बिरामी र चिकित्सकबीच किन बढ्दै छ लफडा ? - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   भदौ २५, २०७४

घाँटीको समस्या लिएर गएको बिरामीको पाठेघरको उपचार भएका उदाहरण नेपालमै छन् । मृत्युको मुखमा पुगेको बिरामीलाई डाक्टरले आफ्नै रगत दिएर बचाएका उदाहरण पनि नेपालमै छन् । अप्रेसन गर्दागर्दै बिरामीको ज्यान जाँदा आफन्तले डाक्टरको कठालो समातेका र अस्पताल तोडफोड गरेका घटना यहीँ सुनिन्छन् । अनि, आफ्नो मान्छे बचाइदिएको भन्दै डाक्टरलाई भगवान् पुकारेका घटना पनि यहीँ सुनिन्छन् । पछिल्ला केही वर्षदेखिका घटनालाई आधार मान्ने हो भने डाक्टरमाथि आक्रमण बढ्दो छ । सर्वसाधारण जनता डाक्टरप्रति विश्वस्त हुन नसकेको देखिन्छ । चिकित्सक र सर्वसाधारणबीच विश्वासको वातावरण टुट्नु गम्भीर पाटो हो । आखिर किन यस्तो भइरहेछ ? समस्याको जड के हो ? नयाँ पत्रिकाका अर्जुन अधिकारीले काठमाडौं मेडिकल कलेजका सर्जरी विभाग प्रमुख प्रा.डा. दामोदर पोखरेललाई जिज्ञासा राखे । पोखरेलले आफ्नो धारणा बताए :

प्रा.डा. दामोदर पोखरेल
सर्जरी विभाग प्रमुख, केएमसी

सेवा दिने र लिनेबीच यसकारण समस्या
नेपालको स्वास्थ्य क्षेत्रमा पछिल्ला केही वर्षयता विश्वासको वातावरण गुम्दै गएको छ । चिकित्सक र बिरामीबीचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने हो । तर, यी दुवै पक्षबीच दूरी बढ्दै गएको सहज अनुभूति गर्न सकिन्छ । कुनै समय यस्तो पनि थियो, चिकित्सक भनेका भगवान् हुन् । अहिले चिकित्सक देख्नासाथ ‘ज्यानमारा डाक्टर’ भन्ने गरेको सुनिन्छ । यो बढ्दो दूरीलाई एक सूत्रमा बाँध्न जरुरी देखिएको छ ।

हामी डाक्टरहरूले आवश्यक कुरा बुझ्ने र जनतालाई पनि बुझाउन आवश्यक हुन्छ । बिरामीलाई सबै रोगका बारेमा ज्ञान हुँदैन । यो चिकित्सकले जान्ने कुरा हो । बिरामी कुन अवस्थामा आएको थियो, समस्या के हो ? स्पष्ट जानकारी लिने कोसिस डाक्टरले गर्नुपर्छ । तर, बिरामी पक्षको पनि उत्तिकै भूमिका हुन्छ । दुवै पक्षबीच समन्वय र काउन्सिलिङ आवश्यक छ । बिरामीले आफ्नो समस्या राम्रोसँग बताउँदा डाक्टरलाई उपचारमा सहजता मिल्छ र परिणाम सही आउँछ ।

पछिल्लो समय चिकित्सक र बिरामीबीच दूरी बढ्नुमा बिरामीलाई कुरा बुझाउन सक्ने चिकित्सकको कमी र बिरामीमा पनि बुझाइको कमी भएर हुन सक्छ । उपचारका सिलसिलामा दुवै पक्षबीच बुझाइमा कमी भएको अवस्थामा समस्या निम्तिन सक्छ, निम्तिएका पनि छन् ।

बिरामी ठीक भएर गयो भने चिकित्सकले राम्रो गर्‍यो, राम्रो चिकित्सक परेछ भन्छन् । तर, बिरामीको स्वास्थ्य झन् नाजुक भयो भने। ‘मिस अन्डरस्ट्यान्डिङ’ पैदा हुन थाल्छ । अर्थात्, स्वास्थ्य सेवा प्रदान गर्ने र उपचार माग गर्ने पक्षबीच समन्वय फाट्दै जान्छ । यसले झगडा ल्याउँछ ।

