चिनियाँ उपप्रधानमन्त्रीसँग निजी क्षेत्रको भेट : ठूला पूर्वाधारमा लगानी गर्न आग्रह - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   भदौ ०१, २०७४

नेपालको निजी क्षेत्रले मित्रराष्ट्र चीनका उपप्रधानमन्त्री वाङ याङसँग नेपालमा चिनियाँ लगानी बढाउन आग्रह गरेको छ । नेपाल भ्रमणमा रहेका उपप्रधानमन्त्री याङसँग बुधबार भएको भेटवार्तामा निजी क्षेत्रका प्रतिनिधिले यस्तो आग्रह गरेका हुन् ।

उपप्रधानमन्त्री याङको नेतृत्वमा नेपाल भ्रमणमा रहेको चीनको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग भएको औपचारिक भेटवार्तामा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले नेपालको पूर्वाधार क्षेत्रमा चिनियाँ लगानी बढाउन आग्रह गरेका हुन् ।

उक्त अवसरमा महासंघका अध्यक्ष भवानी राणाले समृद्धिको मार्गतर्फ अगाडि बढिरहेको नेपालका लागि चिनियाँ सरकार तथा त्यहाँको निजी क्षेत्रको सहयोगको खाँचो रहेको बताइन् । ‘हाम्रो क्षमता अभिवृद्धि गर्न होस् वा उत्पादन क्षमता बढाउन, लगानी प्रवद्र्धन होस् वा नेपालभित्र पर्याप्त आर्थिक अवसरको सिर्जना गर्न, नेपाली निजी क्षेत्रले चिनियाँ सहयोग चाहिरहेको छ,’ उनले भनिन्, ‘उपप्रधानमन्त्री याङको भ्रमणले यसमा महत्वपूर्ण योगदान मिल्ने अपेक्षा गरेका छौँ ।’

लगानी बढाउन आग्रह
नेपालमा चिनियाँ लगानी उल्लेख्य रूपमा बढिरहेको बताउँदै अध्यक्ष राणाले यसलाई अझ बढाउनुपर्नेमा जोड दिइन् । ‘विगतदेखि नै नेपालको जलविद्युत्, सिमेन्ट उत्पादनलगायत क्षेत्रमा ठूलो मात्रामा चिनियाँ लगानी आइरहेको छ,’ उनले भनिन्, ‘नेपालको महत्वपूर्ण छिमेकी हुनुका नाताले, नेपालको सम्पूर्ण विकास प्रयासमा चिनियाँ लगानी, पछिल्लोपटक चीनले विकासमा प्राप्त गरेको अनुभव एवं प्रविधि नेपाली निजी क्षेत्रले अपेक्षा गरेको छ ।’

ठूला पूर्वाधारमा लगानीको अपेक्षा : शर्मा
चीनसँग नेपालले धेरै अपेक्षा गरेको भन्दै परिसंघ अध्यक्ष हरिभक्त शर्माले नेपालको ठूला पूर्वाधारमा लगानी बढाउन उपप्रधानमन्त्री याङसँग आग्रह गरेका छन् । अध्यक्ष शर्माले ल्हासा–काठमाडौं रेलवे, रसुवागढी–काठमाडौं हाईवे, स्याफ्रुबेसी–त्रिशूली सडकको स्तरोन्नतिलगायत पूर्वाधार विकास तथा विस्तारमा सहयोग गर्न उपप्रधानमन्त्रीसँग आग्रह गरे । त्यस्तै, तातोपानी नाकासमेत तत्काल खोल्नुपर्नेमा उनले जोड दिए ।

ओबिओआरबाट अपेक्षा : श्रेष्ठ
चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले चीनले अघि सारेको वान बेल्ट वान रोड (ओबिओआर)बाट नेपालले लाभ लिन सक्ने बताए । उनले चीनबाट नेपालले लगानी, पर्यटन र व्यापारका क्षेत्रमा लाभ लिन सक्ने भन्दै त्यसका लागि सहयोगी भूमिका निर्वाह गरिदिन आग्रह गरे । उनले चीनसँगको व्यापार घाटालाई न्यूनीकरणका लागि समेत जोड दिए ।

भेटवार्ता महत्वपूर्ण : उपप्रधानमन्त्री याङ
अवसरमा चिनियाँ उपप्रधानमन्त्रीले नेपाली निजी क्षेत्रसँगको भेटवार्ता आफ्ना लागि अत्यन्त महत्वपूर्ण भएको बताए । उनले चीन–नेपालबीचको आर्थिक सहकार्य एवं आर्थिक सम्बन्ध निरन्तर रूपमा अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे । भेटवार्तामा महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्वअध्यक्षहरू प्रदीपकुमार श्रेष्ठ र रविभक्त श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू उमेशलाल श्रेष्ठ र चन्द्रप्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलगायतको पनि सहभागिता थियो ।