क्रस बोर्डर पर्यटन तथा व्यापार एक्स्पो शनिबारदेखि सुरु - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   भदौ १६, २०७४

पर्यटन, व्यापार र लगानी विस्तारमा सहयोग पुग्ने विश्वास –

नेपाल–भारतबीच व्यापार तथा पर्यटन प्रवद्र्धन गर्न काठमाडौंमा क्रस बोर्डर एक्स्पो आयोजना गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय राजदूतावास र भारतको वेस्ट बंगाल–नेपाल उद्योग वाणिज्य संघको सहकार्यमा ‘क्रस बोर्डर पर्यटन तथा व्यापार एक्स्पो फेस्टिबल अफ बंगाल’ आयोजना गर्ने भएको हो । आगामी शनिबार (१७ भदौ) देखि सुरु हुने एक्स्पो ४ दिनसम्म चल्नेछ ।

नेपाल–भारतबीचको दौत्य सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुगेको अवसरमा दुवै देशको आर्थिक, सामाजिक, धार्मिक, पर्यटकीय, सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले एक्स्पो आयोजना गर्न थालिएको महासंघकी अध्यक्ष भवानी राणाले बताइन् । कार्यक्रममा दुवै देशका उद्यमी व्यवसायीहरू एकै ठाउँमा भेला हुने भएकाले त्यसले आपसी आर्थिक तथा व्यावसायिक सम्बन्ध र सञ्जाल विस्तारमा महत्वपूर्ण पहल हुने उनले बताइन् ।

भारतीय राजदूतावासका सिडिए डा. आजय कुमारले कार्यक्रमले भारत–नेपालबीचको कला संस्कृति आदानप्रदान, व्यवसाय प्रवद्र्धन, सहकार्यका थप नयाँ क्षेत्र पहिचानमा परिणामदायी हुने बताए ।

कस्तो हुन्छ क्रस बोर्डर एक्स्पो
क्रस बोर्डर एक्स्पो अवधिभर सांस्कृतिक कार्यक्रम, बंगालको फुड फेस्टिबल तथा व्यावसायिक सभा–सम्मेलन हुनेछ । खासगरी नेपाल र पश्चिम बंगालसँगको आर्थिक व्यावसायिक सम्बन्धलाई अझ मजबुत बनाउन विभिन्न गतिविधिहरू आयोजना गरिने आायेजकले जनाएको छ । यसैक्रममा १७ भदौमा वेस्ट बंगाल नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले महासंघमा द्विपक्षीय भेटवार्ता गर्नेछ । वेस्ट बंगालका व्यवसायीले खासगरी होटेल, शिक्षा, फिल्म, मेडिकल, स्टिल उद्योग, कृषि, टी कफी आदि क्षेत्रमा आफसी छलफलका लागि विशेष चासो देखाएको छ । ती क्षेत्रमा बिटुबी बैठक, जिटुबी बैठक तथा नेपाल पर्यटन बोर्डका पदाधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

को–को आउँछन् एक्स्पोमा
क्रस बोर्डर एक्स्पोलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने महासंघले जनाएको छ । कार्यक्रममा भाग लिन वेस्ट बंगाल–नेपाल चेम्बर अफ कमर्सका तर्फबाट संघका अध्यक्ष डिके जैसवालको नेतृत्वमा संघका पदाधिकारीसहित उद्यमी व्यवसायी शनिबार काठमाडौं आउने महासंघले जनाएको छ । प्रतिनिधिमण्डलले आपसी आर्थिक तथा व्यावसायिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउन नेपाल सरकारका उच्च अधिकारीहरूसँग भेटघाटसमेत गर्नेछ ।

भारतीय सहरमा पनि एक्स्पो गरिने
भारतीय राजदूतावासको सहयोगमा आगामी दिनमा नेपालका सीमावर्ती भारतीय सहरहरू उत्तर प्रदेश, विहार तथा उत्तराखण्डमा पनि यस्तै प्रकारका कार्यक्रम गर्दै जाने अध्यक्ष राणाले बताइन् । ‘आसन्न एक्स्पोले समग्र भारत तथा पश्चिम बंगालसँगको आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, पर्यटन प्रवद्र्धनका लागि सम्भाव्य क्षेत्रमा सहकार्य गर्न कोसेढुंगा हुनेछ,’ उनले भनिन्, ‘महासंघले आगामी दिनमा पनि भारतका सीमावर्ती सहरहरूमा यस प्रकारका कार्यक्रम गर्दै जानेछ ।’