मकवानपुरमा पहिरोले एकै परिवारका ७ जनाको मृत्यु - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

शशीधर भण्डारी/नयाँ पत्रिका प्युठान नगरपालिका–३ दैलीसिमलमा खानेपानीको अभाव भएको छ । वर्षा नसकिँदै पानीको संकट परेपछि वडावासी एक गाग्री पानीका लागि रातभर पँधेरोमा बस्न बाध्य छन् । ‘खानेपानी भर्न रातभर…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

सुदीप शिवाकोटी, मकवानपुर, २९ साउन   |   साउन २९, २०७४

मकवानपुर पूर्वीक्षेत्रमा पर्ने बकैया गाउँपालिका –१० (साविकको मन्थली गाविस–२, अम्बासबेसी) मा आइतबार सेरोखोलानजिक पहिरोले घर बगाउँदा एउटै परिवारका ७ जना पुरिएका छन् । एकजनाकाे शव भेटिएकाे छ भने अरू सबैकाे पनि मृत्यु भएकाे अाशंका गरिएकाे छ ।

वडा अध्यक्ष सोम तिमल्सिनाले पहिरोले बगाएर हिलोमा ढुवेको अवस्थामा घरभन्दा तल रहेको खोलाकिनारमा एक बच्चाको शव फेला परेको जानकारी दिए । तर, उनको परिचय अहिलेसम्म खुल्न सकेको छैन । बेपत्ता भएकाहरू ५० वर्षीय मंगलसिंह न्यासुर, पत्नी, एक छोरा र ४ छोरी छन् ।

बिहान गाउँले उठ्दा न्यासुरको घर नै नदेखेपछि गाउँमा त्रास फैलिएको थियो । न्यासुरको घर अन्य घरभन्दा केही पर एकलासको ठाउँमा रहेको तिमल्सिनाले बताए । स्थानीयले बिहान करिब ५ बजे न्यासुरको घर नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । घरका ६ जना बेपत्ता रहेको ठिंगन प्रहरी चौकीले जानकारी दिएको छ ।

परिवारसँगै एक हल गोरु, ४ वटा बाख्रा, २ वटा दुहुनो भैंसी र घरमा भएका सबै सम्पत्ती बगेको स्थानीयले बताएका छन् । सवारीसाधन जान नसक्ने सो क्षेत्रमा प्रहरी निरीक्षक कुशराम कार्कीको कमान्डमा ७ जना प्रहरी उद्धारका लागि गएका छन् । पानी परिरहेकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

 

 

बाढीले ४ घर बगायो, सय बढी ढुबान
मकवानपुरको पश्चिमी व्यापारिक क्षेत्र मनहरी गाउँपालिका –६ को प्रतापपुरमा ४ घर बाढीले बगाएको छ ।
स्थानीयले जनाएअनुसार एक सयभन्दा बढी घर डुबानमा परेका छन् । पानी परिरहेकाले अरु घर पनि जोखिममा रहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

 

 

त्यसैगरी, मनहरी गाउँपालिका–५ दमारमा पनि चौंराहा खहरेमा आएको बाढीले खेतबारी बगाएको तथा अधिकांश घरमा बाढी पसेको स्थानीय भीमबहादुर मिजारले जानकारी दिए । सो क्षेत्रमा हालसम्म मानवीय क्षति नभए पनि अधिकांश क्षेत्र जलमग्न रहेको स्थानीय गोविन्द रिजालले बताए ।

 

 

सशस्त्रको बेस क्याम्प र प्रहरीको चौकी ढुबानमा
अविरल वर्षाका कारण हेटौँडा–८ मा रहेको सशस्त्र प्रहरी बलको बेस क्याम्प र हेटौँडा–६ चौघडामा रहेको प्रहरी चौकी ढुवानमा परेको छ ।
हेटौँडा–४ कर्रा खोलाको बहाव बढेपछि खोलानजिक रहेको बेस क्याम्प पूर्ण रूपमा डुबानमा परेको हो । भवन डुबानमा परे पनि धनजनको क्षति भएको छैन ।