१५ वर्षपछि सौराहा डुब्यो, हात्ती र सेनाद्धारा पर्यटकको उद्दार - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । गोविन्द आचार्यले ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । आचार्य…
पूरा पढ्नुहोस् »

अभिनेता एवं निर्देशक रमेश बुढाथोकी विगत साढे तीन दशकदेखि कलाकारितामा अनवरत छन् । ०३७ सालदेखि आफ्नै लेखन, निर्देशन र अभिनयमा नाटक मञ्चन सुरु गरेका उनले त्यसपछि थुप्रै नाटक गरे ।…
पूरा पढ्नुहोस् »

धन कमाउने सपना पालेर विदेश गएका उनी रित्तो हात घर फर्किए । विदेशबाट फर्किएपछि के गर्ने भन्दै अलमलमा परेका उनलाई सैलुन व्यावसाय गर्ने सोच आयो बानपा—२ का २७ वर्षका राजन…
पूरा पढ्नुहोस् »

विश्व अर्थ – भारतीय अर्थतन्त्रमा पछिल्लो समय निकै शंकास्पद बनेको मुख्य विषय भनेको उत्पादन क्षेत्रको उत्पादकत्वको वास्तविक अवस्था हो । सन् २००८ मा विश्वव्यापी आर्थिक मन्दी आउनुभन्दा पहिले नै भारतमा…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरि युद्ध गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्ध शुरु गर्ने चेतावनी…
पूरा पढ्नुहोस् »

माल्दिभ्समाथि सानदार जित हात पार्दै नेपाल साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले पराजित गरेर अन्तिम चारमा…
पूरा पढ्नुहोस् »

यतिखेर हामी संघीयता कार्यान्वयन र प्रशासनिक पुनः संरचनाको जटिल मोडमा छौँ । यस्तो अवस्थामा सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ । अझ राजनीतिक प्रणाली सञ्चालनको मुख्य अवयवका रूपमा रहेका राजनीतिक नेतृत्व…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

ऊर्जा मन्त्रालय, विद्युत् विकास विभागले फेरि एकपटक झोलाम खोला राखेर हिँड्नेलाई ३५ दिनभित्र निर्माण प्रक्रिया अघि नबढाए कारबाही गर्ने बताएको छ । विद्युत् उत्पादन गर्छु, लगानी जुटाउँछु भनेर निर्माणका लागि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

दिपेन्द्र अधिकारी , चितवन, २९ साउन ।   |   साउन २९, २०७४

 

राप्ती र बुढी राप्ती खोला उर्लदा पर्यटकीय नगरी सौराहा डुवानमा परेको छ । आइतबार बिहानदेखि डुवानमा परेको यस क्षेत्र दिउँसो ४ बजेबाट पानीको सतह कम हुँदै गएको छ । डुबानबाट सौराहाका अधिकांश होटलमा पानी पसेको व्यवसायीहरु बताउँछन् ।  

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार, सयभन्दा बढी होटल डुबानमा परेका छन् । २०५९ पछिको ठूलो बाढी सौराहामा पसेको व्यवसायीहरु बताउँछन् ।
बाढीको कारण करोडौंको क्षति भएको छ । अध्यक्ष घिमिरे भन्छन्, ‘निरन्तरको बाढीका कारणले हामीले क्षतिको अवस्था बुझ्न सकेका छैनौं, तर, करोडौंको क्षति भएको छ ।’

सौराहा र आसपासमा रहेका रिर्सोट र होटलहरु पनि डुवानमा परेका छन् । रातको समयमा पानीको सतह अकस्मात बढेपछि कतिपय स्थानीय र पर्यटक भाग्न सकेका थिएनन् । होटलका छतमा पुगेर पर्यटकले ज्यान जोगाएका छन् ।

