यसकारण आवश्यक छ नदीमाथिको बहस - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । गोविन्द आचार्यले ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । आचार्य…
पूरा पढ्नुहोस् »

अभिनेता एवं निर्देशक रमेश बुढाथोकी विगत साढे तीन दशकदेखि कलाकारितामा अनवरत छन् । ०३७ सालदेखि आफ्नै लेखन, निर्देशन र अभिनयमा नाटक मञ्चन सुरु गरेका उनले त्यसपछि थुप्रै नाटक गरे ।…
पूरा पढ्नुहोस् »

धन कमाउने सपना पालेर विदेश गएका उनी रित्तो हात घर फर्किए । विदेशबाट फर्किएपछि के गर्ने भन्दै अलमलमा परेका उनलाई सैलुन व्यावसाय गर्ने सोच आयो बानपा—२ का २७ वर्षका राजन…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरि युद्ध गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्ध शुरु गर्ने चेतावनी…
पूरा पढ्नुहोस् »

माल्दिभ्समाथि सानदार जित हात पार्दै नेपाल साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले पराजित गरेर अन्तिम चारमा…
पूरा पढ्नुहोस् »

यतिखेर हामी संघीयता कार्यान्वयन र प्रशासनिक पुनः संरचनाको जटिल मोडमा छौँ । यस्तो अवस्थामा सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ । अझ राजनीतिक प्रणाली सञ्चालनको मुख्य अवयवका रूपमा रहेका राजनीतिक नेतृत्व…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

ऊर्जा मन्त्रालय, विद्युत् विकास विभागले फेरि एकपटक झोलाम खोला राखेर हिँड्नेलाई ३५ दिनभित्र निर्माण प्रक्रिया अघि नबढाए कारबाही गर्ने बताएको छ । विद्युत् उत्पादन गर्छु, लगानी जुटाउँछु भनेर निर्माणका लागि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   साउन २९, २०७४

वरिष्ठ पर्यटन व्यवसायी एवं नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आले बाग्मती सफाइ अभियानका एक अग्रणी अभियन्ता हुन् । सन् १९९१ मा अल्टिमेट डिसेन्ट्स नेपाल स्थापना गरी पर्यटन क्षेत्रमा सक्रिय आले नेपालका पाका रिभर गाइड पनि हुन् । नेपालमा र्‍याफ्टिङलाई व्यावसायिक गति दिएर पर्यटन आकर्षणको एक माध्यम बनाउन भूमिका खेलेको आले पछिल्लो समय देशभरका नदीहरू संरक्षण गर्दै नदीलाई पर्यटकीय प्रडक्टका रूपमा स्थापित गर्ने अभियानमा छन् । नदीमाथिको मानवीय अतिक्रमण र यसले निम्त्याएको विनाशबाट चिन्तित आले नेपालमा अहिलेसम्म नदीको संरक्षण र सदुपयोगबारे बहस नै नभएको बताउँछन् । उनले नदीमाथि बहस हुनुपर्ने आधारलाई यसरी प्रस्तुत गरे :

मेघ आले

अध्यक्ष, नेपाल नदी संरक्षण संस्था

दोहन होइन, सदुपयोग गरौँ
उपयोगिता र आवश्यकताका आधारमा नदी पृथ्वीका रक्तनली हुन् । जसरी मानव शरीरमा रहेका रक्तनलीले शरीरलाई जीवन्त बनाउन भूमिका खेलेका छन्, त्यसैगरी एक–एक नदीले पृथ्वीलाई जीवन्त बनाइराखेका हुन्छन् । अर्कोतर्फ नदीको महत्व मानव सभ्यतासँग पनि जोडिएको छ । आजसम्म जति पनि मानव सभ्यताको विकास भएको छ, त्यसको आधार नदी र त्यसको किनार हो । त्यसकारण भनिन्छ, जब नदी विनाश हुन्छ, त्यससँगै मानव सभ्यता पनि समाप्त हुन सक्छ । त्यसकारण नदीको उपयोग नै नगर्ने भन्ने सन्दर्भ आउँदैन । यसलाई उपयोग गर्न सकिन्छ, दोहन मात्र गर्न मिल्दैन । नदीको संरक्षण र सदुपयोग सँगसँगै लैजानुपर्छ ।

जलपर्यटनका दृष्टिबाट संसारकै उत्कृष्ट
संसारमा जल पर्यटनको क्षेत्रमा सक्रिय विज्ञ–विशेषज्ञले स्वीकार गरिसकेको तथ्यअनुसार नेपाल साहसिक पर्यटकीय गतिविधि जल पर्यटनका दृष्टिकोणबाट संसारकै उत्कृष्ट गन्तव्य हो । जसले नेपालका नदीमा कायाकिङ र र्‍याफ्टिङ गरेका छन्, जसले यात्राका दौरान बग्दै गरेका नदीहरू देखेका छन्, उनीहरूको दृष्टिमा नेपालका नदी संसारमै उत्कृष्ट मानिन्छन् । नेपालका नदीको मुख्य विशेषता ‘क्लिन’ र ‘ह्वाइट वाटर’ हो । नेपालमा धेरैजसो नदीको मुहान हिमालय क्षेत्र हो । तर, यहाँ समुद्री सहतबाट १२ सय मिटरभन्दा तलबाट र्‍याफ्टिङ गरिन्छ । यसवेलासम्म नदीमा तापक्रम बढिसकेको हुन्छ । त्यसकारण यी नदीमा हुने हरेक पर्यटकीय गतिविधि उत्कृष्ट मानिन्छन् ।

