रौतहट सदरमुकाम गौर जलमग्न, चारफिटभन्दा बढी पानी - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

शशीधर भण्डारी/नयाँ पत्रिका प्युठान नगरपालिका–३ दैलीसिमलमा खानेपानीको अभाव भएको छ । वर्षा नसकिँदै पानीको संकट परेपछि वडावासी एक गाग्री पानीका लागि रातभर पँधेरोमा बस्न बाध्य छन् । ‘खानेपानी भर्न रातभर…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

अशोक पहाडी, रौतहट, २९ साउन   |   साउन २९, २०७४

रौतहट सदरमुकाम गौर पूरै जलमग्न भएको छ । नगरका सबै भू–भागमा चारफिटभन्दा बढी पानी जमेको छ ।
लगातारको वर्षापछि सबैजसो सरकारी कार्यालय डुबानमा परेका छन् । जिल्ला अस्पतालमा पानी जमेका कारण उपचारमा कठिनाई भएको छ । जिल्ला प्रहरी कार्यालय गौर पनि डुबानमा छ । गौरको बिपीचोकदेखि भन्सार एरियासम्म नै पानी जमेको छ ।

 

 

चन्द्रनिगाहपुरस्थित लच्कामा आएको बाढीले यातायात अवरुद्ध रहेको छ । रौतहट र बाराको सीमामा पर्ने धन्सार खोलाको पुलको केही भागसमेत बाढीले बगाएको छ ।

शनिबार साझबाट रौतटहमा नेपाल टेलिकम र एनसेललगायत सञ्चारका साधन नचलेका कारण क्षतिको अन्य विवरण संकलन गर्न पनि समस्या भइरहेको छ । आज बिहान १० बजेबाट पानी रोकिएको भए पनि उत्तरी भेगको पानी बगेर दक्षिणी भेगमा जाने क्रम जारी छ ।

लालबकैया खोला र बागमती नदीमा आएको बाढीका कारण तीव्र रूपमा कटान भइरहेको छ । उच्चबिन्दुमा बहाबमा रहेको लालबकैयाले करुनिया र देवाहीसहित आधा दर्जन स्थानका तटबन्ध भत्काएको छ । गौर–चन्द्रनिगाहपुर सडकखण्डको सखुअवामासमेत बाढीले १० मिटर सडक कटान गरेको प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए ।

शनिबार बाँध भत्किएपछि आएको बाढीबाट जोगिन देवाही वडा नंं ८ मा रहेको एक घरमा बसेका दुई सयभन्दा बढी स्थानीयलाई अझैसम्म पनि उद्धार गर्न सकिएको छैन । उनीहरूलाई सुरक्षित स्थानमा लैजान अप्ठ्यारो भइरहेको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए ।

यस्तै, परोहा गाउँपालिकास्थित करुनिया गाउँनजिक भएर बग्ने लालबकैयाको पूर्वी बाँध आज भत्किएको छ । जसका कारण त्यसभेगको अवस्था पनि कष्टकर बनेको छ । गौर–गंगापिपरा सडकखण्डको दूर्गा भगवती गाउँपालिकाको सडक गएरातिदेखिनै अवरुद्ध छ भने मत्सरी, पचरुखी, सरुअठा, गंगापिपरा, भलोहिया, बडहर्वालगायतका गाउँमा एक सयभन्दा बढी घर डुबानमा परेका छन् ।

 

 

परोहा गाउँपालिकाकै बसन्तपटी, इनरवारी, इशनाथ गाउँपालिकाको बन्जरहा, औरैया, बैरिया, राजपुर, बौधीमाई, गुजरा, माधवनारायण, गढिमाई, वृन्दावन, विजयपुर, कटहरियासहित गरुडा नगरपालिकाका सबै वडा, चन्द्रपुर नगरपालिकाका केही वडा पनि डुबानमा छन् ।

गौर–चन्द्रनिगाहपुर र पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । बाढीमा फसेकाहरूको उद्दार गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा डुंगासहितका पौडीबाज विभिन्न स्थानमा खटिएका छन् ।