उपराष्ट्रपतिद्धारा बाढीपहिरो पीडितको उद्धारमा प्रभाबकारी कदम चाल्न सरकारको ध्यानाकर्षण - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

शशीधर भण्डारी/नयाँ पत्रिका प्युठान नगरपालिका–३ दैलीसिमलमा खानेपानीको अभाव भएको छ । वर्षा नसकिँदै पानीको संकट परेपछि वडावासी एक गाग्री पानीका लागि रातभर पँधेरोमा बस्न बाध्य छन् । ‘खानेपानी भर्न रातभर…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौँ   |   साउन २९, २०७४

उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले केहीं दिनदेखि परिरहेको भिषण वर्षाका कारण तराई–मधेसलगायत देशका विभिन्न भागमा बाढी, डुबान, पहिरोबाट भएको ठूलो मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । बाढी, पहिरो तथा डुबानबाट दर्जनौँ मानिसको मृत्यु भएको, बेपत्ता, घाइते भएको, हजारौँ नागरिक विस्थापित तथा यातायात र हवाई क्षेत्र अवरुद्ध हुँदा लाखौं नागरिकको जनजीवन प्रभावित भएको घटनाप्रति उनले दुःख व्यक्त गरेका हुन् । उपराष्ट्रपति पुनले बाढीपहिरो तथा डुबानमा परि ज्यान गुमाउनेहरु र घाइतेहरुको उपचारमा लाग्न सबैसँग आग्रह गरेका छन् ।

राष्ट्रले ठूलो प्राकृतिक प्रकोप भोगिरहेको समयमा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी तराई मधेसमा बाढी र डुबान, पहाडमा पहिरोमा बेपत्ता भएकाहरुको छिटो खोजी गर्न, बाढी पहिरोमा परेका पीडितहरुको यथाशीघ्र उद्धार र पीडितहरुलाई राहत दिलाउन प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले बाढी पहिरोबाट विस्थापितहरुका लागि सुरक्षित आवास, खाद्यान्न र स्वास्थ्य उपचारको राम्रो प्रवन्ध गर्नसमेत ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै, उपराष्ट्रपति पुनले एक नेपालीको दुःखमा पर्दा अर्को नेपालीले सघाउने नेपालीहरुको गौरवपूर्ण संस्कार भएको स्मरण गर्दै बाढी पहिरो पीडितहरुको उद्धार र राहतको काममा सघाउन राजनीतिक पार्टी, विभिन्न संघ संस्था, आम नेपाली जनता र विशेष गरी युवापंक्तिहरुलाई अपील गरे । साथै, बाढी, डुबान र पहिरोको सम्भावित जोखिमप्रति सचेत रहन र पूर्व तयारी अपनाउन सबै देशबासीलाई आग्रह समेत गरेका छन् ।