा रहेका छन् । सोही उमेर समूहमा भारतका कमलेश शुक्लाले नेपालका महेश श्रेष्ठलाई ६–१, ६–२ ले पराजित गरे भने भारतका स्वरणदीप सिंहले नेपालका सुरेशकुमार श्रेष्ठलाई ६–४, ६–१ को सेटमा पराजित गर्दै क्वार्टरफाइलन प्रवेश गरे ।

५५ वर्षमाथिको एकलमा जित हासिल गर्दै भारतका विएनएस नेगीले क्वार्टरफाइनलमा स्थान बनाए । उनले नेपालका विष्णु गैह्रेलाई ६–४, ६–० को सेटमा पराजित गरे ।

त्यसैगरी सोही उमेर समूहका अन्य खेलमा भारतकै प्रदीपकुमार गुप्ताले उत्तमकुमार शेर्पालाई ६–४, ६–३ मा, मनोजशम्शेर राणाले छेतन नोर्केललाई ६–१, ६–१ मा, झ्याम्बा ढुण्डुपले भारतका नान्चाराइ कोन्डिसेटीलाई ६–०, ६–१ मा, करिमुल्ला मुस्लिमले भारतकै अनिलकुमार कौशललाई ७–७, ६–० मा, समीर शेरचनले भारतका गुणविन्दरसिंह सेठ्ठीलाई ६–४, ६–१ मा, राजेन्द्रसिंह भण्डारीले वसन्त प्रधानलाई प्रतिस्पर्धात्मक खेलमा २–६, ६–१, ६–३ मा तथा पदम गुरुङले शान्तालाल श्रेष्ठलाई ६–४, ६–२ मा पराजित गर्दै क्वार्टरफाइनमा स्थान पक्का गरेका छन् ।

४५ वर्षमाथिको एकलमा मनोज विक्रम शाहले नारायण पहारीलाई ६–१, ६–२ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित पारेका छन् । त्यस्तै, फिनल्यान्डका पेक्का रन्तला पनि क्वार्टर फाइनलमा पुगेका छन् ।

पहिलो सेट ६–४ ले आफ्नो पक्षमा पारेका भारतीय खेलाडी आशिष परमार दोस्रो सेटमा घाइते भएपछि उनले वाकओभर दिएका हुन् । दोस्रो सेटको खेलमा रन्ताला २–० ले अघि थिए ।

यसअघि ४५ वर्ष माथिको एकलतर्फ सोमबार वर्षातका कारण पूरा हुन नसकेको खेलमा राजु गुरुङले शिवप्रसाद सेढाईंलाई ६–३, ३–६ र ७–६ को चुनौतिपूर्ण सेटमा पराजित गरेका थिए ।

त्यसैगरी, सोही प्रतिस्पर्धामा सुदर्शन विष्टले भारतका अविनासचन्द्र राष्टोगीलाई २–६, ७–६ र ६–३ को प्रतिस्पर्धात्मक सेटमा पराजित गरेर दोस्रो चरणमा स्थान बनाए ।