कतिपय बिरामी मर्ने–बाँच्ने सम्भावना बराबर हुन्छ
मैले डाक्टरी पढ्दा अहिलेजस्तो निजी प्राक्टिस पनि थिएन । पैसासँग सीधै चिकित्सकको सम्बन्ध हुँदैनथ्यो । सरकारले जति दिने हो, त्यतिमै काम गर्नुपर्ने हुन्थ्यो । सरकारले जति दिए पनि चिकित्सकलाई वास्ता हुँदैनथ्यो । अहिले ठ्याक्कै उल्टो छ । डाक्टरले पैसा मात्रै लियो, उपचार राम्रो गरेन भन्ने गुनासा सुन्नमा धेरै आउँछन् । यस्तो अवस्थामा बिरामी उपचार गरेर राम्रो भएर घर गए चिकित्सक ठीक, नभए चिकित्सक नराम्रो भन्ने गरिन्छ । थोरै मात्रै नराम्रो परिणाम आएको अवस्थामा चिकित्सकले पैसा खायो, ठग्यो भन्नेजस्ता आरोप लाग्छन् ।

कोही पनि व्यक्ति बिरामी नभइकन अस्पताल आउँदैन । बिरामी भएर आउँने अनि उपचारका क्रममा विभिन्न आरोप लगाएर चिकित्सकलाई गलत भन्नु राम्रो होइन । चिकित्सकमाथि धावा बोलेर र घरमा बसेर त बिरामी पक्कै पनि निको हुँदैन । यदि चिकित्सकमाथि आरोप लगाउँदै गए, भोलि चिकित्सकले उपचार गर्न सक्दिनँ भन्ने दिन पनि आउन सक्छ । चिकित्सकले मेरो ज्ञान पुगेन, अन्तै लैजानुस् भन्दा बिरामी र आफन्तलाई कस्तो हुन्छ ? एकपटक सबैले सोच्नुपर्छ ।

कतिपय बिरामी यस्ता हुन्छन्, बाँच्ने र मर्ने सम्भावना ५०–५० प्रतिशत हुन्छ । उपचार भनेको सानो वा ठूलो सबै एउटै प्रकारका हुन्छन् । यसमा दुवै पक्षबीच छलफलमा कमी भएको छ । पहिलेको जस्तो समाज अहिले होइन । सकारात्मक सोच न परिवारमा छ, न समाजमा नै । सबै क्षेत्रमा विकृति आएको छ । यसले चिकित्सकलाई पनि अछुतो राखेको छैन । सुरुमा म चिकित्सकलाई गाली गर्थें, कसरी काम गरेको भनेर । म जब समाजमा घुलमिल भएँ, धेरै प्रकारका मान्छे भेटेँ । विनाकाममा बेवकुफ बनाउने मान्छे पनि समाजमा रहेछन् । यसले चिकित्सकको मनोबल गिरेको छ ।

गलत नजिरले भोलि झन् अप्ठ्यारो पार्छ
समाजमा डाक्टरलाई भगवान् ठानिन्छ । तर, मेरो बुझाइमा सर्वसाधारणको यो सोचाइ नै गलत छ । डाक्टर भगवान् होइन, अरू मान्छेजस्तै हो । पछिल्ला दिनमा नयाँ–नयाँ रोग देखिएका छन् । मानिसको आयु पनि पहिलेभन्दा बढेको छ । उमेर बढ्दै जाँदा रोग पनि बढ्दै गएको देखिन्छ । यस्ता मानिसलाई उपचार गर्नुपर्दा स्वास्थ्यमा केही समस्या पक्कै देखिएको हो । पहिला कम उमेर हुँदा यस्तो समस्या आँउदैनथ्यो । उमेर बढ्दै जाँदा नयाँ रोगसँग गाँसिएका अन्य रोग पनि हुन्छन् । चिकित्सकले हरपल बिरामी र उसका आफन्तलाई बुझाएका हुन्छन् । कतिपय अवस्थामा बिरामी र चिकित्सक दुवैले बुझ्न र बुझाउन नसकेका पनि उदाहरण छन् ।

