गुल्मीका निर्वाचित जनप्रतिनिधि : विशुद्ध राजनीति गर्ने भन्दा उद्योगी-व्यावसायी बढी - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

भारतले १९५० को नेपाल–भारत सन्धिअनुसार हाल चलिरहेको दोक्लाम विवादमा नेपालसँग समर्थन माग्न लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा हुने वान अन वान (एक्लाएक्लै)…
पूरा पढ्नुहोस् »

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । गोविन्द आचार्यले ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । आचार्य…
पूरा पढ्नुहोस् »

अभिनेता एवं निर्देशक रमेश बुढाथोकी विगत साढे तीन दशकदेखि कलाकारितामा अनवरत छन् । ०३७ सालदेखि आफ्नै लेखन, निर्देशन र अभिनयमा नाटक मञ्चन सुरु गरेका उनले त्यसपछि थुप्रै नाटक गरे ।…
पूरा पढ्नुहोस् »

धन कमाउने सपना पालेर विदेश गएका उनी रित्तो हात घर फर्किए । विदेशबाट फर्किएपछि के गर्ने भन्दै अलमलमा परेका उनलाई सैलुन व्यावसाय गर्ने सोच आयो बानपा—२ का २७ वर्षका राजन…
पूरा पढ्नुहोस् »

विश्व अर्थ – भारतीय अर्थतन्त्रमा पछिल्लो समय निकै शंकास्पद बनेको मुख्य विषय भनेको उत्पादन क्षेत्रको उत्पादकत्वको वास्तविक अवस्था हो । सन् २००८ मा विश्वव्यापी आर्थिक मन्दी आउनुभन्दा पहिले नै भारतमा…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरि युद्ध गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्ध शुरु गर्ने चेतावनी…
पूरा पढ्नुहोस् »

माल्दिभ्समाथि सानदार जित हात पार्दै नेपाल साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले पराजित गरेर अन्तिम चारमा…
पूरा पढ्नुहोस् »

यतिखेर हामी संघीयता कार्यान्वयन र प्रशासनिक पुनः संरचनाको जटिल मोडमा छौँ । यस्तो अवस्थामा सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ । अझ राजनीतिक प्रणाली सञ्चालनको मुख्य अवयवका रूपमा रहेका राजनीतिक नेतृत्व…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

ऊर्जा मन्त्रालय, विद्युत् विकास विभागले फेरि एकपटक झोलाम खोला राखेर हिँड्नेलाई ३५ दिनभित्र निर्माण प्रक्रिया अघि नबढाए कारबाही गर्ने बताएको छ । विद्युत् उत्पादन गर्छु, लगानी जुटाउँछु भनेर निर्माणका लागि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

टोपलाल अर्याल, गुल्मी   |   साउन २९, २०७४

 

जिल्लामा विशुद्ध राजनिति गर्ने भन्दा अन्य पेसा व्यावसाय सञ्चालन गर्नेहरु जनप्रतिनिधी भएका छन् । जिल्लामा दुई नगरपालिका र १० गाउँपालिका छन् । नगर, गाउँपालिका हुँदै वडासम्मका जनप्रतिनिधीहरुको प्रोफाइल राजनिती भन्दा बाहिरको छ । रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल एमालेका जिल्ला सचिवालय सदस्य हुन् । तर उनी विशुद्ध राजनितीमै समर्पित व्यक्ति भने होइनन् । भुसाल जिल्लाका एक व्यावसायी हुन् । उनी जिल्लामा निमार्ण व्यवसायीको रुपमा बढि परिचित थिए । तर जीवननै राजनितिमा समर्पित गरेका कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठलाई उनले पराजित गरे । मेयर पदको लागि भुसालका निकटतम प्रतिद्धन्दी श्रेष्ठ राजनीति भन्दा वाहिरका व्यक्ति हुन् । पराजित श्रेष्ठ सदरमुकाम तम्घासको पूर्व गाविस अध्यक्ष हुन् । एमालेको तर्फबाट उपमेयर बनेकी सिता भण्डारी पनि व्यावसायी हुन् ।

त्यस्तै, चन्द्रकोट गाउँपालिका प्रमूख द्रोर्णबहादुर खत्री शैक्षिक पेशामा आवद्ध व्यवसायी हुन् । उनी चक्रेश्वर इङ्गलिस वोर्डिङ्ग स्कुलका प्रिन्सिपल रहेका थिए । उनी कांग्रेसको तर्फबाट चन्द्रकोट गाउँपालिकाको प्रमुखको उम्मेदवार बनेका थिए । उनी माओवादी केन्द्रका युवराज केसी र एमालेका भीमलाल श्रेष्ठलाई पराजित गरे । चन्द्रकोट गाउँपालिका एमालेको तर्फबाट उपप्रमुखमा निर्वाचित भगवति अर्याल पनि व्यापारी नै हुन् ।

