सुख्खा बन्दरगाह अध्ययन टोली कञ्चनपुरमा - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

शशीधर भण्डारी/नयाँ पत्रिका प्युठान नगरपालिका–३ दैलीसिमलमा खानेपानीको अभाव भएको छ । वर्षा नसकिँदै पानीको संकट परेपछि वडावासी एक गाग्री पानीका लागि रातभर पँधेरोमा बस्न बाध्य छन् । ‘खानेपानी भर्न रातभर…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

मोहन विष्ट , कञ्चनपुर   |   साउन २९, २०७४

कञ्चनपुरको महाकाली नगरपालिका–१० चाँदनीदोधारामा बन्ने भनिएको सुक्का बन्दरगाह अध्ययन टोली कञ्चनपुर आइपुगेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतकोे नेपाल इन्टरमोडल यातायात विकास समिति अन्तरगत सितरा कन्सल्ट प्रालिको सम्भाव्यता अध्ययन टोली कञ्चनपुर आइपुगेको हो ।

अध्ययन टोलीले सुक्का बन्दरगाह निर्माण स्थल, महाकाली नगरपालिकाका जनप्रतिनिधि र कञ्चनपुर उद्योग वाणिज्य संघका पदाधिकारीसँग छलफल गरेको छ । सम्भाव्यता अध्ययन टोलीका प्रमूख अनिल मरासनीले सुक्का बन्दरगाह निर्माण स्थलमा स्थलगत अध्ययन गरेको बताए । यस्तै निर्माण हुने महाकाली नगरपालिकाका जनप्रतिनिधीसँग भेटघाट गरेर छलफल गरिएको बताए । ‘हामीले निर्माण स्थल र स्थानीय जनप्रतिनिधीसँग छलफल गरेका छौँ, ‘उहाँहरु सकारात्मक हुनुहुन्छ ।’ भेटघाटका क्रममा महाकालीका जनप्रतिनिधिले यथाशिघ्र बन्दरगाह निर्माण गर्न जोडदिएका छन् ।

यसैबीच आइतबार कञ्चनपुर उद्योग वाणिज्य संघ र कैलाली भन्सार कार्यालयसंग पनि छलफल गरेको छ । अध्ययन टोलीका प्रमूख मरासनीले सुक्का बन्दरगाह निर्माणको विषयमा छलफल गरिएको बताए । छलफलमा कञ्चनपुर उद्योग वाणिज्य संघका पदाधिकारीले सुक्का बन्दरगा निर्माणको काममा ढिलाई भइरहेको भन्दै यथाशिघ्र काम अघि बढाउनुपर्नेमा जोडदिएका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष माधवप्रसाद जोशीले बन्दरगाह निर्माण हुन नसक्दा यस क्षेत्रको आर्थिक कारोबारमा समेत घाटा भएको बताए ।

‘यो नाकालाई देशकै वैकल्पिक नाकाको रुपमा विकसित गराउनुपर्छ, ‘उनले भने, ‘भारतसँगको पश्चिमी नाका हो ।’ नाकाबन्दी भएका बेला पश्चिमी नाका बिना अवरोध सञ्चालन भएको बताउदै उनले देशको आर्थिक विकास र समुन्नतका लागि सुक्का बन्दरगाह निर्माणमा जोडदिए । पश्चिममा नाका नहुँदा सुदूरको जटिबुटि पूर्वनेपाल र दिल्ली लगायतको क्षेत्रको बस्तु पूर्बी नाका भएर नेपाल–भारत आयात निर्यात गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

अध्ययन टोलीका सदस्य तथा प्रा.डा.भोजराज अर्यालले नेपालको व्यापार घाटा न्यूनिकरण गर्नका लागि बन्दरगाह निर्माणमा जोडदिए । नाका विस्तार गरेर नेपालको आर्थिक कारोबारमा उनले जोडदिए । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलले महाकालीमा पक्की पुल लगायत सुक्का बन्दरगाह निर्माण हुनुपर्ने बताए । ‘संघले भारतका उद्योगी व्यवसायीसँग बन्दरगाह बारे छलफल गरिसकेको छ, ‘उनले भने, ‘भारतीय उद्योगी व्यवसायीले यसमा सर्मथन जनाएका छन् ।’ सीमा बैठकका समेत सुक्का बन्दरगाह बारे संघले सरोकारवाला सँग पटक पटक छलफल गरेको उनले बताए ।

गत बर्ष तत्तकालिन प्रधानमन्त्री प्रचण्डले उक्त क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा प्रचण्डले सुक्का बन्दरगाह निर्माणको काम अघि बढाइने बताएका थिए । अध्ययन टोलीले छिट्टै सुक्का बन्दरगाहको सरकारलाई प्रतिवेदन बुझाउने जनाएको छ । विस २०५६ सालमा घोषणा गरिएको सुक्का बन्दरगाह निर्माणमा ढिलाई भएको भन्दै यहाँका उद्योगी, व्यवसायी लगायत सरोकारवाला निकायले पटक पटक सरकारसँग विस्तारको माग उठाउदै आएका छन् ।