रोहिंग्या विद्रोहीद्वारा एकतर्फी युद्धविराम घोषणा - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

एजेन्सी , म्यानमार   |   भदौ २६, २०७४

युद्धप्रभावित क्षेत्रमा मानवीय सहयोग गर्न मुस्लिम विद्रोहीको अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

म्यानमारका रोहिंग्या मुस्लिम विद्रोहीले एकतर्फी युद्धविराम घोषणा गरेका छन् । पश्चिमी राखिने राज्यमा उत्पन्न मानवीय संकट सहज बनाउने प्रयासस्वरूप सशस्त्र आर्कन रोहिंग्या सालभेसन आर्मी (आर्सा) ले शनिबार एकमहिने युद्धविराम घोषणा गरेको हो । आर्साले म्यानमार सेनालाई हतियार बिसाउनसमेत आग्रह गरेको छ । आर्साको घोषणाप्रति सेनाले कुनै प्रतिक्रिया जनाएको छैन ।
 

युद्धप्रभावित क्षेत्रमा जान आग्रह

‘अर्कान रोहिंग्या साल्भेसन आर्मी (आर्सा) ले सरकारी सेनाको आक्रमणबाट बच्न अस्थायी युद्धविराम घोषणा गरेको छ,’ आर्साले आफ्नो आधिकारिक अकाउन्टमा ट्विट गरेको छ । विद्रोहीका तर्फबाट आर्साका कमान्डर अटा गल्लाहले सो ट्विट गरेका हुन् । युद्धविरामका वेला मानवीय सहायताका लागि दातृ निकाय युद्धप्रभावित क्षेत्रमा जान सक्ने र मानवीय संकटमा परेका पीडितलाई सहयोग गर्न उसले आग्रह गरेको छ । आगामी अक्टोबर ९ तारिखसम्म युद्धविराम कायम हुने सो संगठनले जनाएको छ ।

३ लाख रोहिंग्या विस्थापित

यही अगस्ट २५ मा रोहिंग्या विद्रोहीले राखिने राज्यको एउटा प्रहरी चौकीमा हमला गरेपछि त्यसको बदलामा म्यानमार सेनाले चरम दमन गरेको छ । सेनाले अन्धाधुन्द हमला गर्दा सयौँ निर्दोष रोहिंग्या मारिएका छन् । सेनाको कारबाहीपछि तीन लाख रोहिंग्या मुस्लिमले भागेर बंगलादेशमा शरण लिएका छन् । अरू हजारौँ व्यक्ति म्यानमारबाट भाग्ने क्रममा छन् भने केही बंगलादेशसँगको सीमामा आश्रय लिएका छन् । म्यानमारबाट भागेर बंगलादेश पुगेका रोहिंग्याको सहयोगका लागि दातृ निकायले तत्काल ७७ लाख डलर जुटाउनुपर्ने राष्ट्रसंघले जनाएको छ । म्यानमारबाट बंगलादेशको कक्स बजारमा पुगेका शरणार्थीलाई खाद्यान्न, पानी र स्वास्थ्य सेवा तत्काल आवश्यक रहेको पनि राष्ट्रसंघले जनाएको छ ।

विद्रोही र सेनाको आ–आफ्नो दाबी

सेना र त्यहाँका बौद्ध धर्मावलम्बीहरूले आफूहरूविरुद्ध पासविक अभियान सुरु गरेको, आफ्ना घरमा मनपरी आगो लगाइदिएको रोहिंग्याले गुनासो गरेका छन् । तर, म्यानमार सेनाले रोहिंग्या अतिवादीविरुद्ध जवाफी कारबाही गरेको दाबी गरेको छ ।
सुरक्षा फौज र बौद्ध युवाहरूले गाउँमा आगो लगाइदिएको, कुटपिट गरेको र घाँटी रेटेर हत्या गरेको राखिने राज्यबाट भागेर बंगलादेश पुगेका शरणार्थीहरूको भनाइ छ । अर्कोतर्फ सरकारले रोहिंग्या लडाकु र मुस्लिम गाउँलेले एक–अर्काको घरमा आगो लगाएको र गैरमुस्लिमलाई कुटपिट गरेको दाबी गरेको छ ।

६० हजार नयाँ आवास आवश्यक

बंगलादेशस्थित संयुक्त राष्ट्रसंघका आवासीय संयोजक रोबर्ट वाटकिन्सले भने, ‘रोहिंग्या शरणार्थीलाई सहयोग गर्न अहिले तत्काल ६० हजार नयाँ आवास, खाद्यान्न, सफा पानी, स्वास्थ्य सेवा आवश्यक छ ।’ केही युवतीमाथि यौनहिंसा भएको र उनीहरूलाई मानसिक स्वास्थ्य सेवा आवश्यक रहेको बताइएको छ । बंगलादेशको कोक्स बजारमा हजारौँै रोहिंग्याले खाद्यान्न बोकेका ट्रकहरूको पिछा गरेका छन् । दातृ निकायको सहयोगमा खाद्यान्न वितरण गरिएको लाइनमा बस्दाबस्दै एक शरणार्थीको मृत्यु भएको छ ।

सीमामा विद्युतीय धराप

म्यानमारको सेनाले बंगलादेशको सीमा क्षेत्रमा विद्युतीय धराप विस्फोट गराएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । म्यानमारका करिब एक सय सैनिकले सीमा क्षेत्रमा विद्युतीय धराप राखेको बंगलादेशका सीमा गार्ड र स्थानीयले बताएका छन् ।रोहिंग्या समुदायलाई आफ्नो गाउँ फर्किनबाट रोक्न म्यानमारको सरकारी फौजले विद्युतीय धराप बिछ्याएको बंगलादेशी अधिकारीहरूले बताएका छन् । यसैबीच, म्यानमारको राखिने राज्यमा बौद्ध धर्मावलम्बीहरूको एउटा समूहले मुस्लिम गाउँमा आगो लगाइदिएको दृश्यको साक्षी बनेको बिबिसीका एक पत्रकारले बताएका छन् ।

म्यानमारकी विदेशमन्त्री एवं राज्य सल्लाहकार आङ सान सुकीले अल्पसंख्यक मुस्लिम रोहिंग्यामाथि म्यानमार सरकारले ज्यादती नगरेको पुनः दाबी गरेकी छिन् । म्यानमार सरकारले रोहिंग्या विद्रोहीमाथि चरम दमन गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले नेतृ सुकीको आलोचना गरिरहेकै वेला उनले सो दाबी गरेकी हुन् । म्यानमारका केही सामाजिक सञ्जाल र विदेशी सञ्चारमाध्यहरूले गलत सूचना सम्प्रेषण गरेको उनले गुनासो गरिन् । रोहिंग्यामाथि कुनै दुव्र्यवहार नभएको उनले जिकिर गरिन् । सुकीले सैनिक ज्यादती नरोकेको भन्दै उनलाई दिएको नोबेल शान्ति पुरस्कार फिर्ता गर्नुपर्ने माग केही समूहले गरेका छन् ।