लिभरपुल रोकियो, आर्सनलको जित - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । गोविन्द आचार्यले ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । आचार्य…
पूरा पढ्नुहोस् »

अभिनेता एवं निर्देशक रमेश बुढाथोकी विगत साढे तीन दशकदेखि कलाकारितामा अनवरत छन् । ०३७ सालदेखि आफ्नै लेखन, निर्देशन र अभिनयमा नाटक मञ्चन सुरु गरेका उनले त्यसपछि थुप्रै नाटक गरे ।…
पूरा पढ्नुहोस् »

धन कमाउने सपना पालेर विदेश गएका उनी रित्तो हात घर फर्किए । विदेशबाट फर्किएपछि के गर्ने भन्दै अलमलमा परेका उनलाई सैलुन व्यावसाय गर्ने सोच आयो बानपा—२ का २७ वर्षका राजन…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरि युद्ध गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्ध शुरु गर्ने चेतावनी…
पूरा पढ्नुहोस् »

माल्दिभ्समाथि सानदार जित हात पार्दै नेपाल साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले पराजित गरेर अन्तिम चारमा…
पूरा पढ्नुहोस् »

यतिखेर हामी संघीयता कार्यान्वयन र प्रशासनिक पुनः संरचनाको जटिल मोडमा छौँ । यस्तो अवस्थामा सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ । अझ राजनीतिक प्रणाली सञ्चालनको मुख्य अवयवका रूपमा रहेका राजनीतिक नेतृत्व…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

ऊर्जा मन्त्रालय, विद्युत् विकास विभागले फेरि एकपटक झोलाम खोला राखेर हिँड्नेलाई ३५ दिनभित्र निर्माण प्रक्रिया अघि नबढाए कारबाही गर्ने बताएको छ । विद्युत् उत्पादन गर्छु, लगानी जुटाउँछु भनेर निर्माणका लागि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   साउन २९, २०७४

लिभरपुल प्रिमियर लिगको सुरुवाती खेलमै बराबरीमा रोकिएको छ । शनिबार भएको आफ्नो पहिलो खेलमा लिभरपुललाई वाटफोर्डले ३–३ को बराबरीमा रोकेको हो ।

सम्हालिन सकेन लिभरपुल
खेलको आठौँ मिनेटमा स्टेफिनो ओकाकाले गोल गर्दै वाटफोर्डलाई सुरुवाती अग्रता दिलाए । तर, २९औँ मिनेटमा साडियो मानेले गोल गरेपछि लिभरपुल बराबरी गर्न सफल भयो । तीन मिनेटपछि वाटफोर्डले दोस्रोपटक अग्रता लियो । अब्दोलाये डाउकोरले ३२औँ मिनेटमा गोल गरेर वाटफोर्डलाई २–१ ले अघि बढाए । ५५औँ मिनेटमा रोबर्टाे फिर्मिनोले पेनाल्टीमार्फत गोल गरेर खेललाई २–२ को बराबरीमा ल्याए । मोहमद सलाहले ५७औँ मिनेटमा अर्काे गोल गरेपछि लिभरपुलले खेलमा ३–२ को अग्रता लियो । तर, दोस्रो हाफको इन्जुरी टाइममा वाटफोर्डका मिग्युल ब्रिटेनले गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याउँदा लिभरपुल स्तब्ध बन्यो ।

सात गोलको रोमाञ्चकता
इंग्लिस प्रिमियर लिगको उद्घाटन खेलमा आर्सनलले रोमाञ्चक जित हात पारेको छ । आर्सनलले अंकतालिकामा सुरुवाती अग्रता लिने क्रममा लेस्टर सिटीलाई ४–३ ले हराएको हो ।

खेलको ९४औँ सेकेन्डमा अलेक्जान्द्रे लाकाजेट्टेले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । तर, आर्सनलको अग्रता २ मिनेट पनि टिक्न सकेन । पाँचौँ मिनेटमा लेस्टरका सिन्जी अकाजाकीले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए । २९औँ मिनेटमा जिमी भार्डीले गोल गर्दै लेस्टरलाई २–१ ले अघि बढाए । भार्डीले मार्क अलब्राइटनको क्रसमा गोल गरेका थिए । तर, पहिलो हाफको इन्जुरी टाइममा आर्सनलले खेललाई बराबरीमा ल्याउन सफल भयो ।

५६औँ मिनेटमा भार्डीले व्यक्तिगत दोस्रो गोल गरेपछि लेस्टरले अग्रता ३–२ मा पु¥याएको थियो । ८३औँ मिनेटमा आर्सनल फेरि बराबरी गोल फर्काउन सफल भयो । आर्सनलका लागि आरोन राम्सेले मेसुज ओजिलले मिहिनेत गरेर उपलब्ध गराएको पासमा आर्सनलका लागि तेस्रो गोल गरेका थिए । दुई मिनेटपछि ओलिभर जिरुडले अर्काे गोल गरेपछि आर्सनलले खेलमा ४–३ को अग्रता लिएको थियो । जिरुडले ग्रानिट जाकाको कर्नरमा गरेको गोल निर्णायक बन्दा आर्सनलले रोमाञ्चक जित निकालेको हो ।

खेल तथ्य
प्रिमियर लिगको उद्घाटन खेलमा सात गोल भएको यो छैटौँपटक हो । प्रिमियर लिगको पहिलो खेलमा सातभन्दा बढी गोल हुन भने सकेको छैन । आर्सनल लेस्टरसँग २२ खेलमा अपराजित छ । २२ मध्ये आर्सनलले १५ खेलमा जित निकाल्दा सात खेल बराबरीमा सकिएको छ । अलेक्जान्द्रे लाकाजेट्टे प्रिमियर लिगमा पहिलो प्रहारमै गोल गर्न सफल भए । उनी दोस्रोपटक बल छुँदा सफल हुने पहिलो खेलाडी बने । लाकाजेट्टे आर्सनलका लागि प्रिमियर लिगमा डेब्यु खेलमा गोल गर्ने छैटौँ खेलाडी बन्न सफल भए । लेस्टरका जिमी भार्डीले प्रिमियर लिगका पछिल्ला पाँच खेलमा पाँच गोल गरे ।

आर्सनलको हार टर्‍यो

आर्सनलले पछिल्ला पाँच सिजनमध्ये एक खेलमा मात्र जित निकालेको थियो । पाँचै खेल आर्सनलले घरेलु मैदानमा खेलेको थियो । त्यसैले सिजनको सुरुवात पनि खराब हुने डर आर्सनललाई थियो । डरअनुरूप आर्सनल खेलको ८३औँ मिनेटसम्म खेलमा पछि परेको थियो । सुरुवातमै अग्रता लिए पनि आर्सनलमाथि लेस्टरले लगातार दबाब बनाएको थियो ।

अघिल्लो सिजन खराब प्रदर्शन गरेको आर्सनललाई यो सिजन राम्रो प्रदर्शन गर्नुपर्ने दबाब रहँदा प्रशिक्षक आर्सेन वेंगर हतारिएका थिए । अघिल्लो सिजन आर्सनल शीर्ष चारमा रहन असफल भएको थियो । यो नतिजा पछिल्लो २० वर्षकै खराब हो । अनुभवी खेलाडीद्वय राम्से र जिरुडले गोल गरेपछि आर्सनल पहिलो खेलको सम्भावित हार टार्न सफल भएको हो । खेलमा पछि परेको अवस्थामा राम्से र जिरुडले गोल गरेर आर्सनलले जितेको यो पछिल्लो पाँच वर्षमा चौथोपटक हो ।