राप्रपा प्रजातान्त्रिकले आयोगमा बुझायो पत्र, हस्ताक्षर सनाखत गर्न नपर्ने दावी - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

एक वर्षमा ३२ सिनियर प्रहरी अधिकृतसहित दुई हजार तीन सय ८१ प्रहरी कारबाहीमा परेका छन् । अघिल्लो वर्षभन्दा झन्डै दोब्बर प्रहरी कारबाहीमा परेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक…
पूरा पढ्नुहोस् »

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । गोविन्द आचार्यले ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । आचार्य…
पूरा पढ्नुहोस् »

अभिनेता एवं निर्देशक रमेश बुढाथोकी विगत साढे तीन दशकदेखि कलाकारितामा अनवरत छन् । ०३७ सालदेखि आफ्नै लेखन, निर्देशन र अभिनयमा नाटक मञ्चन सुरु गरेका उनले त्यसपछि थुप्रै नाटक गरे ।…
पूरा पढ्नुहोस् »

धन कमाउने सपना पालेर विदेश गएका उनी रित्तो हात घर फर्किए । विदेशबाट फर्किएपछि के गर्ने भन्दै अलमलमा परेका उनलाई सैलुन व्यावसाय गर्ने सोच आयो बानपा—२ का २७ वर्षका राजन…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरि युद्ध गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्ध शुरु गर्ने चेतावनी…
पूरा पढ्नुहोस् »

माल्दिभ्समाथि सानदार जित हात पार्दै नेपाल साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले पराजित गरेर अन्तिम चारमा…
पूरा पढ्नुहोस् »

उत्तर कोरियाको गुआममा आक्रमण गर्ने धम्की र उसका तर्फबाट बारम्बार गरिँदै आएको क्षेप्यास्त्र परीक्षणसँगै चलिरहेको वाक्युद्धलाई लिएर विश्लेषकले चेतावनी दिएका छन् कि यस्तो संवेदनशील समयमा संयुक्त सैनिक अभ्यास गर्नु आगोमा…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

झन्डै नौ महिनाअघि वर्तमान गठबन्धनका तर्फबाट संसद्मा प्रस्तुत गरिएको र बीचबीचमा परिमार्जनसहित अघि बढाइएको नेपालको संविधानमा दोस्रो संशोधन गरियोस् भन्ने प्रस्ताव आवश्यक समर्थन प्राप्त गर्न नसकेपछि सोमबारको संसद् बैठकबाट अस्वीकृत…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

मधुसुधन भट्टराई , काठमाडौं, २९ साउन ।   |   साउन २९, २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले २२ साउनमा नै आयोगका पदाधिकारी अगाडि सनाखत भइसकेकाले अव थप सनाखत गर्नु नपर्ने जवाफसहितको पत्र आयोगलाई बुझाएको छ ।

नेता पुशपति शमशेर राणाले राप्रपा फोडेर २२ साउनमा आफ्नै नेतृत्वमा राप्रपा प्रजातान्त्रिक पार्टी दर्ताका लागि आयोगमा आवेदन दिएका थिए ।
आयोगले दल दर्ताका लागि दिएको निवेदनमा सनाखत गर्न भन्दै २७ साउनमा पशुपतिशमशेर राणाको नाममा पत्र काटेर आफ्नो पक्षमा रहेका भनेका केन्द्रिय सदस्य र सांसदलाई सक्कली नागरिकतासहित आइतबार आयोगको केन्द्रिय कार्यालयमा उपस्थित गराउन निर्देशन दिएको थियो ।

आइतबार आयोगमा आफ्ना नेता कार्यकर्तासहित उपस्थित भएका राणाले यसअघि नै सनाखत भइसकेकाले थप सनाखत गर्नु नपर्ने पत्र आयोगमा बुझाएको केन्द्रीय सदस्य प्रेम बलायरले बताए । ‘यसअघि नै सनाखत भइसकेकाले थप सनाखत गर्नु नपर्ने पत्र आयोगमा बुझायौ,’ केन्द्रिय सदस्य बलायरले नयाँ पत्रिकासंग भने ‘हामीसंग रहेका थप १० केन्द्रीय सदस्य विदेशमा हुनुहुन्छ, त्यसैले उहाँहरुको सनाखतका लागि आयोगसंग १० दिनको समय मागेका छौ ।’

आयोगले राप्रपा प्रजातान्त्रिकलाई थप सनाखत गर्न भन्दै आइतबार बिहान ११ बजे देखि साँझ पाँच बजेसम्मको समय तोककिएकोले त्यो समयमा आवस्यक कागजातसहित उपस्थित हुन भन्दै पत्र काटेको थियो ।

राजनीतिक दल सम्वन्धि विधेयक २०७३ अनुरुप राप्रपा प्रजातान्त्रिकले दल दर्ता भएको प्रमाणपत्र पाउन पार्टी नफुट्दै राप्रपासंग भएका केन्द्रीय समिति रसंसदीय दलका पनि ४० प्रतिशत सदस्यको हस्ताक्षर पु¥याउनु पर्छ ।

निर्वाचन आयोगमा राप्रपाका १५६ केन्द्रिय सदस्य रहेको अभिलेख छ । त्यसको ४० प्रतिशत पु¥याउन ६२ जनाको हस्ताक्षर पु¥याउनु पर्छ । त्यस्तै ३६ जना सांसद छन् । त्यसको ४० प्रतिशत पु¥याउन १४ जनाको हस्ताक्षर चाहिन्छ ।

राणाले राप्रपा प्रजातान्त्रिक दर्ताका लागि २२ साउनमा आयोगमा निवेदन दिदा आयोगमै गराइएको प्रारम्भिक सनाखतमा १८ सांसदसहित ६४ जनाले हस्ताक्षर गरेका थिए । तर राप्रपा सस्थापन पक्षले सनाखत गराएका मध्य ८ जना केन्द्रीय सदस्य नभएको दावी गर्दै पुनः सनाखत गराउनका लागि आयोगमा निवेदन दिएको थियो । त्यसपछि आयोगले प्रस्तावित राप्रपा(प्रजातान्त्रिक)लाई नाम सनाखतका लागि आइतबार बोलाएको थियो ।