बाढी प्रभावित क्षेत्रमा सर्पदंश र सुर्खेतमा ज्वरोको प्रकोप - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

अर्जुन अधिकारी, काठमाडौं   |   साउन ३१, २०७४

स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा प्रकोप न्यूनीकरणका लागि औषधि मौज्दात पर्याप्त रहेको र स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेको जनाएको छ । मन्त्रालयले उत्पन्न प्रकोप न्यूनीकरणका लागि देशका चार भागमा विपत् व्यवस्थापन कमिटी ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन गरिसकेको छ । सिरहा र सप्तरी (कोसी आसपास) हेर्ने गरी लहानमा केन्द्रित भएर एक टोली थप परिचालन गरिएको छ । मन्त्रालयले स्वास्थ्य क्षेत्रमा कुनै समस्या आउन नदिन उच्च सतर्कतासहित स्वास्थ्यकर्मीको टोली सम्बन्धित क्षेत्रमा परिचालन गरेको चिकित्सा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठले बताए । ‘देशैभरि आवश्यकअनुसार औषधि रहेको र सबै स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेको खबर जिल्लाबाट प्राप्त भएको छ,’ उनले भने ।

उनका अनुसार सर्पदंशको त्रास बाढी प्रभावित सबै जिल्लामा देखिएको छ । सर्प बस्ने दूलोमा पानी पसेका कारण सर्पले ओभानो ठाउँ खोज्दै हिँड्ने क्रममा घरटहरामा पुग्ने भएकाले मानिसलाई टोक्ने सम्भावना बढी देखिएको छ । डा.श्रेष्ठले सबै जिल्लामा आवश्यकताअनुसार सर्पदंशको औषधि भएको र सकिएको अवस्थामा तत्काल पुर्‍याउने बताए ।

बिरामी हुन नदिने उपायमा मन्त्रालय
स्वास्थ्यकर्मीको टोली बाढी प्रभावित क्षेत्रमा पुगिसकेको स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठले बताए । उनका अनुसार बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी, खानेकुरा, एकसरो कपडाको उचित व्यवस्था गर्ने तयारी भइरहेको छ । ‘बाढी प्रभावित क्षेत्रका मानिस भीडमा बसेका छन् । यसले रुघाखोकी, ज्वरो, झाडापखाला, आउँ, हैजा उत्पन्न हुन सक्ने सम्भावना धेरै रहन्छ । त्यसैले ठूलो भीडलाई फरक–फरक स्थानमा राख्नुपर्छ,’ उनले भने । अहिलेको ठूलो समस्या भनेको लामखुट्टेको नियन्त्रण र सर्पदंशबाट बचाउनु रहेको श्रेष्ठले बताए ।

यस्तो छ स्वास्थ्यको अवस्था
डा. भीम आचार्य, इपिडिमियोलोजी
तथा रोग नियन्त्रण महाशाखा
बाँकेको राप्तीसुनारी र खजारी गाउँपालिकामा बढी नागरिक प्रभावित भएकाले स्वास्थ्यकर्मीको टोलीले आवश्यकताअनुसार औषधि र पोषण वितरण गरेका छन् । सप्तरीका सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पनि उच्च सतर्कताका साथ २४सै घन्टा तयारी अवस्थामा बसेको छ ।

महोत्तरीको भंगहा गाउँपालिकाको मुसहर बस्तीमा झाडापखालाले एक व्यक्ति सिकिस्त भएको जानकारी पाएपछि जिल्ला जनस्वास्थ्य कार्यालयबाट गएको ‘र्‍यापिड रेस्पोन्स टिम’ले आवश्यक उपचार गरेर सुरक्षित स्थानमा सारेको छ । बर्दियामा सामान्य पानी घटेको छ । सो क्षेत्रमा बिरामीलाई आवश्यक औषधि उपलब्ध गराइएको छ । झापाको १२ सय बढी घरपरिवार विस्थापित भएका छन् । उनीहरूलाई स्थानीय विद्यालयमा राखिएको छ । सर्लाहीको ७५ प्रतिशत भूभाग डुबानमा छ । चारवटा स्वास्थ्य संस्था डुबेका छन् ।