हात्ती र सेनाद्धारा पर्यटकको उद्दार

सौराहाका पर्यटकको हात्तीद्धारा उद्दार गरिएको छ । त्यस्तै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टिमले पनि पर्यटक र स्थानीयबासीको उद्दार गरेका थिए । बिचल्लीमा परेका पर्यटकलाई हात्तीको माध्यमबाट उद्दार गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

तीन जनाको निधन
अविरल वर्षापछि खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका– ३ स्थित बारबाङ खोलाले बगाएर स्थानीयवासी २२ वर्षीय कमल भनिने समनबहादुर प्रजाको मृत्यु भएको हो । शनिबार साँझ खोलाले बगाएर बेपत्ता भएका उनको आइतबार बिहान शव फेला परेको चितवन प्रहरीले जनाएको छ ।
राप्ती नगरपालिका– ८ स्थित पम्फाखोलाले बगाउँदा ३५ वर्षीया गुमाकुमारी रानामगरको निधन भएको प्रहरीले जनाएको छ । त्यस्तै राप्ती ६ प्यारी ढापमा गए राती घर भत्कदाँ ७४ वर्षीय फुलमती प्रजाको च्यापिएर मृत्यु भएको छ ।

सांसद पाण्डे तथा मेयर फिल्डमा

चितवन–१ का सांसद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे बाढी पिडितको उद्धारमा खटिएका छन् । पाण्डेले सौराहामा रहेका पर्यटकको उद्दारका लागि नेपाली सेना, शसस्त्र पं्रहरी र व्यवसायीहरुसँग आग्रह गरेका थिए । पर्यटकलाई सुरक्षित ठाउँमा लैजानु आफूहरुको पहिलो कर्तव्य हुने भन्दै सांसद पाण्डेले सुरक्षा निकायलाई पर्यटकको उद्दारमा विशेष ध्यान दिन आग्रह गरेका थिए । यस्तै मेयर रेणु दाहालले पनि बाढी प्रभावित क्षेत्रमा गएर उद्दारमा सटिएकी थिइन ।

साथै मेयर रेणु दाहालको पहलमा चितवनको जगतपुरमा रहेको बाल गृहबाट दुई सय ५० बालबालिकासहित चार सय स्थानीयबासी हरुलाई हेलीकप्टरबाट उद्दार गरी भरतपुरको मुनलाइट स्कुलमा राखिएको छ ।

जोखिमक्षेत्रको अनुगमन
चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, प्रहरी प्रमुख एसपी दिपक थापा, भरतपुर महानगरकी मेयर रेणु दाहाल, स्थानीय विकास अधिकारीलगायतले आइतबार चितवनमा बाढीबाट प्रभावित स्थानहरुको अनुमगन गरेका छन् । जिल्लाका राप्ती, बूढीराप्ती, रिउ, लोथर, कयरलगायत खोला बढेर बस्तीमा पसेसँगै जनजीवन प्रभावित भएको छ । अनुगमनका क्रममा उनीहरुले सुरक्षित स्थानमा वस्न प्रभावितहरुलाई आग्रह गरेका थिए ।

निरन्तरको वर्षाका कारण विद्यालय बन्द
अविरल बर्षाका कारण चितवनका विद्यालयहरु आज आइतबार बन्द भएका छन् । जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालका अनुसार निरन्तरको वर्षाले कतिपय विद्यालयमा पानी जमेको, बाटो अवरुद्ध भएको कारणले सट्टे विदा मिलाउने गरी विदा गर्न भनिएको थियो ।

सामान्य नारायणी
चितवनका अन्य खोलाहरु राप्ती, बुढी राप्ती, रिउ आदि उर्लदा यहाँको जनजीवन नै प्रभावित बनेकोमा सबै भन्दा ठूलो नदी नारायणी भने उग्र देखिएन । अघिल्लो वर्षहरुमा अन्य नदी तथा खोलाको तुलनामा नारायणीमा उच्च बहाव रहने गरेकोमा यस पटक अर्लट लेभलबाट तल नै रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।