सफ्टवेयर आउट सोर्सिङको अवस्था र चुनौती - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   भदौ ०६, २०७४

सफ्टवेयरको बिजनेस प्रोसेस आउट सोर्सिङ ‘बिपिओ’ नेपालका सफ्टवेयर कम्पनीको मुख्य कारोबारका रूपमा रहेको छ । नेपालमै तयार पारिएका सफ्टवेयरलाई विश्व बजारमा र स्थानीय बजारमा कसरी प्रवद्र्धन तथा प्रोत्साहन गर्न सकिन्छ भन्नेमा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था कम्प्युटर एसोसिएसन (क्यान) नेपालले छुट्टै बिपिओ समिति बनाएर केही प्रयास सुरु गरिरहेको छ । नेपालमा बिपिओको अवस्था र सम्भावनाका बारेमा क्यानको बिपिओ समितिका सभापति अभिजित गुप्ताले आफूले देखे–भोगेका अवस्थालाई यसरी व्याख्या गरे ।

अभिजित गुप्ता सभापति, सफ्टवेयर तथा बिपिओ समिति क्यान

राम्रो सम्भावना
नेपाली सफ्टवेयर क्षेत्रमा लाग्नेहरूले अहिले राम्रो प्रगति गरिरहेका छन् । आम्दानी पनि अत्यन्तै राम्रो छ । सूचनाप्रविधिले गर्दा व्यवसायको विश्वव्यापीकरण हुन पाएको छ । हिजोका दिनमा स्थानीय बजारमा १० हजारमा बिक्री गर्न नसकिने उत्पादन आज विश्व बजारमा १ लाख डलरमा बिक्री गर्न सकिने अवस्था आएको छ । कम्पनीको आम्दानी बढेसँगै कामदारलाई दिने सेवा–सुविधामा पनि वृद्धि भएको छ । हिजोका दिनमा भन्दा आजको दिनमा यो क्षेत्रमा झन् राम्रो सम्भावना देखिँदै गएको छ । अहिलेको सन्दर्भमा सूचना तथा सञ्चार प्रविधि मानवीय आवश्यकताको विषय भइसकेको छ ।

वेबसाइटको काम मात्र नभएर सुरक्षा प्रणालीसम्बन्धी संवेदनशील विषय पनि यसै क्षेत्रसँग निर्भर हुँदै गइरहेको अवस्था छ । हरेक क्षेत्रमा आइसिटीका उपभोक्ताहरू बढ्दै गइरहेका छन् । त्यस हिसाबले भोलिका दिनमा यो क्षेत्रको बजार अझै बढ्ने निश्चित छ । त्यसैलाई मध्यनजर गर्दै क्यानका तर्फबाट हामीले एकअर्कालाई सहयोग गर्ने गरी विभिन्न प्रयास गरिरहेका छौँ ।

बिपिओ नै मुख्य कारोबार
नेपाली सफ्टवेयर कम्पनीका लागि बिपिओ नै मुख्य कारोबारका रूपमा रहेको छ । नेपालमा बिपिओको कारोबार कति हुन्छ भन्ने वास्तविक आँकडा त छैन । तर, हाम्रोजस्तो कम्पनीको कारोबारका आधारमा भन्ने हो भने बिपिओको हिस्सा ८० प्रतिशतभन्दा बढी छ । अझ फ्रिल्यान्सरका रूपमा काम गर्नेहरूको कारोबारको समेत कुरा गर्ने हो भने त नेपाली सफ्टवेयर व्यवसायमा बिपिओको आम्दानीको हिस्सा ९० प्रतिशतसम्म हुन सक्छ ।

सफ्टवेयरमा विश्वास जित्दै
विश्वसनीयता भन्ने कुरा कसैले पनि एकैचोटि प्राप्त गर्ने कुरा होइन । काम गर्दै गएपछि बढ्दै जाने कुरा हो । ठूलो लगानीमा बन्ने सफ्टवेयरमा विदेशी कम्पनी खोज्ने अवस्था अहिले पनि छ । हाम्रो सार्वजनिक खरिद ऐनअनुसार पनि निश्चित रकमभन्दा माथिको परियोजनाका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्ने हुन्छ । ऐनमा उल्लेख गरिएका सर्तहरूले स्थानीय कम्पनीभन्दा बाहिरको कम्पनी राम्रो हुन्छ भन्ने मान्यता राखेको छ । त्यो स्वाभाविक पनि हो । अनुभव र क्षमताले पनि विदेशी कम्पनी अगाडि हुन सक्छ । तर, यहाँका लागि सफ्टवेयर बनाउँदा स्थानीयतालाई पनि ख्याल गरी अझै राम्रो हुन सक्छ । पछिल्लो समयमा सरकारीस्तरमा पनि कुनै परियोजनाबाहिरको कम्पनीलाई दिनुभन्दा यहीँको कुनै कम्पनीलाई दिँदा राम्रो होला भन्ने भावनाको विकास हुँदै गएको पाइन्छ । यसले स्थानीय सफ्टवेयर कम्पनीको मनोबल बढाउन मद्दत गरेको छ ।