सामान्य जानकारी पनि हामीसँग भएन, जसका कारण चिकित्सक र स्वास्थ्य संस्थामाथि मानिसको भिड जम्मा पार्ने र प्रतिकारमा उतार्ने काम हुन थालेको छ । जसलाई समस्या परेको छ र आफन्त गुमाएको छ, ऊ आफैँ होसमा हुँदैन । बिरामीको आफन्त चिकित्सको प्रतिकारमा उत्रिँदैन । तर, नजिक बस्नेहरू यस्तो काम गर्छन् । चाहे चिकित्सकको कारणले होस् या आफ्नै कारणले मरेको होस्, म उसको नजिकको मान्छे हो भन्ने र हो–हाल्ला गर्नेहरू बढ्न थालेका छन् । त्यस्ता व्यक्तिले बिरामी र बिरामीका आफन्तलाई राम्रो गरेका हुँदैनन् ।

बिरामी सिकिस्त भएको समयमा यस्ता व्यक्तिलाई दुई पोका रगत ल्याउनुहोस् भन्दा उनीहरू तर्किन्छन् । बिरामी र आफन्तलाई समयमा केही नगर्ने, तर समय बितेपछि तेरा लागि यस्तो गरेँ भन्ने देखाउन लफडा गर्छन् । डाक्टर, नर्स र संस्थालाई तथानाम गाली गरेको भरमा पैसा उठाउने पक्ष बढ्दै गएको छ । कुनै पनि चिकित्सकको मनमा बिरामीलाई सेवा नदिऊँ, मारौँ भन्ने हुँदैन । कहीँ–कतै चिकित्सकको पनि लापरबाही भएको होला, सबैलाई एउटै तराजुमा हेर्नु पनि गलत हो । समयमा सेवा नपाउँदा, आफूलाई चिकित्सकले राम्रो व्यवहार गरेन भन्ने लाग्दा, सम्बन्धित निकाय, अस्पताल प्रशासनसँग कुरा राख्न सकिन्छ । यहाँ सरकार पनि छ । झगडा किन गर्नुपर्ने ?

न्यायिक प्रक्रिया रोज्न सकिन्न ?
रातभर नसुती अप्रेसन गरेर बस्ने डाक्टर पनि नभएका होइनन् । बिरामी बचाउने उद्देश्यले रातभर खटेर सेवा गर्ने उनै चिकित्सकमाथि आक्रमण गर्ने, गाली बेइज्जती गर्ने काम हुँदा उसलाई कसरी बिरामी हेर्न मन लाग्ला र ? भोलि उपचार गर्ने बिरामीका बारेमा पनि सोच्न जरुरी छ । हाम्रो समाज यही हो । न्यायिक प्रक्रियामा जाँदा दुवैलाई मध्यमार्गी बाटो हुन सक्छ, भन्ने मेरो धारणा हो । कसैलाई उपचारमा चित्त नबुझे, बिरामीको मृत्युजस्ता केही घटना भयो भने वकिलले त्यसको सही बाटो देखाउनेछ ।

बिरामीको अवस्थाबारे आफन्तलाई चिकित्सकले वेलैमा बताउनुपर्छ
अस्पतालमा तोडफोड गरेर आफ्नो दैनिकी चलाउनेहरू पनि देखिन थालेका छन् । म अहिले एउटा अस्पतालमा सर्जरी डिपार्टमेन्टको प्रमुख भएर काम गरिरहेको छु । मेरा कन्सल्ट्यान्टहरू मलाई प्रश्न गर्छन्– हामी कस्ता बिरामीको उपचार गरौँ सर ? बिरामीको उपचार गर्ने कि नगर्ने भन्ने अन्योलता चिकित्सकमा छाएको छ । कस्तो बिरामीको उपचार गर्ने, कस्तोको नगर्ने, एउटा मापदण्ड बनाउनुपर्ने अवस्था आएको छ । अहिलेकै अवस्था रहे बिरामी, उसका आफन्त, चिकित्सक र स्वास्थ्यसंस्थाबीच नराम्रोसँग दूरी बढ्नेछ । यसलाई बढ्न दिनुहुँदैन भन्ने मेरो सोच हो । कसरी हुन्छ यो ‘ग्याप’ चाँडै रोक्नुपर्छ ।

