जलेश्वर जलमग्न, दर्जनौ सरकारी कार्यालय डुबानमा - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

०५३ सालमा खाद्यान्न अभावका कारण सिडिओसँग चामल पाऊँ भनेर बिन्ती बिसाउन पुगेकी कमलकुमारी शाहीलाई तत्कालीन सिडिओ लीलानिधि कोइरालाले टेरेनन् । सिडिओसँगको विवादपछि प्रशासन कार्यालयले उनको झुप्रोसमेत उठिवास लगाउने असफल प्रयास…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

राष्ट्रपति सि जिनपिङको पाँच वर्षको शासनकालमा चीन सम्पन्न र बढी शक्तिशाली भएको छ । तर, यस प्रगतिबाट आमचिनियाँको जनजीवनमा कति प्रभाव परेको छ ? चीनको सबैभन्दा शक्तिशाली निर्णयकर्ता आगामी साता…
पूरा पढ्नुहोस् »

नेपाल फिफा वरीयतामा एक स्थान ओरालो लागेको छ । फिफाले सोमबार अक्टोबरको वरीयता सार्वजनिक गर्दा नेपाल १ सय ७६औँ स्थानमा सीमित भएको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ७५औँ…
पूरा पढ्नुहोस् »

नेपालमा सुनचाँदीलाई ‘नगदसरहको सम्पत्ति’का रूपमा लिइन्छ । पहेँलो र सेतो धातुलाई ‘सुरक्षित लगानी’का रूपमा पनि लिइने गरिएको छ । त्यसैले यसको व्यवसाय क्रमिक रूपमा बढ्दै गइरहेको छ । अझ नेपालजस्तो…
पूरा पढ्नुहोस् »

०५३ सालमा खाद्यान्न अभावका कारण सिडिओसँग चामल पाऊँ भनेर बिन्ती बिसाउन पुगेकी कमलकुमारी शाहीलाई तत्कालीन सिडिओ लीलानिधि कोइरालाले टेरेनन् । सिडिओसँगको विवादपछि प्रशासन कार्यालयले उनको झुप्रोसमेत उठिवास लगाउने असफल प्रयास…
पूरा पढ्नुहोस् »

राजनीतिक दलहरूको निर्णय प्रक्रिया, त्यसमा कार्यकर्ताको सहभागिता, व्यवस्थापनलगायत पक्षबाट हेर्‍यो भने नेपाली लोकतन्त्र परिपक्व हुन अझै केही दशक लाग्ने देखिन्छ । आइतबार निर्वाचन आयोगमा समानुपातिकतर्फबाट प्रतिनिधिसभामा उम्मेदवार बन्न चाहनेहरूको सूची…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

रंजन भण्डारी , महोत्तरी, २९ साउन ।   |   साउन २९, २०७४

तीन दिनदेखि परेकाे अविरल वर्षाले जिल्ला सदरमुकाम जलेश्वर पुरै जलमग्न भएकाे छ । यहाँका अधिकांश सरकारी कार्यालय डुबानमा परेका छन्र ।

सदरमुकामस्थित जिल्ला प्रसासन कार्यालय, सरकारी वकिलको कार्यालय, जिल्सला अदालत, शस्त्र क्याम्प, जिल्ला समन्वय समिति, अनुसन्धान, प्रजिअ निवास, जलेश्वर अस्पताललगायतका दर्जनौ कार्यालयकाे तल्लो तल्लाको सम्पूर्ण कोठामा पानी पस्दा विभिन्न कागजातहरु भिजेको प्रहरीले जनाए ।
यता कारागारभित्रै चार फिटभन्दा माथि पानी पस्दा कैदी बन्दीहरुको ज्यान नै जोखिममा परेको छ ।

 

यस्तै दरमुकामस्थित दुर्गाचोक, बुद्धिजीवीचोक, नगरपालिकाचोक, खैराचोकलगायतको स्थानमा दुईदेखि चार फिटसम्म पानी जमेको छ भने, जलेश्वर नगरपालिकाका सबै वडामा पानी पसेपछि सयौ परिवार विस्थापित भएका छन ।

यता दैवी प्रकोप उद्धार समितिको अहिले एक बजे आकस्मिक बैठक बस्ने प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले बताए । उनले जिल्लाको करिव ७० प्रतिशत बस्ती डुवानमा छ । डुबानमा परेकाहरुलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले शनिबारदेखि उद्धारमा लागेको छ ।

 

लोहारपटटीमा बस्तीभित्रै पानी पसेपछि स्थानीयहरु रुख र स्काभेटरमा चढेर ज्यान जोगाएहरुको स्थानिय र प्रहरीको सहयोगमा उनीहरुको उद्धार गरिएको छ । यो क्षेत्रमा रातीसम्म २६ घर पूर्ण क्षतिग्रस्त भएका छन् भने, सात चौपाया मरेका छन् ।

यता रातीदेखि बढ्दै गएको पानीले बदिया बन्चौरी, लोहारपटटी, बल्वा, मनरा, पिपरा, धिरापुर, मटिहानी, मलिवार, पिगौना लगायताका दुई दर्जनभन्दा बढी गाउँ र नगरहरु पूर्ण डुवानमा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, जनशक्ति पूर्ण रुपमा परिचालन गरिएको बताउदै वाढी प्रभावितहरुलाई सक्दो सुख्खा स्थान तिर सर्न अपिल गरेका छन ।

बाटोहरु सबै अवरुद्ध

बढीले महोत्तरीका मुख्य तथा सहायक मार्गहरु पुर्णरुपमा बन्द छन् । पूर्व–पश्चिम राजमार्गको बर्दिवासस्थित रातो पुल शनिबर साझ नै भासिएपछि ठुलो सवारी साधन चल्नमा रोक लगाईएको छ ।

विपी राजमार्ग पनि अवरुद्ध

निरन्तरको वर्षाले बर्दिवास देखि सिन्धुली तिर जाने विपी राजमार्गमा पर्ने महोत्तरीकै पाटु कालापानीमा तीन स्थानमा पहिरो जाँदा बाटो अवरुद्ध भएको छ । प्रहरीले पहिरो पन्छाई बाटो खुलाउन प्रयास गरेको भएपनि अहिलेसम्म बाटो खुल्न सकेको छैन् ।

सुरक्षा दिने निकाय आफै डुबानमा

महोत्तरीका सबै सुरक्षा दिने निकाय डुवानमा परेको छ । सदरमुकामस्थित प्रकौली व्यारेक परिसरमै पानी तिन फिटभन्दा माथि पसेको छ । कार्यालय परिसरमै चार फिट भन्दा बढी पानी पस्दा प्रहरी कार्यालय भित्रको मुद्दा फाट, थुनुवा,संचार महिला तथा वालवालिका सेवा केन्द्र डुवेको छ ।