लोडसेडिङ नहुँदा राहत
लोडसेडिङ अन्त्य हुँदा सफ्टवेयर कम्पनीहरूलाई ठूलो राहत मिलेको छ । हाम्रोजस्तो कम्पनीमा जेनेरेटरको मात्रै मासिक ५०÷६० हजार रुपैयाँसम्मको बिल उठ्ने गथ्र्यो । अहिले त्यो समस्या छैन । लोडसेडिङ नहुँदा स्वतन्त्र रूपमा घरमै बसेर पनि बिपिओको काम गर्न सकिने अवस्था आएको छ । यसले हामीलाई त राहत मिलेको छ नै फ्रिलान्सरलाई पनि प्रोत्साहन मिलेको छ । विद्युत् आपूर्ति नियमित भएपछि इन्टरनेट सेवाको गुणस्तरमा समेत सुधार आएको छ । जसले गर्दा सफ्टवेयरको काम गर्न सहज भएको छ ।

मिलेर काम गर्ने वातावरण बन्दै
केही समयअघिसम्म यहाँका स्थानीय कम्पनी एक्लाएक्लै काम गर्थे । तर, अहिले त्यस्तो प्रवृत्तिमा केही सुधार आएको छ । एउटा कम्पनीले अर्को कम्पनीसँग मिलेर संयुक्त रूपमा काम गर्ने परिपाटी सुरु भएको छ । यसरी मिलेर काम गर्दा काममा अझ परिमार्जन गर्न तथा राम्रो बनाउन सहयोग पुगेको छ । एक्लै गर्दा योग्य ठहरिन नसक्ने काम पनि मिलेर गर्दा सफल भएका उदाहरण छन् । यस्तो सम्भावना पनि बढ्दो रहेछ ।

गुणस्तर कायममा जोड
आइटी कम्पनीहरूले गुणस्तर कायम गर्न सूचनाप्रविधि विभागले एउटा निर्देशिका नै तयार पार्नु परेको छ । कुनै पनि सफ्टवेर तयार भइसकेपछि कम्तीमा एक चरणको अडिट विभागबाट गराउनुपर्ने व्यवस्था छ । त्यसबाट देखिएका कमजोरी विभागले औँल्याइदिन्छ । त्यो कमजोरीमा सुधार गरेर स्तरीय सफ्टवेयर बनाउन मद्दत पुगिरहेको छ । त्यस्तै राष्ट्रिय सूचनाप्रविधि केन्द्रको इन्टरअपरेटेबिलिटीसम्बन्धी फ्रेमवर्कलगायतका व्यवस्थाले पनि सफ्टवेयरको गुणस्तर कायम गर्न सहयोग पुगिरहेको छ ।

क्यानबाटै तालिमको व्यवस्था
क्यानले सफ्टवेयरसम्बन्धी उद्यमशीलता सुरु गर्न चाहनेहरूका लागि तालिम सञ्चालन गर्ने कार्यक्रमको तयारी गरिरहेको छ । क्याम्पसबाट निस्केका विद्यार्थीलाई प्रोग्रामिङ लेभलको तालिम दिने, उनीहरूको प्रोजेक्टमा सहयोग गर्ने कुरा पनि हुन्छ । अबको केही दिनमा औपचारिक कार्यक्रम गरेरै त्यसको सुरुवात गर्ने योजना छ ।

क्षमता हेरेर भेरिफिकेसन
नेपालभर रहेका सफ्टवेयर उद्योगका मान्छेले रजिस्टर गर्ने गरी एउटा वेबसाइट बनाउन सकिन्छ । व्यक्तिका रूपमा र कम्पनीका रूपमा कसले के गर्न सक्छ, उसको क्षमता, योग्यतालगायतको विस्तृत सूचना राखेर आफूलाई चिनाउन सक्ने हुन्छ । आवश्यक सबै कागजात हेरेर प्रमाणित गर्न सकिन्छ । यसरी भेरिफिकेसन गर्ने कार्य क्यानजस्तो संस्थाबाट गर्न सकिन्छ । यसो हुन सकेमा आउट सोर्सको काम गराउने र गर्नेबीचको सम्पर्क सहज बनाउन सकिन्छ । विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूमा क्यान आफैँ सदस्यका रूपमा रहेको छ । त्यसले पनि सहयोग पुग्न सक्छ । यो कार्य वर्तमान कार्यसमितिले नसके अर्कोले पनि गर्नैपर्ने छ ।

