बिमस्टेकबाट यसरी फाइदा लिऔँ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   साउन ३१, २०७४

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) स्थापना भएको दुई दशक भइसकेको छ । नेपाललगायत भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्यान्ड र म्यानमार सदस्य राष्ट्र रहेर सन् १९९७ मा स्थापित बिमस्टेकले स्थापनाको दुई दशक पार गरिसक्दा पनि यसको प्रभावकारिता भने अपेक्षाकृत हुन सकेको छैन । खासगरी, सदस्य राष्ट्रका नागरिकको जीवनस्तर उकास्न, यस क्षेत्रको आर्थिक–व्यापारिक नेटवर्कलाई विस्तार गर्न र आपसी सम्बन्धलाई सुमधुर बनाउन बिमस्टेकले काम गरिरहेको छ । बिमस्टेकको १५औँ मन्त्रीस्तरीय बैठक हालै काठमाडौंमा सम्पन्न भएको छ । उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बिमस्टेकको प्रभावकारिता, यसको महत्व र अवसरका बारेमा गरेको सम्बोधनको सम्पादित अंश:

बिमस्टेक र नेपाल
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)ले स्थापनाको दुई दशक पार गरिसकेको छ । नेपाललगायत भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्यान्ड र म्यानमार सदस्य राष्ट्र मिलेर सन् १९९७ मा स्थापना गरेको बिमस्टेक यस क्षेत्रका जनताको अपेक्षाअनुसार अगाडि बढ्न सकेको छैन । यस अर्थमा काठमाडौं बैठक बिमस्टेकलाई बिनाकुनै विलम्ब सशक्त ढंगबाट अगाडि बढाउन महत्वपूर्ण भएको विश्वास गर्न सकिन्छ । बिमस्टेकका सदस्य राष्ट्रहरूका विदेश मन्त्रीहरूसहित उच्च सरकारी अधिकारीहरूको सहभागिता रहेको बैठकले बिमस्टेकलाई नयाँ उचाइमा पुर्‍याउन पूर्णरूपमा सफल भएको अपेक्षा लिएका छौँ । बिमस्टेकले खासगरी नेपालजस्ता विकासशील मुलुकको विकास र समृद्धिमा विशेष जोड दिनुपर्छ । यसका लागि लगानी तथा व्यापार सहजीकरण मुख्य आधार हुन् ।

बिमस्टेक किन प्रभावकारी भएन ?
सन् १९९७ मा गठित बिमस्टेक यस क्षेत्रका जनताको अपेक्षाअनुसार अगाडि बढ्न सकेको छैन । खासगरी भएको समझदारी तथा सम्झौताको प्रभावकारी कार्यान्वयन नहुँदा बिमस्टेक प्रभावकारी हुन नसकेको हो । यसले अपेक्षाकृत सफलता हासिल गर्न नसक्नुको मुख्य कारण भनेकै राजनीतिक प्रतिबद्धता आउन नसक्नु पनि हो । स्वतन्त्र व्यापार, क्षेत्रीय एकीकृत व्यापारलगायतमा राजनीतिक प्रतिबद्धता छैन । त्यसो त आर्थिक मुद्दामा समेत बिमस्टेक केन्द्रित हुन सकेको छैन । आसियान र इयुले प्राप्त गरेको आर्थिक सफलताबाट पाठ सिक्दै हामीले पनि बिमस्टेकमा आर्थिक मुद्दालाई मुख्य रूपमा जोड दिई जानुपर्ने देखिन्छ । यस क्षेत्रको सशक्त मञ्चको रूपमा अगाडि बढाउँदै यस क्षेत्रका जनताको समृद्धिमा लाग्न सदस्य राष्ट्रहरू तयार हुनुपर्छ ।

