बाढीपिडितलाई अस्थाई आवासको व्यवस्था गर्न मन्त्री साहको निर्देशन - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

एक वर्षमा ३२ सिनियर प्रहरी अधिकृतसहित दुई हजार तीन सय ८१ प्रहरी कारबाहीमा परेका छन् । अघिल्लो वर्षभन्दा झन्डै दोब्बर प्रहरी कारबाहीमा परेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक…
पूरा पढ्नुहोस् »

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । गोविन्द आचार्यले ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । आचार्य…
पूरा पढ्नुहोस् »

अभिनेता एवं निर्देशक रमेश बुढाथोकी विगत साढे तीन दशकदेखि कलाकारितामा अनवरत छन् । ०३७ सालदेखि आफ्नै लेखन, निर्देशन र अभिनयमा नाटक मञ्चन सुरु गरेका उनले त्यसपछि थुप्रै नाटक गरे ।…
पूरा पढ्नुहोस् »

धन कमाउने सपना पालेर विदेश गएका उनी रित्तो हात घर फर्किए । विदेशबाट फर्किएपछि के गर्ने भन्दै अलमलमा परेका उनलाई सैलुन व्यावसाय गर्ने सोच आयो बानपा—२ का २७ वर्षका राजन…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरि युद्ध गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्ध शुरु गर्ने चेतावनी…
पूरा पढ्नुहोस् »

माल्दिभ्समाथि सानदार जित हात पार्दै नेपाल साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले पराजित गरेर अन्तिम चारमा…
पूरा पढ्नुहोस् »

उत्तर कोरियाको गुआममा आक्रमण गर्ने धम्की र उसका तर्फबाट बारम्बार गरिँदै आएको क्षेप्यास्त्र परीक्षणसँगै चलिरहेको वाक्युद्धलाई लिएर विश्लेषकले चेतावनी दिएका छन् कि यस्तो संवेदनशील समयमा संयुक्त सैनिक अभ्यास गर्नु आगोमा…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

झन्डै नौ महिनाअघि वर्तमान गठबन्धनका तर्फबाट संसद्मा प्रस्तुत गरिएको र बीचबीचमा परिमार्जनसहित अघि बढाइएको नेपालको संविधानमा दोस्रो संशोधन गरियोस् भन्ने प्रस्ताव आवश्यक समर्थन प्राप्त गर्न नसकेपछि सोमबारको संसद् बैठकबाट अस्वीकृत…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

काठमाडौं, २९ साउन ।   |   साउन २९, २०७४

सहरी विकास मन्त्री प्रभु साहले बाढी प्रभावित क्षेत्रका जनताका लागि तुरुन्तै अस्थाई आवासको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

उनले प्रभावित क्षेत्रबाट उद्धार गरिएका जनताहरुलाई सुरक्षित हुनेगरी त्यस्तो आवासको व्यवस्था मिलाउन निर्देशन दिएका हुन ।

‘सबै डिभिजनहरु उच्च सतर्कतामा बस्नुहोस्, विदामा बसेका सबै कर्मचारीहरु तुरुन्तै कार्य क्षेत्रमा जानुहोस्’, उनले भने, ‘आवाससँग सम्बन्धित महाशाखाले आवासको क्षेत्रमा कामगर्ने विभिन्न संघ संस्था र निकायको एकीकृत कार्ययोजना बनाएर तुरुन्तै काम थाल्नुहोस् ।’

उनले बाढी प्रभावित क्षेत्रका जनताको लागि मुख्य रुपमा तीन चरणमा काम गर्न निर्देशन दिदै उनले भने, ‘पहिलो, ओतविहिन पीडित जनताको लागि तुरुन्तै सुरक्षित आवासको प्रबन्ध गर्नुपर्दछ । दोश्रो, अस्थाई रुपमा सुरक्षित आवासको व्यवस्था गर्ने र तेश्रो स्थायी रुपमा नीजि आवासको लागि दीर्घकालिन योजना बनाएर लाग्नु पर्दछ ।’

उनले बाढी पीडितहरुलाई आवासको प्रबन्ध गर्नु पहिलो आवश्यकता भएको उल्लेख गर्दै भने, ‘जनताको घरभरी पानी नै पानी छ, उनीहरुलाई उद्धार गरेर कहाँ बसाउने हो ? त्यसको व्यवस्था अध्ययन गरी तुरुन्तै मिलाउनुहोस् ।’

यसरी उद्धार गरिएकालाई सुरक्षित खानपान, पालको व्यवस्थानसहित स्वास्थ्योपचारको लागिसम्बन्धित निकायसँग समन्वय गरी तत्कालै खट्नु पर्नेमा उनले जोड दिए ।
यो ठूलो विपत्ति भएकाले यसको व्यवस्थापनमा पनि ठूलै रुपमा सोच्नु पर्ने बताउँदै सूचना संकलन, घटनाक्रम हेरी मौसमविद्सँगको सहकार्यमा एकिकृत कार्ययोजना अघि बढ्नु पर्ने सुझाव दिए ।

विपत्तिको समयमा प्रक्रियामुखी कामभन्दा पनि परिणाममुखी भावले सरकारी स्तरबाट पीडितको उचित व्यवस्थापनको लागि कुनै पनि कसर बाँकी नराख्न उनले निर्देशन दिए ।