बाढीले निम्त्याएकाे यस्तो व्यथा ! - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

०५३ सालमा खाद्यान्न अभावका कारण सिडिओसँग चामल पाऊँ भनेर बिन्ती बिसाउन पुगेकी कमलकुमारी शाहीलाई तत्कालीन सिडिओ लीलानिधि कोइरालाले टेरेनन् । सिडिओसँगको विवादपछि प्रशासन कार्यालयले उनको झुप्रोसमेत उठिवास लगाउने असफल प्रयास…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

दीपेन्द्र अधिकारी/नयाँ पत्रिका कोरियन व्यावसायिक संस्था एसवाई ग्रुपले चितवनको रत्ननगर नगरपालिकामा निर्माण सामग्री उद्योग स्थापना गर्न लागेको छ । घर निर्माणका लागि आवश्यक पर्ने सामग्री उत्पादन गर्न बिहीबार पिठुवास्थित गुञ्जमान…
पूरा पढ्नुहोस् »

राष्ट्रपति सि जिनपिङको पाँच वर्षको शासनकालमा चीन सम्पन्न र बढी शक्तिशाली भएको छ । तर, यस प्रगतिबाट आमचिनियाँको जनजीवनमा कति प्रभाव परेको छ ? चीनको सबैभन्दा शक्तिशाली निर्णयकर्ता आगामी साता…
पूरा पढ्नुहोस् »

नेपाल फिफा वरीयतामा एक स्थान ओरालो लागेको छ । फिफाले सोमबार अक्टोबरको वरीयता सार्वजनिक गर्दा नेपाल १ सय ७६औँ स्थानमा सीमित भएको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ७५औँ…
पूरा पढ्नुहोस् »

नेपालमा सुनचाँदीलाई ‘नगदसरहको सम्पत्ति’का रूपमा लिइन्छ । पहेँलो र सेतो धातुलाई ‘सुरक्षित लगानी’का रूपमा पनि लिइने गरिएको छ । त्यसैले यसको व्यवसाय क्रमिक रूपमा बढ्दै गइरहेको छ । अझ नेपालजस्तो…
पूरा पढ्नुहोस् »

०५३ सालमा खाद्यान्न अभावका कारण सिडिओसँग चामल पाऊँ भनेर बिन्ती बिसाउन पुगेकी कमलकुमारी शाहीलाई तत्कालीन सिडिओ लीलानिधि कोइरालाले टेरेनन् । सिडिओसँगको विवादपछि प्रशासन कार्यालयले उनको झुप्रोसमेत उठिवास लगाउने असफल प्रयास…
पूरा पढ्नुहोस् »

राजनीतिक दलहरूको निर्णय प्रक्रिया, त्यसमा कार्यकर्ताको सहभागिता, व्यवस्थापनलगायत पक्षबाट हेर्‍यो भने नेपाली लोकतन्त्र परिपक्व हुन अझै केही दशक लाग्ने देखिन्छ । आइतबार निर्वाचन आयोगमा समानुपातिकतर्फबाट प्रतिनिधिसभामा उम्मेदवार बन्न चाहनेहरूको सूची…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले , झापा   |   साउन २९, २०७४

बाढीबाट विस्थापित बिर्तामोड–२ की १९ वर्षीया गीता राजवंशी आफ्नी ६ महिनाकी छोरीसहित बिर्तामोडकै एउटा पार्टी प्यालेसको हलमा आश्रय लिइरहेकी छिन् । हलको स्टेजमा उनकी छोरी निदाइरहेकी छिन् । गीता छेउमा बसेर छोरीको हेरबिचार गर्दैछिन् । डुबानमा परेको आफ्नो घरको सबै सामान नष्ट भएकोमा उनलाई उत्तिकै चिन्ता छ ।

‘घरमा जम्मा १० जना थियौँ, घाग्रा खोलो गाउँमा पसेपछि आपतै प¥यो नि,’ गीताले भनिन्, ‘गाउँकै एउटा युवा समूहले हामीलाई उद्दार गरेर यहाँसम्म ल्यायो ।’ उनीहरु चिसो सिमेन्टमा सामान्य ‘म्याट’ ओछ्याएर रात कटाउँदैछन् ।