अन्तरक्षेत्रीय व्यापारलाई प्राथमिकता
अन्तरक्षेत्रीय व्यापारको करिब ७ प्रतिशत मात्र हिस्सा रहेको बिमस्टेकमा एक–दुई राष्ट्रबीच मात्र क्षेत्रीय व्यापार सञ्जाल जोडिएको छ । सदस्य राष्ट्रहरूबीच न्यून सम्पर्र्क, कर तथा गैर कर अवरोधहरू र व्यापार सहजीकरणका कमजोर मापनहरू नै यस क्षेत्रका मुख्य कमजोरी हुन् । सन् २००४ मा बिमस्टेक सदस्य राष्ट्रहरूबीच स्वतन्त्र व्यापार सम्झौता भए पनि यसले व्यापार उदारीकरणमा मूर्तरूप पाउन सकेको छैन । त्यसैले सदस्य राष्ट्रले एकीकृत क्षेत्रीय व्यापारका लागि जतिसक्दो छिटो प्रयास गर्नुपर्छ । यसका लागि राजनीतिक प्रतिबद्धता पनि चाहिन्छ । बिमस्टेकको सदस्य राष्ट्रहरूबीच एकीकृत क्षेत्रीय व्यापारलाई प्राथमिकता दिनुपर्छ ।

स्वतन्त्र व्यापारमा जोड
सन् २००४ मा बिमस्टेक सदस्य राष्ट्रहरूबीच स्वतन्त्र व्यापार सम्झौता भएको थियो । उक्त सम्झौताले व्यापार उदारीकरणमा मूर्तरूप पाउन सकेको छैन । अन्तरक्षेत्रीय व्यापारको करिब ७ प्रतिशत मात्र हिस्सा रहेको बिमस्टेकमा एक–दुई राष्ट्रबीच मात्र क्षेत्रीय व्यापार सञ्जाल जोडिएको छ । सदस्य राष्ट्रहरूबीच न्यून सम्पर्र्क, कर तथा गैर कर अवरोधहरू र व्यापार सहजीकरणका कमजोर मापनहरू नै यस क्षेत्रका मुख्य कमजोरीहरू हुन्, जसलाई हामीले सच्याउनुपर्नेछ । स्वतन्त्र व्यापार सम्झौता मात्रले आर्थिक सहयोग र आर्थिक एकीकरणको प्रत्याभूति दिन सक्दैन । यस्ता मञ्चहरूलाई सफल पार्न नेपालजस्ता अल्प विकसित राष्ट्रहरूको चासोलाई विशेष प्राथमिकता दिनै पर्छ । नेपालजस्ता अल्प विकसित राष्ट्रहरूको उत्पादन क्षमता विकास, लगानी प्रवद्र्धन तथा आर्थिक अवसरहरू सृजना गर्न विशेष सहयोग गर्नुपर्ने देखिन्छ । त्यसका लागि अन्तरक्षेत्रीय लगानी तथा प्रविधि हस्तान्तरणसहितको क्षेत्रीय व्यापार अभिवृद्धिमा हाम्रो महत्वपूर्ण जोड हुनुपर्छ । यस क्षेत्रमा स्वतन्त्र व्यापारका लागि सबै राष्ट्रका सरकारले राजनीतिक प्रतिबद्धता गर्नुपर्ने देखिन्छ ।

बिमस्टेक उवासंघ गठन
बिमस्टेक सदस्य राष्ट्र र तीनका निजी क्षेत्रबीचको समन्वय तथा साझेदारी बढाउन बिमस्टेक उद्योग वाणिज्य संघ गठन गर्नुपर्ने देखिन्छ । यस क्षेत्रमा रहेको प्रचुर आर्थिक विकासको सम्भावनालाई यथार्थमा रूपान्तरण गरी क्षेत्रीय आर्थिक विकासलाई तीव्र रूपमा अगाडि लैजान यस क्षेत्रका निजी क्षेत्रहरूबीचको सहकार्य पनि आवश्यक छ । व्यावसायिक सम्बन्ध एवं सञ्जाल विस्तारबाट मात्रै क्षेत्रीय समृद्धि सम्भव भएकाले बिमस्टेक उद्योग वाणिज्य संघ गठन गर्न आवश्यक छ । सोही संघबाट यस क्षेत्रको व्यापार तथा लगानी अभिवृद्धि गरी अगाडि बढ्नुपर्छ ।

