बाढीले पार्‍यो देशलाई बेहाल : डुबानमा परेकालाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिँदै - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

शशीधर भण्डारी/नयाँ पत्रिका प्युठान नगरपालिका–३ दैलीसिमलमा खानेपानीको अभाव भएको छ । वर्षा नसकिँदै पानीको संकट परेपछि वडावासी एक गाग्री पानीका लागि रातभर पँधेरोमा बस्न बाध्य छन् । ‘खानेपानी भर्न रातभर…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   साउन २९, २०७४

कैलालीको भजनी नगरपालिका–८ स्थित खैरा, कृष्णनगर, काडाढिक, सोनाफाटा, खल्ला, भ्रतनापुर, दैलेखि टोल, जनकपुर, बाहादुरपुर छछरुवामा अवरिल बर्षासँगै आएको बाढीले करिब एक हजार एक सय ५० घरधुरी पूर्ण रुपमा डुवानमा परेको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ । त्यस्तै, भजनी नगरपालिका–२ स्थित घरुवा, कटकानपुर, पल्टुपुर, मोहनपुर गरी तीन सय ४७ घर धुरी समेत पूर्ण रुपमा डुवानमा परेको र सोही नगरपालिका–६ नवलपुर, थापापुर, बिस्नापुर, बसाहा, खोदाउपुरमका करिब एक हजार घरधुरी आंकिश रुपमा डुवानमा परेकाले प्रभावितहरुलाई सुरक्षित स्थान हुलाकी राजमार्ग र अग्लो स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

तयस्तै, झापाको दमक नगरपालिका–१० स्थित बेतिनी खोलामा आएको बाढीले नदी छेंउमा रहेका करीब २० वटा फुसको छानो भएको कच्ची घरहरु बाढीले बगाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैगरी झापा गाउँपालिका ५, ६ र ७ सनामती गाउँमा बिरिङ खोलामा आएको बाढीले बस्ती डुबानमा पर्दा करिब १२ सय घर डुबानमा परेका छन् ।

मोरङको जहदा गाँउपालिका–३ र ४ स्थित लोहान्द्र खोलामा आएको बाढी गाउँमा पस्दा करिब एक सय ५० घर डुबानमा परेको प्रहरी हेडक्वाटरले जानकारी दिएको छ । उक्त घरका मानिसहरु सोही ठाउँमा रहेको दुर्गा उच्च माध्यामिक बिद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेको पनि प्रहरीले जानकारी दिएको छ । साथै, सोही गाउँपालिका–७ महादेव कोल र भिमपुरमा सोही खोलाको बाढी पसी ४ सय घर डुबानमा परेकाले ५० घरका करीब दुई सय ५० जनालाई सोही स्थानमा रहेको महेन्द्र माध्यामिक बिद्यालयमा राखिएको छ ।

यसैगरी रंगेली नगरपालिका–५ बजारमा बक्राह खोलाको बाढी पसेर करीब २० घर डुबानमा परेको र उक्त घरका मानिसहरुलाई सोही स्थानमा रहेको निचामारी प्राथमिक विद्यालयमा राखिएको छ ।

महोत्तरीको लोहारपट्टी गाउँपालिका–४ स्थित स्टेशन टोलमा १० वटा घर शनिबार डुबानमा परेका छन् । उक्त घरका मानिसहरुलाई प्रहरीले सुरक्षित स्थानमा ल्याएको पनि प्रहरी मुख्यालयले जानकारी दिएको छ ।