बिहीबारदेखि तीन दिनसम्म निरन्तर परेको पानीले स्थानीय घाग्रा खोलामा बाढी आएपछि बिर्तामोड–२ बालुवाटारका ६५ घरपरिवार विस्थापित छन् । जनप्रतिनिधि निता घतानीको पहलमा बिर्तामोडकै हाम्रो एकता युवा समाज नामक संस्थाले बाढीपीडितको हेरचाह गर्दैछ ।

सुकुम्बासी टोलका यी विस्थापितहरु राजवंशी, राई, लिम्बू, दलित र मुसलमान समुदायका छन् । ‘म त्यहाँ पुग्दा घरभित्र पानी पसिरहेको थियो, सबैजनाको चिल्लीबिल्ली भइरहेको थियो, गर्भवती महिला र बालबालिका रोइरहेका थिए,’ जनप्रतिनिधि निताले भनिन्, ‘उद्दार गर्न कोही पुगेकै थिएन, म त्यहाँ पुगेपछि धेरैले राहतको महसुस गरे । सबै मिलेर उद्दार गरेर यहाँसम्म ल्याएर राखेका छौँ ।’

टेलिफोन सेवा ठप्प भएपछि बाढीपीडितलाई उद्दार गर्न कठनाइ भएको निताले सुनाइन् । कसैसँग सम्पर्क हुन नसकेपछि सुरुमा उनले बाढीपीडितलाई केहीबेर आफ्नै घरमा लगेर राखिन् । त्यसलगत्तै एकता युवा समाजका प्रतिनिधिसँग मिलेर उनीहरुलाई पूर्वपश्चिम राजमार्ग छेउको पार्टी प्यालेससम्म ल्याइन् ।

विस्थापितहरुमा दृष्टिबिहीन ज्येष्ठ नागरिक पनि छन् । विस्थापित झण्डै ३ सय ५० जनालाई युवा समाजले आफ्नै खर्चमा खाजा खुवाउँदैछ । एक छाक खाना बिर्तामोड नगरपालिका र एक छाक बिर्तामोड उद्योग बाणिज्य संघको सहयोगमा खुवाइएको छ । आइतबार दिउँसोदेखि वर्षा रोकिएको छ । तर, पानी सुकेपछि पनि घरमा गएर बस्न समस्या रहेको जनप्रतिनिधि निताले बताइन् । ‘घरमा भएका सबै कुरा पानीले सखाप भएको छ, घरभित्रको पानी सबै फालेर ओभानो भएपछि मात्र उनीहरु फर्किन सम्भव छ,’ उनले भनिन् ।

बाढीले विस्तापित बनेकी २९ वर्षीया पनिता शेर्पाले भनिन्, ‘घरमा घुँडा–घुँडा पानी छ, लेउ लागेको छ, त्यो सबै सफा गरिसकेपछि मात्रै बस्न सकिन्छ ।’ अविरल वर्षापछि झापाको मेची, कनकाई, विरीङ, रतुवा, कमल, अदुवा लगायतका नदीमा आएको बाढीका कारण हजारौँ घर परिवार विस्थापित भएका छन् । विस्थापित हुनेमा महिला तथा बालबालिकाको संख्या अधिक छ । बाढीबाट विस्थापित भएकालाई विद्यालय, सार्वजनिक र सरकारी भवनमा राख्ने व्यवस्था मिलाइएको छ ।

लगातारको वर्षाका कारण झापामा तीन दिनदेखि विद्युत् र टेलिफोन सेवा समेत अवरुद्ध भएको छ । आपसमा सम्पर्क नभएपछि उद्धार कार्यमा खटिन र घटनाको सूचना लिन समस्या भएको छ । हावाहुरीसहित निरन्तर वर्षा भइरहेकाले उद्धार कार्यमा टोली परिचालन गर्न समस्या भएको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ ।