राजनीतिक अस्थिरताका बाबजुद विश्व अर्थतन्त्रमा आएको सुधार - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

माइकल स्पेन्स, काठमाडौं   |   साउन ३१, २०७४

विश्व अर्थ –

गर्मीयाममा मानवीय क्रियाकलापका सक्रियतामा कमी आएजस्तै मानवीय क्रियाकलापसँग जोडिएका अन्य कतिपय आभारभूत विषयमा कमी आउन सक्छ । तर, राजनीतिक अस्थिरता र त्यसको तुलनामा अर्थतन्त्र तथा वित्तीय बजारमा देखिएको सकारात्मक अवस्थाबीच सम्बन्ध स्थापित नहुनु वा राजनीतिक अस्थिरताका बाबजुद विश्व अर्थतन्त्रमा सुधार आउनुले चाहिँ केही समयदेखि मलाई सशंकित बनाउँदै आएको छ ।

माइकल स्पेन्स

अहिले विश्वमा प्रमुख अर्थतन्त्रमा कहिलेकाहीँ मन्दी आए पनि दीर्घकालीन अवस्था विचार गर्दा सुधार हुँदै आएको देखिन्छ । यसो भन्नुको अर्थ विश्व अर्थतन्त्र वृद्धि हुने पूर्ण सम्भावनामा पुग्यो भन्ने होइन, अहिलेको विश्व अर्थतन्त्र पूर्ण सुधार आउँदा हुने सम्भावित स्तरभन्दा निकै टाढै (तलै) छ । न्यून उत्पादकत्वमा, नियामक निकायको नियमन, कमजोर ब्यालेन्स सिट, अपेक्षित लगानी न्यून हुनु, दीर्घकालीन नन डेब्ट लाइब्लिटिज चुक्ता गर्नेजस्ता अर्थतन्त्रका विभिन्न सूचक केलाउँदा सम्भावित स्तरभन्दा निकै थोरै मात्र विकास भएको देखिन्छ । अझै पनि वित्तीय बजारले सुधार (कन्भल्जन)को लक्षण देखाएको छैन । यसका साथैे आर्थिक गतिविधि प्रोत्साहन गर्ने कुराबाट पनि मौद्रिक नीति विस्तारै पछि हट्दै आएको देखिन्छ ।

पछिल्लो समय विश्व अर्थतन्त्रमा केही सुधार आए पनि राजनीतिक अवस्था भने झन् खराब बन्दै गएको देखिन्छ । राजनीतिक ध्रुवीकरण चुलिएका कारण विश्वव्यापी रूपमा राजनीतिक असहिष्णुता अझ बढ्दै गएको र ती राष्ट्रहरूबीच राजनीतिक असन्तुलन बढेको छ । उदाहरणका लागि संयुक्त राज्य अमेरिकाका नागरिक राजनीतिक रूपमा विमति (उत्तर कोरियाजस्ता राष्ट्र) राख्ने देशका नागरिकलाई घृणा मात्र गर्दैनन्, उनीहरूलाई मनै नपराउनुका साथै कुनै पनि सम्मान प्रकट नगर्ने कुरा पनि अमेरिकी अनुसन्धान कम्पनी प्यु रिसर्च सेन्टरले प्रकाशित गरेको प्रतिवेदनले उल्लेख गरेको छ ।

अमेरिकी राजनीतिक शक्तिहरू लामो समयदेखि दक्षिणपन्थी र वामपन्थी धारमा विभाजित हुँदै आएका छन् । अमेरिकी संसद्का दुवै सदन (कंग्रेस र सिनेट) र प्रमुख प्रशासनिक कार्यालय (अमेरिकी राष्ट्रपतिको कार्यालय रहेको) ह्वाइटहाउसमा समेत कब्जा जमाएको रिपब्लिकन पार्टी आफूभित्रैमा अहिले ठीक यस्तै नियतिले प्रवेश पाएको छ । जहाँसम्म अमेरिकी राष्ट्रपति तथा उनको प्रशासनले त रिपब्लिकन पार्टीभित्रको विभाजनलाई झन् आगोमा घिउ थप्ने काम गरेको छ । ट्रम्प तथा ट्रम्प प्रशासनले आर्थिक अवस्था सुधार गर्ने कुनै पनि नीति ल्याउन सकेका छैनन् । यसले गर्दा लगानी वृद्धि हुन नसकेको, आर्थिक वृद्धि नभएको र रोजगारीका अवसर सिर्जना नभएको हुन सक्छ । हुनत ट्रम्प प्रशासनलाई कुन काम पहिले गर्ने भनेर प्राथमिकता निर्धारण गर्न पनि गाह्रै छ । अतः उनलाई समतामूलक (सबैको पहुँच पुग्ने गरिएको) र दिगो (दीर्घकालीन) आर्थिक वृद्धि हासिल गर्नेजस्ता विषयमा ध्यानकेन्द्रित गर्न पनि गाहै्र भएको देखिन्छ।

गत वर्षको जुन महिनामा बेलायतमा भएको जनमतले युरोपेली संघबाट बाहिरिने निर्णय गरेपछि धेरै मानिस आश्चर्यमा परेका थिए । यसका साथै बेलायती प्रधानमन्त्री थेरेसा मेले पनि ‘हार्ड बे्रक्जिट’ कार्यान्वयन गराउने पक्षमा पूर्ण प्रतिबद्धता व्यक्त गरेपछि त युरोपेली संघको चासो झन् गहिरिएको थियो । गत जुन महिनामा बेलायतमा भएको आम निर्वाचनमा बेलायती मतदाताले मेको पक्षमा बहुमत नदिएकाले युरोपेली संघबाट बाहिरिने बेलायतको निर्णय कार्यान्वयन हुने र इयुमुक्त बेलायतको भाग्य तथा भविष्यसमेत थप अनिश्चित बन्दै गएको देखिन्छ ।

उदीयमान अर्थतन्त्र भएका धेरै राष्ट्रका नेताका साथै युरोपेली संघकै नेताहरू बेलायत र अमेरिका अत्यन्तै विश्वास गर्न नसकिने तथा अनुमान गर्न नसकिने सहयात्री र व्यापार साझेदार हुन् भन्ने निष्कर्षमा पुगेका छन् । चीनको नेतृत्वमा रहेकोे एसियाली अर्थतन्त्र आफ्नै बाटोमा अघि बढिरहेको छ । आर्थिक तथा सुरक्षाका मुद्दामा अन्तर्राष्ट्रिय साझेदारी सजिलो विषय होइन । र, यो कुरा पनि जञ्जालमा पर्दै आएको देखिन्छ ।

अर्थतन्त्रलाई प्रभावित पार्न सक्ने गरी
(गति दिन सक्ने गरी) नीति निर्माण गर्ने विषयमा नियामक निकायहरूले राजनीतिक दलका नेता र विधायकहरूको क्षमता सीमित गरिदिएका देखिन्छन् । तर, नियामक निकायले अर्थतन्त्रमा सकारात्मक असर पार्ने नीति कार्यान्वयन गर्न बाधा–अड्चन मात्र खडा गर्ने नभएर आर्थिक तथा लगानीका जोखिम न्यूनीकरण गर्न पनि उत्तिकै सहयोग गर्न सक्छन् ।

विशेष गरी अन्तर्राष्ट्रिय साझेदारीको कुरा गर्दा, अघिल्ला दशकमा स्थापित भएका विश्वव्यापी मूल्य–मान्यतालाई राजनीतिक दलका नेताले सजिलैसँग तुरुन्तै नाटकीय चमत्कार गरी परिस्थिति उल्ट्याउन (नकारात्मक अवस्थालाई सकारात्मक बनाउन) सक्दैनन् । यदि यस्तो प्रयास गरियो भने पनि राजनीतिक विश्वसनीयता कमजोर पार्दै अर्थतन्त्रमा ठूलो क्षति पुर्‍याउन सक्छ । तर, राजनीतिक दलका त्यस्ता प्रयास लोकप्रियतावादी र अतिराष्ट्रवादी दबाब मात्र हुने कुरामा कुनै शंका हुनेछैन ।

अझ चिन्ताजनक कुरा त के छ भने अपेक्षाकृतभन्दा पनि तीव्र गतिमा वित्तीय जोखिम बढिरहेको छ । यदि यस्तो सम्भावना हुने सम्भावना छैन भन्ने हो भने सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीको अवस्थालाई सोचौँ । त्यसबेला विश्वका धेरै भूभागमा कमजोर नियमन र सूचना प्रवाहमा समानता नहुँदा तीव्र गतिमा वित्तीय जोखिम असन्तुलन वृद्धि भएको थियो । यो कुरा अझैसम्म पनि लुकिरहेकै छ ।