बिमस्टेकभित्रको सम्भावना
बिमस्टेक सदस्य राष्ट्रहरूबीच सहयोग तथा लगानीका धेरै सम्भावना छन् । बिमस्टेक आफैँ प्राकृतिक स्रोतमा निकै सम्पन्न क्षेत्र हो । जस्तो कि भुटान र नेपाल जलऊर्जामा निकै धनी छन् भने म्यानमार र बंगलादेश प्राकृतिक ग्यासमा सम्पन्न छन् । यस क्षेत्रका निजी क्षेत्रहरू बीचको संयुक्त लगानीमा यी सम्भावनाहरूलाई उपयोग गर्न आवश्यक छ । क्षेत्रीय ऊर्जा प्रसारण लाइनको विकास एवं प्राकृतिक ग्यास पाइप लाइन विस्तारमार्फत यस क्षेत्रको ऊर्जा क्षमता विकास तथा ऊर्जा सुरक्षा प्रत्याभूतिका लागि यस क्षेत्रका सरकारले अग्रसरता देखाउनैपर्छ । यस क्षेत्रमा सहयोगको अर्को ठूलो सम्भावना बोकेको क्षेत्र पर्यटन हो । कला, संस्कृति एवं प्राकृतिक सम्पदाले सम्पन्न यो क्षेत्रको पर्यटन विकासको सम्भावनालाई उपयोग गर्न पर्यटनसम्बन्धी दीर्घकालीन योजना तथा रणनीति विकासमा जोड दिनुपर्छ । पर्यटन विकासको महत्वपूर्ण कडी हुन सक्ने यस क्षेत्रलाई बौद्ध सर्किटको रूपमा विकास गर्नुपर्छ । यस क्षेत्रको आर्थिक विकासका लागि रेल, सडक, समुन्द्र, वायु र डिजिटलमार्फत आपसी सम्पर्क विस्तारमा विशेष जोड दिनुपर्छ र त्यसका लागि समन्वय र समझदारी खाँचो छ ।

आर्थिक विकासलाई जोड
जबसम्म बिमस्टेकले यस क्षेत्रको विकास तथा समृद्धिलाई प्राथमिकतामा राख्दैन तबसम्म यसले अपेक्षाकृत प्रभावकारिता हासिल गर्न सक्दैन । बिमस्टेकका सदस्य राष्ट्रका जनताको जीवनस्तर उकास्ने गरी यसले आर्थिक विकासलाई विशेष जोड दिनुपर्छ । २.५ ट्रिलियन अमेरिकी डलर कुल गार्हस्थ उत्पादन भएको बिमस्टेकमा १.५ बिलियन मानिस बसोवास गर्दछन् । यस क्षेत्रमा रहेको प्रचुर आर्थिक विकासको सम्भावनालाई यथार्थमा रूपान्तरण गरी क्षेत्रीय आर्थिक विकासलाई तीव्र रूपमा अगाडि लैजान यस क्षेत्रका निजी क्षेत्रहरू बीचको सहकार्य पनि आवश्यक छ । आसियान र इयुले प्राप्त गरेको आर्थिक सफलताबाट पाठ सिक्दै बिमस्टेकमा पनि आर्थिक मुद्दालाई मुख्य रूपमा जोड दिई अघि बढाउन आवश्यक छ ।

अल्प विकसितलाई प्राथमिकता
बिमस्टेकजस्ता मञ्चको स्थापना नै सँगसँगै अघि बढ्ने र विकास गर्ने भन्ने हो । तर, यहाँ कुनै मुलुक अघि र कुनै मुलुक पछि परिरहेका छन् । यसर्थ, बिमस्टेकजस्ता मञ्चले खासगरी अविकसित तथा अल्पविकसित मुलुकलाई विशेष प्राथमिकतामा राख्नुपर्छ । स्वतन्त्र व्यापार सम्झौता मात्रले आर्थिक सहयोग र आर्थिक एकीकरणको प्रत्याभूति दिन सक्दैन । यस्ता मञ्चहरूलाई सफल पार्न नेपालजस्ता अल्प विकसित राष्ट्रहरूको चासोलाई विशेष प्राथमिकता दिनैपर्छ । नेपालजस्ता अल्पविकसित राष्ट्रहरूको उत्पादन क्षमता विकास, लगानी प्रवद्र्धन तथा आर्थिक अवसरहरू सिर्जना गर्न विशेष सहयोगका लागि बिमस्टेक र सदस्य राष्ट्रले ध्यान दिनुपर्छ ।