बाढीका कारण दाङमा आन्तरिक नाकाबन्दी : अत्यावश्यक सामग्रीको अभाव ! - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

भारतले १९५० को नेपाल–भारत सन्धिअनुसार हाल चलिरहेको दोक्लाम विवादमा नेपालसँग समर्थन माग्न लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा हुने वान अन वान (एक्लाएक्लै)…
पूरा पढ्नुहोस् »

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । गोविन्द आचार्यले ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । आचार्य…
पूरा पढ्नुहोस् »

अभिनेता एवं निर्देशक रमेश बुढाथोकी विगत साढे तीन दशकदेखि कलाकारितामा अनवरत छन् । ०३७ सालदेखि आफ्नै लेखन, निर्देशन र अभिनयमा नाटक मञ्चन सुरु गरेका उनले त्यसपछि थुप्रै नाटक गरे ।…
पूरा पढ्नुहोस् »

धन कमाउने सपना पालेर विदेश गएका उनी रित्तो हात घर फर्किए । विदेशबाट फर्किएपछि के गर्ने भन्दै अलमलमा परेका उनलाई सैलुन व्यावसाय गर्ने सोच आयो बानपा—२ का २७ वर्षका राजन…
पूरा पढ्नुहोस् »

विश्व अर्थ – भारतीय अर्थतन्त्रमा पछिल्लो समय निकै शंकास्पद बनेको मुख्य विषय भनेको उत्पादन क्षेत्रको उत्पादकत्वको वास्तविक अवस्था हो । सन् २००८ मा विश्वव्यापी आर्थिक मन्दी आउनुभन्दा पहिले नै भारतमा…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरि युद्ध गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्ध शुरु गर्ने चेतावनी…
पूरा पढ्नुहोस् »

माल्दिभ्समाथि सानदार जित हात पार्दै नेपाल साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले पराजित गरेर अन्तिम चारमा…
पूरा पढ्नुहोस् »

यतिखेर हामी संघीयता कार्यान्वयन र प्रशासनिक पुनः संरचनाको जटिल मोडमा छौँ । यस्तो अवस्थामा सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ । अझ राजनीतिक प्रणाली सञ्चालनको मुख्य अवयवका रूपमा रहेका राजनीतिक नेतृत्व…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

ऊर्जा मन्त्रालय, विद्युत् विकास विभागले फेरि एकपटक झोलाम खोला राखेर हिँड्नेलाई ३५ दिनभित्र निर्माण प्रक्रिया अघि नबढाए कारबाही गर्ने बताएको छ । विद्युत् उत्पादन गर्छु, लगानी जुटाउँछु भनेर निर्माणका लागि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

भुपेन्द्र वली , दाङ   |   साउन २९, २०७४

अविरल वर्षाका पछि आएको बाढीले जिल्लाको यातायात सेवामा अवरोध पु¥याएपछी दाङमा आन्तरिक नाकाबन्दी भएको छ । दर्जन बढी खोलामा आएको बाढीका कारण सवारीसाधन दुई दिन यता ठप्प जस्तै भएका छन् । जिल्लाका मुख्य शहरहरु घोराही — तुलसीपुर र लमही एकअर्कासँग सम्पर्क विच्छेद भएका छ भने बाह्य जिल्लासँगको सम्पर्क पनि टुटेको छ । बबई , सिस्ने ,सिस्ने , कटुवा , गुर्जे , पत्रे , संक्राम , ग्वाँर लगायतका खोलामा समयमा पुल नबन्दा यात्रुले यसवर्ष पनि समस्या व्यहोर्नु परेको हो ।

यस्तै दाङबाट रोल्पा , सल्यान जाने सवारी साधनमा पनी अवरोध भएको छ । व्यवसायिक लगायत अन्य कामका लागि आवतजावत गर्नुपर्ने यात्रुले २ दिन यता एक ठाँउबाट अर्को ठाँउ जान पाएका छैनन् । वर्षा र बाढी कम नहुँदासम्म यातयात सञ्चालनमा आउने अवस्था नरहेको राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमालले बताए । शुक्रवार राती देखी परेको अविरल वर्षाका कारण आएको वाढीले घोराही तुलसीपुर सडक अन्तर्गत हातीखौवा र मोतिपुरबीचको सोताको कल्भर्ट बगाएपछि अवरुद्ध भएको सड्क अझै सुचारु हुन सकेको छैन । सो स्थानमा ह्युमपाईप राखेर बाटो सुचारु गर्ने प्रयास गरिएपनि बाढीले ह्युम पाईप नै बगाईदिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताए । वर्षा कम भएसँगै सो स्थानमा ह्युमपाईप राखेर सडक सुचारु गरिने श्रेष्ठले बताए ।

अत्यावश्यकीय सामग्रीको अभाव

यातायात सेवा ठप्प भए पछि जिल्लामा अत्यावशकिय सामाग्रीको अभाव देखिन थालेको छ । दुग्ध, पेट्रोलियम पदार्थ र तरकारीजन्य सामाग्रीको अभाव शुरु भएको यहाँका व्यवसायीहरुले बताएका छन् । यातायात ठप्प भएपछि गाँउबाट दुग्धजन्य पदार्थ र तरकारी शहर नआएको एक व्यवसायीले बताए । यस्तै जिल्लामा यातायात सेवा ठप्प भएपपछि बिरामीहरुलाई अस्पतालसम्म पु¥याउन अप्ठ्यारो सिर्जना भएको छ । एम्बुलेन्सहरु सञ्चालनमा आउन पाएका छैनन् भने वर्षा यसरी जारी रहे औषधिको पनि अभाव हुने भएको छ ।

४ सय बढी घरधुरी विस्थापित

जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले आइतबार साँझसम्म दिएको जानकारी अनुसार हालसम्म दाङ ४ सय १४ घरधुरी विस्थापीत भएका छन् । यस्तै चार सय बढी घर बाढीको डुबानमा परेका छ । भने २ जनाको शनिबारको बाढीमा परी मृत्यू भइसकेको छ । मृत्यू हुनेमा तुलसीपुर १३ की ४८ वर्षिय भगवती सुनार र तुलसीपुर ४ का ५८ वर्षिय नरबहादुर रावत रहेका छन् । बाढीका कारण जिल्लामा ४ सय बिघा जमिन कटान भएको छ भने २० मिटर बाटो भत्किएको छ । विस्थापितहरु लाई विद्यालय , स्वास्थय चौकी लगायतका स्थानमा आश्रय दिएर खाना खाने व्यवस्था समेत मिलाईएकोे प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले जानकारी दिए ।