टिकटका यी दुःखसुख - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   भदौ २२, २०७४

दुई नम्बर प्रदेशमा तेस्रो चरणमा घचेटिएको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारले बुधबार मनोनयन दर्ता गरेका छन् । आठ जिल्लाका एक महानगरसहित १३६ स्थानीय तहका लागि उम्मेदवारी दर्ता गर्ने काम भएको छ । २४ गतेसम्ममा उम्मेदवारसम्बन्धी प्रक्रियाले अन्तिम रूप पाउनेछ । आगामी २ असोजका लागि मतदान मिति तोकिएको छ । सम्भवतः आउने दसैँ अगावै सबैजसो तहको मतपरिणाम पनि प्राप्त भइसक्नेछ । यसरी देशको राजनीतिमा धमिलो–धमिलो चित्र कोर्दै गरेझैँ देखिएको २ नम्बर प्रदेशमा पनि राजनीतिको पानी संग्लो बन्नेछ । उम्मेदवारीका लागि दलहरूबाट टिकट प्राप्त गर्न र आफैँ या आफ्नैले टिकट पाओस् भनेर जे–जस्तो प्रयास नेता–कार्यकर्ताले गरे, त्यसले मधेसमा निर्वाचन उत्साहजनक रूपले सम्पन्न हुने सुनिश्चित गरेको छ । यसले आगामी १० र २१ मंसिरका लागि तोकिएको संसद् तथा प्रदेश सभाको निर्वाचनका लागि समेत जनमत तयार पार्ने, मतदातालाई प्रभावित गर्ने र संगठित गर्ने काममा दललाई फाइदा पुग्ने भएकाले हुन सक्छ, दलका नेताको सक्रियता अरू प्रदेशमा भन्दा यता बढी देखिएको छ ।

उम्मेदवारीका लागि दलहरूबाट टिकट प्राप्त गर्न र आफैँ या आफ्नैको हातमा टिकट परोस् भनेर जे–जस्तो प्रयास नेता–कार्यकर्ताले गरे, त्यसले मधेसमा निर्वाचन उत्साहजनक रूपले सम्पन्न हुने सुनिश्चित गरेको छ

यसपालिको २ नम्बर प्रदेशको निर्वाचनमा देखिएको एउटा दृश्य भने नेपालको वर्तमान राजनीतिमा हुर्कंदै गरेको मौकापरस्त संस्कृतिको अचम्मको नमुना जस्तो बन्नेछ । पहिलो त धेरै वर्षदेखि निर्वाचनमा सामेल हुन नपाएका या जितेर राज्य गर्न नपाएका नेता–कार्यकर्ताको ठूलो संख्याले यसैपटक अवसर खोजिरहेको थियो । अर्को, ३ प्रतिशत थ्रेसहोल्ड कायम हुने भएपछि साना दलको भविष्य खुम्चँदै गएकाले पनि नेताहरूले वैयक्तिक रूपमा आफ्नो भविष्य सुरक्षित गर्न चाहिरहेका थिए । तेस्रो, मधेस आन्दोलनको नेतृत्व गरिरहेको राजपा निर्वाचनमा सहभागी हुने निर्णय गर्नासाथ कमजोर बन्दै गएको थियो । यसको परिणाम के हुन गयो भने साना दलका नेता तथा कार्यकर्ता र कतिपय ठूलै दलका नेता–कार्यकर्ता यसैपटक टिकट पाउन र निर्वाचनमा उम्मेदवार हुन मरिहत्ते गर्न थाले । गएको दुई साता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित सबै मुख्य नेता तराईमै बसे र पार्टी विस्तारका लागि अरू दलमा जे–जति खेल्न सकिन्छ, त्यो प्रयास गरे । लोकतान्त्रिक फोरम, राजपालगायत दलबाट माओवादीमा एउटा ठूलै समूह प्रवेश गर्‍यो । सम्भवतः यसले निर्वाचनमा माओवादीको उपस्थिति बलियो बनाउनेछ । यसैगरी एक दल छाडेर अर्कोमा प्रवेश गर्ने लहर चलिरहेको छ ।

मनोनयन दर्ता गर्ने अन्तिम समयसम्मको सूचना आउन बाँकी छ । किनभने, टिकट लिएर हरेक दलका नेता अर्को दलको नेताका पछि कुदिरहेका छन् । हिजो एमालेमा हुनेले आज माओवादीबाट उम्मेदवारी दिएको छ । माओवादीमा हुनेले राजपाबाट उम्मेदवारी दिएको छ । हुँदाहुँदा विमल श्रीवास्तवजस्ता पुराना राजनीतिज्ञ पनि टिकट नपाएकै कारण मनोनयनको अघिल्लो साँझ राजपा छाडेर लोकतान्त्रिक फोरममा प्रवेश गरे । यस्तो अवस्था हरेक दलमा देखिनु र टिकट वितरणको निर्णय अन्तिम घडीसम्म पनि हुँदै गर्नुले अवसरवादी राजनीतिको निकै भद्दा रूप प्रदर्शन भएको छ । यस्तो रोग निरन्तर रहनु लोकतन्त्रको हितका दृष्टिले अवश्य पनि सहज हुनेछैन ।