बिरामीको उपचार गर्न अस्पताल खोलिएको हो । सेवा दिन चिकित्सक बनेको हो । अनि, बिरामीको उपचारमा कमी होस्, राम्रोसँग नहेरौँ भन्ने भावना होलाजस्तो मलाई लाग्दैन । तर, काम गर्दै जाँदा कहिलेकाहीँ समस्या आउन सक्छ । हिँड्दा पनि बाटोमा ठेस लाग्न सक्छ । सबै मुद्दा वकिलले जित्न सक्छ ? के मुद्दा जितेन भनेर कुट्न थाल्ने ? अप्रेसनमा कहिलेकाहीँ समस्या हुन्छ । संक्रमणहरू हुन सक्छन् । तर, सबै कुरा पैसामा मात्रै जोडिँदैन ।

सर्जरीमा धेरै प्रकारका ‘केस’ हुन्छन् । हिँडिरहेको बिरामीलाई ल्याएर अप्रेसन गर्नेदेखि लामो समयसम्म थलिएको बिरामीको अप्रेसन गर्नु । पत्थरीको अप्रेसन गर्दा पित्तथैलीमा ढुंगा होला, तर भित्र अरू पनि समस्या हुन सक्छ । त्यसैले चिकित्सकले बरु केही समय ढिला गरेर बिरामीका आफन्तलाई समस्या बताइदिनुपर्छ । कतिपय समस्यामा अप्रेसन गर्दागर्दै बिरामीको अप्रेसन नहुन सक्छ, मृत्यु पनि हुन सक्छ भनेर जानकारी गराउन सक्ने दक्षता चिकित्सकमा हुनुपर्छ । हामी के गर्दै छाैँ, के हुन सक्छ भनेर स्पष्ट जानकारी दिनुपर्छ । चिकित्सकले बिरामीको आफन्तलाई उपचार गर्ने विकल्प पनि दिनुपर्छ ।

बिरामीको अवस्था हेरेर चिकित्सकले समय दिनुपर्छ
अन्तर्राष्ट्रिय मान्यताअनुसार एक चिकित्सकले एकजना बिरामीलाई कम्तीमा पनि १० देखि १५ मिनेट समय दिनुपर्छ । व्यक्ति विशेषमा नेपालमा फरक छ । सबैले थोरै समय दिन्छन् भन्नेमा म विश्वस्त छैन । कतिपय अवस्थामा बिरामी आउँछ, उसलाई बेडमा सुताएर चिकित्सकको अनुभवका आधारमा मोटामोटी समस्या औँल्याएर नमुना परीक्षण या अन्य परीक्षणको प्रक्रियामा पठाइन्छ । त्यसपछि चिकित्सकले आवश्यकताअनुसार समय दिन्छन् । कति रोगलाई बढी नै समय दिनुपर्ने हुन्छ । यो व्यक्ति विशेषमा भर पर्छ । बिरामीलाई समय थोरै दिने भन्ने कुराले अर्थ राख्दैन । अर्थ यसले राख्छ, जुनवेला बिरामीले समयमै सेवा पाउँछ ।

दवै पक्षको सहमतिविना अप्रेसन गराउनुहुन्न
बिरामी र बिरामीका मानिसप्रति एक–अर्कामा सम्मान हुनुपर्छ । दुई पक्षबीच पूर्ण रूपमा समझदारी नभएसम्म अप्रेसन गराउनुको कुनै अर्थ छैन । म त नगराउन भन्छु ।

डाक्टरले म बिरामी हेर्दिनँ, अप्रेसन गर्दिनँ भन्न मिल्दैन । तर, बिरामीले चाहिँ म यो डाक्टरसँग उपचार गर्दिनँ भन्न पाउँछ । चिकित्सकले एचआइभी भएको बिरामी आए पनि उपचार गर्नुपर्छ । हेपटाइटिस बी, सी छ भनेर पन्छिने कुरा आउँदैन । यो अप्रेसन गर्न सक्दिनँ भन्नचाहिँ चिकित्सकले सक्छ ।

यो मेरो क्षमताले भ्याउँदैन, बाहिर लैजानुस् भन्न सकिन्छ । तर, अप्रेसन गर्दिनँ भन्न सक्दैन । तर, यही अवस्था रहेको खण्डमा ५० प्रतिशत निको हुने बिरामीले उपचार पाउँदैनन् । यो अवस्थाको सिर्जना कसैबाट पनि नहोस् भन्ने पक्षमा म छु ।