नेपाल २ सय ५५ रनले विजयी - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

काठमाडौं   |   भदौ २७, २०७४

सन्दीप लामिछानेले सात विकेट लिएपछि नेपालले सोमबार एसिसी यू–१९ इटर्न रिजन क्रिकेट प्रतियोगितामा थाइल्यान्डलाई २ सय ५५ रनको फराकिलो अन्तरले पराजित गरेको छ । मलेसियामा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ५० ओभरमा सात विकेट गुमाएर २ सय ८१ रनको विशाल योगफल खडा गरेको थियो । प्रत्युत्तरमा सन्दीपको घातक बलिङ सामना गर्न नसक्दा थाइल्यान्ड १० ओभरमा २६ रनमै समेटियो ।

सन्दीपले दिए ६ रन मात्र
मध्य गतिका बलर सन्दीपले केवल चार ओभर मात्र बलिङ गरेका थिए । उनले यस क्रममा एक मेडन ओभर पनि फ्याँकेका थिए । उनले सात विकेट लिन ५ रन मत्र खर्चेका थिए । नेपालका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले दुई रन खर्चेर एक विकेट हात पारे । किशोर महतोले चार रन दिएर एक विकेट हात पारे ।


अनिल शतकबाट चुके
नेपालको उत्कृष्ट ब्याटिङमा अनिल शाह शतकबाट चुकेका छन् । अनिल नर्भस नाइटिजको सिकार भए । उनी ९१ रनमा आउट भए । अनिलले ७४ बलमा ६ चौका र पाँच छक्का प्रहार गरेका थिए । कप्तान दीपेन्द्रले २२१ रन बनाए । यसैगरी, प्रनित थापाले आफ्नो पहिलो उमेर समूहमा अर्धशतक बनाउन सफल भए । उनले ५० रन बनाए । उनले ६१ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गरेका थिए । सन्दीप सुनारले ३२ तथा असिफ सेखले २१ रन जोडेका थिए ।

कमजोर थाइल्यान्ड
नेपालविरुद्ध प्रतिस्पर्धामा थाइल्यान्डका कुनै ब्याट्सम्यानले दोहोरो रन बटुल्न सकेनन् । सो इनिङमा चार ब्याट्सम्यानले खाता नै खोल्न पाएनन् । थाइल्यान्डका लागि पानसाकले सर्वाधिक ८ रन बनाएका थिए । तीन ब्याट्सम्यानले एक रन मात्र जोडे ।