फोहोरको थुप्रोमाथि स्मार्ट सिटी - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   भदौ २५, २०७४

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरिया भ्रमणमा छन् । ललितपुरका मेयर पनि भर्खर जापानको भ्रमण सकेर कोरियातिरै जाँदै छन् । उनीहरूले भ्रमणका लागि एउटा गजबको सहर रोजेका छन् : दक्षिण कोरियाको एउटा स्मार्ट सिटीलाई । यता, यसपटकको स्थानीय तहको निर्वाचनका वेला देशमा स्मार्ट सहर, स्मार्ट टोल, स्मार्ट गाउँको खुब प्रयोग भएको थियो । कोही पहिले सामाजिक जीवनमा कुनै खास योगदान पनि नगरेको तथा कुनै प्रमाणित परिणाममुखी काम गरेको विगत पनि नरहेको तथा सामान्य शैक्षिक योग्यता र ज्ञान–विज्ञान प्रविधिबारे त्यति मेलोभाँती नभएको मान्छे कुनै अमुक दलका तर्फबाट मेयर, उपमेयर, प्रमुख, उपप्रमुख, वडाध्यक्ष या सदस्यका उम्मेदवार घोषित हुनासाथ स्वचालित रूपमा उसको मुखबाट निस्किहाल्थ्यो– म आफ्नो सहर, गाउँ, वडा या टोललाई स्मार्ट बनाइदिन्छु । यसका लागि केवल तपाईंहरूको मत भए पुग्छ । बाँकी मेरो जिम्मा भयो ।

पर्यटकदेखि राजधानीवासीसम्म सबैको एउटै प्रश्न छ— मेयरसाबहरू, स्मार्ट सिटीको सपना हामी पनि देख्दै गरौैँला, तर यो फोहोर उठ्नेचाहिँ कहिले ?

यही प्रकारको वाचाकबुल गरेर काठमाडौंको मेयर पदमा निर्वाचित भएका विद्यासुन्दर शाक्यको नाममा झन्डै स्मार्ट सिटीको बौद्धिक सम्पत्ति अधिकार दर्ता हुने छाँटसमेत आएको थियो । उनले आफूले पदभार ग्रहण गरेको सय दिनमै काठमाडौंमा चमत्कार गर्ने कसम खाएका थिए । गत साता मात्र उनले त्यस्तो सय दिन बिताएका छन् र स्मार्ट सिटी बन्ने क्रममा काठमाडौं तीव्र रूपमा विकास गरिरहेको बताएर अचानक अर्को स्मार्ट सिटीको भ्रमणमा निस्केका छन् । यसमा अरू कुराहरू त हुँदै गर्लान्, एउटा मात्र विडम्बना देखिएको छ : यता स्मार्ट सिटीको तयारी भइरहेका वेला काठमाडाैँ र ललितपुरको फोहोर उठ्न छाडेको छ । भदौरे पानी र घामले छिटै सड्ने यो फोहोरले सहरका सडक र गल्लीहरू नाक थुनेरै हिँड्न पनि सकस हुने गरी दुर्गन्धित भइरहेका छन् । यसबाट नगरवासीको जीवनमा पर्ने रोगव्याधिको प्रकोप र वातावरणीय समस्याबारे त यता चर्चा नगर्नु नै बेस किनभने यस मामिलामा सबैजसो धेरथोर जानकार छन् । पर्यटक होऊन् या दैनिक कामका कारणले सहर निस्कन बाध्य हुने नेपाली नागरिक, सबैको अवस्था एउटै छ । सबैको प्रश्न पनि एउटै छ— मेयरसाबहरू, स्मार्ट सिटीको सपना हामी पनि देख्दै गरौला, तर यो फोहोर उठ्नेचाहिँ कहिले ?

यता, सात वर्षपहिलेदेखि काठमाडाैँको बालाजु बाइपास हुँदै ककनीतिर जाने बाटोको एउटा मोडमा पुगेपछि ओरालो लाग्ने बाटो हुँदै जाने सिसडोल डम्पिङ साइटमा फोहोर थुपार्ने गरिएको छ । यो साइट सुरु हुनुपहिले पनि काठमाडाैँले कहिले–कहिले त हप्तौँसम्म फोहोरको थुप्रोमाथि बसेर काखीमुनि र नाक–नाकमा सेन्ट छर्केर सभ्य बन्नुपरेको थियो । हो, त्यो सिसडोल साइटको म्याद पनि सकिएको छ । तीन वर्षका लागि भनेर बनाइएको सो साइटमा सात वर्ष फोहोर थुपारेपछि अब विकल्प नभई भएको छैन, तर महानगरलाई स्मार्ट सिटी बनाउन हिँडेका हाम्रा मेयरसाबहरू भने नगरवासीलाई यतै फोहरमाडौं छाडेर कोरियातिर प्रस्थान गरेका छन् । जब देशका नीतिनिर्माता र निर्णय गर्ने तथा कार्यान्वयन गर्ने ठाउँमा बसेकाहरू ५० वर्षका लागि पनि योजना बनाउन असफल हुन्छन् अनि समस्या यसरी बल्झिरहन्छ नै । फोहोरमाथिको स्मार्ट सिटीका स्मार्ट मेयर र नागरिकले यसबारे दीर्घकालीन समाधान खोज्ने स्मार्ट प्रयत्न तत्काल गरून् ।