खुलेर काम गर्ने वातावरण आवश्यक
कानुनी रूपमा दर्ता भएका कम्पनीको कारोबारको विषय एउटा छ भने भित्रभित्रै काम गर्नेहरूको त गणना नै छैन । त्यस्ताले स्थानीय बजारका लागि भन्दा पनि मूलरूपमा बाहिरकै लागि काम गर्ने हो । यसरी हुने आउट सोर्सिङको कामबापत व्यक्तिगत खातामा पैसा प्राप्त गरिरहेका हुन्छन् । त्यसको हिसाब हामी कसैलाई थाहा हुने कुरा भएन । दुई–तीन वर्ष कुनै सफ्टवेयर कम्पनीमा काम गर्ने र त्यसपछि व्यक्तिगत रूपमा नै काम गर्ने गरेको अवस्था छ । हाम्रोजस्तो कम्पनीमा मासिक १ लाख रुपैयाँ तलबमा काम गर्ने त्यस्ता व्यक्तिले स्वतन्त्र रूपमा काम गर्दा अवश्य पनि बढी पाउने भएरै जाने हो । कति त कुनै कम्पनीमा काम गर्दागर्दै आउट सोर्सिङको काम गर्नेहरू पनि हुन्छन् । यसरी हेर्दा नेपालमा त्यसको बजार एकदमै ठूलो छ ।

जनशक्ति पलायनको समस्या
विगतको लोडसेडिङ, नाकाबन्दी, भूकम्पजस्ता नकारात्मक कारणले गर्दा यहाँको सफ्टवेयर कम्पनीमा काम गर्ने जनशक्तिलाई बिदेसिने अवस्था सिर्जना भयो । त्यो क्रम अझै पनि रोकिएको छैन । यहाँका कम्पनीमा काम गर्न आउनेहरू प्रायः एक–दुई वर्षका लागि अनुभव लिन आउने र उच्च शिक्षाका नाममा बिदेसिने प्रवृत्ति एकदमै छ । विगत एक दशकको मेरो आफ्नै अनुभवले के भन्न सक्छु भने हाम्रोजस्तो सफ्टवेयर कम्पनीमा २ वर्ष काम गर्ने व्यक्ति दक्ष जनशक्तिका रूपमा तयार भइ सक्छ । तर, त्यसपछि जुन रूपमा उसको दक्षता नेपालमै काम आउन सक्ने हुन्छ, त्यतिखेर त्यस्ता व्यक्तिहरू विदेश जाने अवस्था छ । जबर्जस्ती रोक्छु भनेर सम्भव हुने कुरा होइन । बिदेसिनुपर्ने बाध्यता भने छैन । मानसिकता नै त्यस्तो बनेपछि रोक्नसमेत अत्यन्त चुनौतीपूर्ण बनेको छ । दुई–तीन वर्ष काम गरेको व्यक्तिले १ लाख रुपैयाँभन्दा माथि कमाउन कुनै गाह्रो छैन । कसै–कसैले त १० लाख रुपैयाँसम्म खाइरहेको अवस्थासमेत छ । बाहिर सुविधाका हिसाबले राम्रो त होला तर खर्चको पनि कुरा आउँछ । जसले यहाँ राम्रो अवसर देख्दैन, त्यस्तो व्यक्ति बाहिरिने हो । आयात निर्यातमा कतिपय ठाउँमा सरकारले सहुलियतको व्यवस्थासमेत गरेको छ । सफ्टवेयर बनाएर निर्यात गर्दा ब्याज लाग्दैन । त्यसमा कुनै पनि समस्या छैन ।

राज्यको प्रोत्साहन चाहिन्छ
भारतमा पछिल्लोपटक त्यहाँको सरकारले सफ्टवेयरमा काम गर्ने उद्यमीहरूलाई कर छुटको व्यवस्था गरेको छ । यहाँ पनि सरकारीस्तरबाट त्यस्तो प्रयास हुन सके लुकेर काम गर्नेहरूलाई खुलेर काम गर्न प्रोत्साहन मिल्ने देखिन्छ । त्यसमा क्यानका तर्फबाट केही पहल सुरु भएको छ । तर, त्यसले ठोस परिणाम ल्याइसकेको भने छैन ।

नयाँ उद्यमीलाई सुझाब
आफूमा सीप र दक्षता छ भने सर्वप्रथम त ग्राहकलाई विश्वासमा लिन सक्नुपर्ने हुन्छ । कसैको प्रोजेक्ट गर्न सकिएन भने पनि सुरुमा आफूले प्रोग्राम बनाएर कुनै वेबसाइटमा राख्न सकिन्छ । सुरुमा स्वयं सेवाका रूपमा भए पनि काम गर्नुपर्ने हुन्छ । आफ्नो काम देखाउन पाइयो भने उदाहरणको कुरा पनि भयो । सुरुमा काम गर्न सक्छ भन्ने विश्वास दिलाउन सक्नुपर्यो । फ्रिल्यान्सरडटकम, ओडेस डटकमलगायतका धेरै वेबसाइट छन्, जहाँ आफ्नो कामको प्रस्तुतीकरण गर्न सकिन्छ । हुन त नेपालमै पनि त्यस्तो कामका लागि आउटसोर्सडटकम नामको वेबसाइट बनाएर एउटा प्रयास थालिएको थियो । तर, बाहिरको मान्छेले यहाँको वेबसाइटमा आएर काम गराउन खोज्ने अवस्था थिएन । त्यसैले अन्तर्राष्ट्रियस्तरको प्लेटफर्म रोज्नुपर्ने नै हुन्छ ।