अतिवादबाट सिर्जित भय - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   भदौ २३, २०७४

कर्णाटकको बैंगलुरुलाई आधार बनाएर कन्नड भाषामा आफ्नै नामको साप्ताहिक पत्रिका चलाउँदै आएकी जानेमाने भारतीय पत्रकार तथा हिन्दू अतिवादको कट्टर आलोचक गौरी लंकेशको गत मंगलबार साँझ आफ्नै आवासमा गाडीबाट ओर्लेर भित्र प्रवेश गर्न लाग्दा गोली हानी हत्या गरियो । गौरीको हत्या एकजना सेकुलर तथा स्वतन्त्र विचारका पक्षधर व्यक्तित्वको हत्या शृंखलामा चौथो हत्या हो, केही वर्षयताको भारतमा । यसअघि लेखक तथा सामाजिक कार्यकर्ता नरेन्द्र धवोल्कर, एमएम कलवुर्गी र गोविन्द पनसारेको हत्या भएको थियो, जो भारतमा जाग्दो हिन्दू अतिवादका आलोचक थिए । सामाजिक अन्धविश्वासविरुद्ध, सामाजिक न्यायका पक्षमा आवाज उठाउने र वर्तमान हिन्दू अतिवादविरुद्ध, जसलाई चर्चित भारतीय कथाकार उदयप्रकाशले गोड्से मानसिकता भनेर टिप्पणी गरेका छन् । खुलेर आवाज उठाउनेमाथि गरिएको लक्षित हत्या शृंखलाको यो कडीले समग्र भारत र दक्षिण एसियामै एक प्रकारको भयको सन्देश प्रसार गरेको छ ।

खुलेर आवाज उठाउनेहरूमाथि गरिएको लक्षित हत्या शृंखलाको कडीले समग्र भारत र दक्षिण एसियामै एक प्रकारको भयको सन्देश प्रसार गरेको छ

आफ्नै अन्तरविरोधको सिकार हुँदै गएको पुँजीवादका असमान विकासका प्रभावले सबै देशमा र सबै देशको सत्तारुढ वर्गमा जुन भय सिर्जना गरेको छ, त्यसका प्रभाव भिन्न ढंगले यस्तो अतिवादका उब्जाउ भूमि बनेका छन् । अचम्म के छ भने अत्यधिक नाफा कुम्ल्याउने पुँजीपतिदेखि उसको काम गरेर गुजारा मात्र गर्ने श्रमिक र सीमान्तीकरणमा परेको वर्ग दुवै अहिलेको अवस्थासँग असन्तुष्ट छन् । यसको संकेत हालैका वर्षमा संयुक्त राज्य अमेरिकामा गोरा जातिवादीका गतिविधि, युरोपमा देखा पर्दै गएको दक्षिणपन्थी हावा, जर्मनीमा बढ्दै गएका नवनाजीवादीहरू, इस्लामिक आतंकवाद र भारतमा सक्रिय हिन्दू अतिवादले गर्छन् । त्यसमाथि भारतमा लामो प्रयासपछि आरएसएस र भाजपाले हिन्दू भारतको कथ्य सिर्जना गरेर भारतीयलाई लठ्याएका छन् । आफ्ना सारा वर्गीय समस्या भुल्दै आममान्छेको एउटा पंक्ति र राज्य संरक्षित नवधनाढ्यको अर्को पंक्तिले बिस्तारै सबै सेक्युलर संस्था र व्यक्तिमाथि नियोजित हमला गरिरहेका छन् । यसले समग्रमा उदारवादी लोकतन्त्रको खोक्रोपना त उजागर गरेको छ नै सँगै छिटै यस्तो अतिवादलाई परास्त गर्ने गरी संगठित अभियान सञ्चालन नगर्ने हो भने लामो समयसम्म साधारण मानिसले भयमै जिउनुपर्ने सम्भावना पनि बढाइदिएको छ ।

भारतमा देखिएको यो अतिवाद शक्तिशाली सामाजिक मनोविज्ञान बन्दै छ, जसलाई अहिले राज्यको प्रत्यक्ष संरक्षण प्राप्त छ । गौरीको हत्यापछि केही अतिवादीले उनको हत्यालाई जायज ठहर्‍याउँदै सामाजिक सञ्जाल भरे । यसरी हत्या जायज ठहर्‍याउनेमध्येका केही त प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा पछ्याइरहेका व्यक्ति पनि छन् । केही सातापहिले अमेरिकाको एउटा सहरमा श्वेत अतिवादीले गर्न लागेको प्रदर्शनविरुद्ध आफ्नो असहमति जनाउन जम्मा भएका मानिसको समूहमाथि एउटा श्वेत गाडीचालकले आफ्नो कार दौडायो र एकजनाको तत्काल मृत्यु भयो । बंगलादेशमा इस्लाम अतिवादले सेक्युलर आवाज उठाउने पत्रकार ब्लगरको हत्या शृंखला चलाइरहेका छन् । यता नेपालमा पनि केही वर्षयता केही उग्र राष्ट्रवादी र जातिवादीले समाजमा घृणा र द्वेष फैलाउने प्रयास गरिरहेका छन् । हरेक सामाजिक परिवर्तनका मागलाई निषेध गर्ने र समावेशी लोकतन्त्र र धर्मनिरपेक्षताको विरोधमा रहेको यो पंक्तिको नकारात्मक आक्रोशलाई मलजल गरिरहने राजनीतिक दल पनि शक्तिशाली नै छन् । यस्तो वेला नेपालमा पनि अतिवादको हिंसात्मक स्वरूपले प्रवेश गर्दै गर्दैन भनेर ठोकुवा गर्न सकिन्न । अहिले नै सतर्कता जरुरी देखिन्छ । यस्तो सतर्कता गौरी लंकेश हत्याको विरोधमा आवाज उठाएर पनि गर्नुपर्छ ।