सञ्जय र सलमानको दोस्ती–दुस्मनी - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौँ   |   भदौ २६, २०७४

एक समय अभिनेता सञ्जय दत्त र सलमान खानको मित्रताको निकै चर्चा हुने गर्दथ्यो । उनीहरू जहाँ पनि एक–अर्काको तारिफ गरिरहेका हुन्थे । तर, हालत बदलियो । उनीहरूको मित्रता दुस्मनीमा बदलियो । भारतीय मिडियाले सञ्जय र सलमानले एक–अर्कालाई घृणा गर्ने गरेको समाचारसमेत प्रकाशित गरे ।

तर, सञ्जयले भने आफू र सलमान दाजु–भाइझैँ भएकाले कहिल्यै मनमुटाव नभएको दाबी गरेका छन् । ‘हामी आ–आफ्नो काममा व्यस्त हुन्छाैँ । त्यसैले दिनहुँ भेट हुँदैन । यसको मतलब यो होइन कि सलमान र मेरो सम्बन्ध बिग्रिएको छ,’ सञ्जयको दाबी छ, ‘हामी हिजो जस्तो साथी थियौँ, आज पनि त्यस्तै छाैँ । हाम्रो झगडा छ भन्ने कुरा मिडियाले फैलाएको हो । त्यसमा सत्यता छैन ।’

सलमान र सञ्जय पछिल्लो दिन गणेश उत्सवका अवसरमा अम्बानीको घर एन्टिलियामा सँगै भेटिएका थिए । त्यतिवेला उनीहरू एकले अर्कालाई अँगालो हालेर हालखबर सोधेका थिए । त्यहाँदेखि मिडियाले उनीहरूको मित्रताको फेरि बखान गर्न थालेका छन् ।

खासमा सलमान र सञ्जयबीच त्यस्तो ठूलो झगडा भने भएको छैन । सन् २०११ मा सञ्जयलाई ‘बडीगार्ड’ फिल्ममा सलमानको बाबुको भूमिका निर्वाह गर्न अफर गरिएको थियो । त्यतिवेला सञ्जयले सलमानको बाबु बन्न आफ्नो उमेर नपुग्ने भन्दै अफर अस्वीकार गरेका थिए । सन् २०१६ मा दिल्लीमा आयोजित वर्ड गेमको रेपिड फायर राउन्डमा सञ्जयलाई एउटा प्रश्न सोधियो । प्रश्नमा सञ्जयले कुनै एक शब्दमा सलमानको व्याख्या गर्नुपर्ने थियो । त्यसमा सञ्जयले सलमानलाई एरोगेन्ट (घमन्डी) भने । त्यो कुराले पनि सलमानप्रति सञ्जय सकारात्मक छैनन् भन्ने ठोकुवा मिडियाले गरे ।

सन् २०१६ को फेब्रुअरीमा सञ्जय जेलबाट छुटे । तर, उनलाई भेट्न सलमान गएनन् । सञ्जय जेलमा हुँदा उनी छुटेपछि सलमानले आफ्नो फर्म हाउसमा विशेष व्यवस्था गर्ने, पार्टी दिनेलगायतका कुरा सुन्नमा आएका थिए । तर, सञ्जय छुटेपछि पार्टी दिनु त परेको कुरा सलमान उनलाई भेट्नसमेत गएनन् । त्यसकारण पनि उनीहरूको सम्बन्ध सुमधुर नरहेको प्रस्टिएको दाबी मिडियाको छ । सलमान सञ्जयको निकै निकट मित्रमा पर्छन् । तर, व्यवहारमा भने त्यो देखिएको छैन । उनीहरूले ‘चल मेरे भाइ’, ‘दश सन अफ सरदार’लगायतका फिल्ममा सँगै अभिनय गरेका छन् ।