मालिका गाउँपालिका प्रमुख रितबहादुर थापा जग्गा व्यापारी हुन् । उनी एमालेको तर्फबाट मालिका गाउँपालिका प्रमुखमा प्रतिस्प्रर्धा गरेका थिए । पछिल्लो समय राजनितिमा कम सक्रिय थापाले कांग्रेसका ज्ञानबहादुर कार्की र माओवादी केन्द्रका देविराम अर्याललाई चुनावमा हराए । एमालेको तर्फबाट उपप्रमुख बनेकी देवा अर्याल भने राजनीतिकर्मी हुन् ।

माओवादी र कांग्रेसबाट धुर्कोट गाउँपालिकामा विजयी प्रमुख भुपाल पोखरेल एनजिओकर्मी हुन् । उनले निकटतम प्रतिद्धन्द्धी एमालेका कृष्ण घिमिरेलाई पराजित गरे । शिक्षक पेशा छाडेर विशुद्ध राजनितिमा लागेका घिमिरेलाई पोख्रेलले पराजित गरे । एमालेबाट विजयी बनेका मदाने गाउँपालिका प्रमुख दानबहादुर केशी राजनीतिकर्र्मी होइनन् । करिब ३४ बर्ष अर्जुन आवसीय माविका प्रिन्सिपल केशीले कांग्रेसका महेन्द्र कुँवर र माओवादी केन्द्रका बेगमचन्द बोहोरालाई पराजित गरेका छन् ।

जीवनभर राजनिति गर्ने जनप्रतिनिधि

एमालेबाट विजयी छत्रकोट गाउँपालिका प्रमूख मधुकृष्ण पन्त विशुद्ध राजनीतिकर्मी हुन् । शिक्षक पेशालाई समेत थाँती राखेर कम्युनिष्ट आन्दोलनमा लागेका पन्त साविकको हर्दिनेटा गाविस अध्यक्ष हुन् । उनीले जिल्ला पार्र्टीको कार्यबहाक अध्यक्षको जिम्मेवारीपछि तम्घासमा पार्र्टी कार्यालयमै बस्ने खाने गर्थे । गुल्मी दरवार गाउँपालिका प्रमुख अशोककुमार थापा युवा अवस्थादेखि बुढेशकाल सम्म कांग्रेसको राजनीतिमै समर्पित व्यक्ति हुन् ।

ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट पनि शैक्षिक र मेडिकल क्षेत्र समेत त्यागेर एमालेको राजनीतिमा खटेका व्यक्ति हुन । एमाले सचिव गोकर्ण विष्टका दाजु समेत रहेका उनी वडास्तर देखि संघर्ष गरेर अहिले जिल्ला सचिवालयसम्म पुगेका थिए । काँग्रेस माओवादी गठबन्धनबाट विजयी कालिगण्डकी गाउँपालिका प्रमुख वेद थापा मगर विशुद्ध राजनीतिबाटै आएका व्यक्ति हुन् । बिजयी बनेका अन्य एमाले तथा कांग्रेसका जनप्रतिनिधीहरु पनि पार्टीका जिम्मेवार पदमा थिए । तर उनीहरु सक्रिय राजनितिमा सहभागी भएपनि विशुद्ध भने थिएन् ।

१२ स्थानिय तहमा विजयी प्रमुखलाई नियालेर हेर्दा विशुद्ध सक्रिय राजनीति गर्ने चार वटा स्थानमा मात्रै विजयी भएका छन् । जसमा कालिगण्डकी, छत्रकोट, गुल्मी दरवार र ईस्मा गाउँपालिका प्रमुखहरु पर्दछन् । अन्य कुनै पेसा व्यवसायसँगै सक्रिय राजनीति गर्ने पनि चार स्थानमा विजयी भएका छन् । मुसिकोट नगरपालिका सहित धुर्कोट गाउँपालिका, सत्यवती गाउँपालिका र रुरु गाउँपालिका हुन् । अरु नगर र गाउँपालिका प्रमुखहरु कम राजनितिमा र बढि अन्य पेसा व्यावसायमा सक्रिय व्यक्तिहरु हुन् ।