अहिलेको भूराजनीतिक तनाव बढेको, विश्वसनीयताको अभाव भएको र नियामक निकायप्रतिको सम्मानमा कमी आएकाले झन् भयानक अवस्था सिर्जना नहोला भन्न सकिन्न । अथवा, यस्तो अवस्था नभएर लगानीको वातावरण झन् खतरापूर्ण दिशातर्फ जान पनि सक्छ । तर, हामीले समान गर्ने सम्भावित जोखिम बेवास्ता गर्नुभन्दा रोक्ने वातावरण तयार गर्न धेरै गाह्रो देखिन्छ ।

तर, नकारात्मक मात्र नभएर आशापूर्ण व्याख्या गर्ने प्रयास गरिँदै आएको छ र सोही कुरा म पनि उल्लेख गर्दै छु । अवसर र नतिजामा भएको असमानताले असन्तुष्टि बढाउँदै लगेकाले राजनीतिक धु्रवीकरण चुलिएको वास्तविक नै हो । र, यदि २ वर्षसम्म पनि त्यस्ता असन्तुष्टि व्यवस्थापन गर्न बेवास्ता गरियो भने त्यस्ता असन्तुष्टिले सबैको ध्यान नखिच्लान् भन्न सकिन्न ।

यसैगरी, सामाजिक सन्तुलनमा चाँडै नतिजा नदेखिने भएकाले यो विषयमा अझ बढी चासो दिनुपर्ने देखिन्छ । तर, सामाजिक सन्तुलन कायम भएमा सामाजिक विभेद न्यूनीकरण गर्न सहयोग पुग्न सक्छ र नागरिकको चासो समान मूल्य–मान्यतामा फर्कन सक्छ । यदि सबै जनताका मूल्य–मान्यतामा समानता भयो भने सुधार गर्ने नीति कार्यान्वयन गर्ने विषयमा राजनीतिक दलका नेताहरूबाट गुमेको शक्ति पुनस्र्थापित गर्न मद्दत पुग्न सक्छ । सबैका लागि उत्तिकै महत्वपूर्ण हुने साझा लक्ष्य प्राप्त गर्ने विषयमा जहिल्यै पनि केही न केही विमति र कहिलेकाहीँ तीव्र विवाद पनि हुन सक्छन् । तर, सबैको सम्मान हुने गरी सम्बोधन गर्नु नै मुख्य कुरा हो ।

तर, सबैको उत्तिकै समान रूपमा सम्बोधन हुन्छ भनेर ग्यारेन्टी गर्ने कुरा टाढाकै कुरा हो, तर असम्भव भने होइन । समग्रमा भन्नुपर्दा फ्रान्सको राष्ट्रपतिका रूपमा इम्म्यानुअल म्याक्रोन निर्वाचित हुनु, बेलायती प्रधानमन्त्री थेरेसा मेले हार्ड बे्रक्जिटको पक्ष लिनु र अमेरिकाभित्रका साथै बाहिर पनि जलवायु परिवर्तनप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दृष्टिकोण परिवर्तन हुनु तथा आर्थिक अवस्था सुधार गर्न नसक्नुजस्ता विषय अझै केही समय बहसको केन्द्रमा नै रहने देखिन्छ ।

यसका साथसाथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका नियामक निकायले विध्वंसात्मक कार्य हुन नदिन र आर्थिक समृद्धि तथा राजनीतिक स्थायित्वका लागि राजनीतिक दलका नेताद्वारा निरन्तर काम गरिरहनुपर्ने देखिन्छ । अन्त्यमा, नियामक निकायको आत्मबल पहिलेकै अवस्थामा फर्कियो र अहिलेको राजनीतिक अस्थिरता पनि अन्त्य भयो भने बजार पनि सोही (सकारात्मक) दिशातर्फ उन्मुख हुने देखिन्छ।

अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता माइकल स्पेन्स न्युयोर्क विश्वविद्यालयको स्टर्न स्कुल अफ बिजनेसमा अर्थशास्त्र विषयका प्राध्यापक हुन् ।

कपिराइट : प्रोजेक्ट सिन्डिकेट, २०१७
(नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा)