के नरेन्द्र मोदी रोहिंग्या संकटमा ‘हिन्दू कार्ड’ खेलिरहेका छन् ? - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   भदौ २६, २०७४

म्यानमारबाट आएका मुस्लिम रोहिंग्या शरणार्थीलाई अवैध तथा देशको सुरक्षाका लागि खतरा बताएर भारत सरकारले हालै उनलाई देशबाट निकाल्ने निर्णय गरेको छ । यो निर्णय यस्तो समयमा लिइएको छ, जब म्यानमारबाट हजारौँ रोहिंग्या मुसलमान सुरक्षाबलको कारबाहीबाट आफ्नो ज्यान बचाएर बंगलादेशको सिमानातिर भागिरहेका छन् । भारतले ती रोहिंग्या शरणार्थीलाई देशबाट बाहिर निकाल्ने निर्णय गरेको छ, जसले कैयौँ वर्षदेखि यहाँ शरण लिएका छन् । भारत सरकारले रोहिंग्या विद्रोहीविरुद्ध म्यानमारको सुरक्षाबलको कारबाहीलाई पनि समर्थन गरेको छ ।

रोहिंग्या शरणार्थी

भारतमा रहेका अधिकांश रोहिंग्या शरणार्थी पाँच वर्षअघि म्यानमारमा सुरक्षाबल र बौद्ध अतिवादीको अत्याचारबाट ज्यान जोगाएर भारत आएका थिए । शरणार्थीसम्बद्ध संयुक्त राष्ट्र संघीय निकायको आँकडाअनुसार भारतमा १४ हजारभन्दा बढी रोहिंग्या शरणार्थी छन् । पछिल्लो ताजा घटनाक्रमका कारण हजारौँ रोहिंग्या मुसलमान एकपटक फेरि देश छाडेर बंगलादेशतर्फ भागिरहेका छन् । संयुक्त राष्ट्र संघ, अमेरिका, ब्रिटेन र युरोपेली युनियनले रोहिंग्या संकटलाई अत्यन्त चिन्ताजनक बताएका छन् ।

मुस्लिम शरणार्थीबाट हैरानी ?

म्यानमारमा आङ सान सुकीको नजरबन्दी र लोकतन्त्र समर्थक आन्दोलनको क्रममा हजारौँ नागरिक तथा राजनीतिक नेताले भारतमा शरण लिएका थिए । आफ्ना आध्यात्मिक गुरु दलाई लामाको नेतृत्वमा हजारौँ तिब्बती हिमाञ्चल प्रदेश, सिक्किम र उत्तराञ्चलमा वर्षौंदेखि बसिरहेका छन् ।
नेपाली नागरिकका लागि भारत खुला छ । लाखौँ नेपाली नागरिक भारतमा बसोवास गर्छन् । यहाँ काम गर्छन् । श्रीलंकाली गृहयुद्धको क्रममा लाखौँ तमिलले भारतमा शरण लिएका थिए । यस्तोमा प्रश्न उठ्छ कि सवा अरब जनसंख्या भएको देशको सरकारलाई केही हजार रोहिंग्या मुस्लिम शरणार्थीबाट हैरानी के छ ?

हिन्दू कार्ड

केही पर्यवेक्षकका अनुसार मोदी सरकार रोहिंग्या शरणार्थीको विरोध गरेर ‘हिन्दू कार्ड’ खेलिरहेको छ । उनीहरूको भनाइ छ कि प्रधानमन्त्री मोदीको सरकार मुसलमानको नाममा जब–जब कुनै कठोर कदम उठाउँछ या कुनै यस्तो बयान दिन्छ भने यसबाट उसको लोकप्रियता बढ्ने गरेको छ । टिभी च्यानलमा रोहिंग्या शरणार्थीलाई देशको सुरक्षाका लागि खतरा भएको बताइएको छ । बहसमा बताइँदै छ कि यी शरणार्थीको अलकायदा र इस्लामिक स्टेटजस्ता चरमपन्थी संगठनसित सम्बन्ध छ र उनीहरू भारतमा आतंकवादको नेटवर्क फैलाइरहेका छन् ।

सरकारको नीति

रोहिंग्या शरणार्थीको संख्या बढाई–चढाई गरी बताउने गरिएको छ । केही च्यानलले त आफ्नो घृणालाई यति खुलेर प्रदर्शन गरिरहेका छन् कि उनीहरूले ‘विदेशी मुसलमान हो, भारत छोड’ भन्ने नारा दिन थालेका छन् । रोहिंग्या शरणार्थीबारे मौजुदा सरकारको नीति कुनै अचम्मको विषय होइन । नरेन्द्र मोदीले ०१४ को आफ्नो निर्वाचन अभियानको क्रममा भनेका थिए कि उनी केवल हिन्दू शरणार्थीलाई आफ्नो देशमा आउन दिनेछन् । गैरहिन्दू शरणार्थीलाई शरण दिइनेछैन । र, जो गैरहिन्दू अवैध शरणार्थी देशमा छन्, उनीहरूलाई निकालिनेछ ।

बाँडिएको समाज

भारतमा मुसलमानलाई लिएर घृणाको भावना चरम स्थितिमा छ । मिडियाको यो सबैभन्दा प्रिय विषय बनेको छ । हरेक साँझ समाचार च्यानलमा घृणाको लहर चलिरहेको हुन्छ । जे–जे विषयलाई मानिसले मनमा राख्थे, अब त्यो खुलेर बाहिर प्रकट गरिरहेका छन् । पूरै समाज यस समय विभाजित भइरहेको देखिन्छ । रोहिंग्या मुसलमान पनि भारतको यही घृणाको राजनीतिको सिकार भएका छन् । उनीहरूलाई देशबाट निकाल्न सजिलो हुनेछैन किनकि म्यानमार उनीहरूलाई आफ्ना नागरिक भएको नै स्विकारिरहेको छैन । र, शरणार्थीलाई जबर्जस्ती कुनै दोस्रो मुलुकमा पठाउन सकिन्न ।

शरणार्थीको जीवन

सरकारको शरणार्थीलाई निर्वासित गर्ने घोषणाले यी शरणार्थीको जीवन थप कठिन बनेको छ । मिडियाले उनीहरूलाई जेहादी र उग्रवादी बताएर आममानिसको दिमागमा उनीहरूबारे सन्देह पैदा गराएका छन् । रोहिंग्या शरणार्थी कुनै पनि प्रकारबाट आफ्नो ज्यान बचाएर हजारौँ माइलको यात्रा गरेर यहाँ पुगेका थिए । यहाँ पनि शिविरमा उनीहरूको जीवन एकप्रकारले मृत्युबराबर नै छ, तैपनि उनीहरू त्यही जीवन पनि बाँच्न अभिशप्त छन् ।

आफ्नो देशमा उनीहरूले नश्ल र धर्मका कारण अत्याचारको सामना गर्नुप¥यो । म्यानमारमा उनीहरूको बस्ती जलिरहेको छ । लाखौँ जनता सुरक्षित आश्रयका लागि जता सकिन्छ, त्यतै भागिरहेका छन् । मानव अधिकार संगठनहरूको भनाइ छ कि यस्तो स्थितिमा भारतमा उपस्थित रोहिंग्या शरणार्थीलाई निर्वासित गर्ने निर्णय अमानवीय मात्र छैन, अपितु यसबाट यहाँको समाजमा जातीय तथा धार्मिक घृणाको पनि जानकारी पाइन्छ ।
(सकिल अख्तर बिबिसी संवाददाता हुन्)
बिबिसी हिन्दी डट कमबाट