बाढीपीडितलाई कांग्रेस सांसदले एक महिनाको तलब दिने - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

शशीधर भण्डारी/नयाँ पत्रिका प्युठान नगरपालिका–३ दैलीसिमलमा खानेपानीको अभाव भएको छ । वर्षा नसकिँदै पानीको संकट परेपछि वडावासी एक गाग्री पानीका लागि रातभर पँधेरोमा बस्न बाध्य छन् । ‘खानेपानी भर्न रातभर…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

रमेश सापकोटा , काठमाडौं, २९ साउन ।   |   साउन २९, २०७४

कांग्रेसले बाढी पहिरो पीडितहरुका लागि राहत र आर्थिक सहयोग गर्नका लागि उपलब्ध गराउनका लागि सहयोग कोष खोलेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पीडितका लागि आर्थिक सहयोग जुटाउनका लागि पार्टीको नेपाल बंैंक लिमिटेड कुपण्डोल शाखामा खाता खोलेको हो ।

कांग्रेसले वाढीपीडित सहयोग कोषको खाता नं. ०१३५—११—००१००७५ रहेको जनाएको छ । कोषमा यथासक्य रकम जम्मा गर्न उद्योगपति, व्यापारी, वुद्धिजीवी, नागरिक समाज, प्राध्यापक, शिक्षक, कर्मचारी, कानून व्यवसायी, विभिन्न पेशा तथा व्यवसायी लगायत पार्टीका कार्यकर्ता, विदेश स्थित नेपाली जनसम्पर्क समिति, पार्टीका समर्थक र शुभेच्छुकहरुसहितका सबैलाई कांग्रेसले आह्वान गरेको छ ।

पार्टी निकाय परिचालन

वाढी पहिरो प्रभावित जिल्लामा नेपाली कांग्रेसका सबै निकायलाई जिल्लामा परचालन गरेको छ । प्रभावित जिल्लामा पुगी एकीकृत रुपमा उद्धार, राहत र उचित बसोबासको व्यवस्था मिलाउन सहयोग प¥याउँदै थप डुबानमा पर्न सक्ने क्षेत्रको पहिचान गरी उक्त क्षेत्रमा उच्च सर्तकता अपनाउने लगायतका कार्यमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

सांसदको एक महिनाको तलब पीडितलाई

बाढी पहिरो पीडितहरुको उद्धार र राहतका लागि कांग्रेसका सांसदहरुले एक महिना बराबरको तलब राहत स्वरुप उपलब्ध गराउने भएका छन् । बाढी, पहिरो र डुवानका कारण क्षति भएका सडक, विद्यालय, पुलपुलेसा लगायत भौतिक पूर्वाधारहरुको यथाशीघ्र पुनर्निर्माणका लागि बैठकले सरकारसँग माग गरेको छ ।