सन्तुलित विकासको अवधारणाको खाँचो
नेपालका नदीको विशेषता र महत्वबारे हामी सबै जानकार छौँ । तर, प्रवृत्ति भने माल पाएर चाल नपाएकोजस्तो छ । नेपाल प्राकृतिक रूपमा यति सम्पन्न छ कि भएका सम्पदा नबिगार्दा मात्र पनि नेपाल सधैँभरि सुन्दर नै रहन्छ । तर, हामीले कहिल्यै पनि सन्तुलित विकासको अवधारणामा काम नै गर्न सकेनौँ । नदीको सन्दर्भमा पनि यही लागू हुन्छ । उदाहरणका लागि नेपालको त्रिशूली नदी नेपाल आउने ८० प्रतिशत पर्यटक र काठमाडौं आउने सबै नेपालीले देखेर आनन्द लिने नदी हो । किनकि यही नदीलाई आधार बनाएर मुख्य राजमार्ग बनाइएको छ । यति महत्वपूर्ण नदीबाट निरन्तर ढुंगा, गिटी, बालुवा निकालिएको छ । जसले गर्दा यसको सुन्दरता बिग्रिएको छ । पानी धमिलिएको छ ।

काठमाडौंको गल्ती अन्य सहरले नदोहोर्‍याउन्
नेपालमा संघीय संरचनाअनुसार निर्वाचन भएर स्थानीय तहमा सरकारहरूले काम गर्न थालिसकेका छन् । अब उनीहरूको प्राथमिकतामा नदी संरक्षण र यसका माध्यमबाट पर्यटकीय गतिविधि बढाउने हुनुपर्छ । काठमाडौंको गल्ती अन्य सहरले दोहोर्‍याउनुहुँदैन । किनभने अब बाग्मती या विष्णुमति कहिल्यै पनि नदी बन्न सक्दैनन् । यी नदीमाथि मानिसले चरम अतिक्रमण गरिसके । यी नदी अब सुन्दर र सफा नाला बन्न सक्छन् । तर, प्राकृतिक नदीको विशेषताभित्र यी नदी पर्दैनन् । जब मानिसले नदीको प्राकृतिक अधिकारलाई प्रभावित बनाउँछ, स्वाभाविक रूपमा त्यसले विनाश निम्त्याउँछ । यसमा अब बन्ने सहरहरू सचेत हुनुपर्छ ।

लालपुर्जामाथि नदी बग्नु विडम्बना
अलिकति पानी धेरै पर्‍यो भने बस्तीहरू डुबानमा पर्न थाल्छन् । घर र खेत डुबेपछि एकातर्फ जनधनको क्षति हुन्छ भने अर्कोतर्फ बालीनाली विनाश हुन्छ । वास्तवमा हामीले नदीमाथि यति धेरै अतिक्रमण, शोषण र बलात्कार गर्‍यौँ कि अहिले लालपुर्जामाथि नदी बग्न थालेका छन् । अर्थात् नदीका किनारहरूमा घर बने, नदीको प्राकृतिक बहाबलाई हामीले प्रभावित गरिदियौँ । जब उसले प्राकृतिक रूपमा बग्न पाउने अधिकार खोज्न थाल्छ, त्यसपछि मानव बस्तीमा विनाश हुन्छ । त्यसकारण नदीलाई नदीकै रूपमा छाडौँ, यसबाट फाइदा लिऔँ, तर उसको अधिकार अतिक्रमण गरेर आफ्नै विनाशको कारक नबनौँ ।

विकासको आधार नदीलाई मानौँ
नदीले मानिस र समाजको सभ्यता झल्काउँछ । हाम्रो घर अगाडि बग्ने नदीले हामी कस्ता नागरिक भन्ने परिचय दिन्छ । जब नदी रोगी हुन्छ, मानिस रोगी हुन्छन् । नदीहरू अतिक्रमणमा परेपछि वातावरण बिग्रन्छ । वातावरण बिग्रेपछि पर्यावरणीय चक्रमा असर गर्छ । अन्ततः यसले सभ्यतामाथि नै प्रश्न चिह्न उब्जाउँछ । यसको मतलव अब हामीले विकासको आधारलाई नदी बनाउनुपर्छ । नेपाललाई अहिले ठूलो अवसर प्राप्त भएको छ । हामी गाउँ–गाउँबाट विकासको लहर ल्याउने क्रममा छौँ । व्यवस्थित र वातावरण संरक्षण गर्दै विकास गर्नुपर्छ भन्ने सन्दर्भमा बहस सुरु भएको छ । नदीको अति दोहन गरेर तत्काल पैसा कमाउने होइन, यसको सुन्दरता बेचेर दीर्घकालीन रूपमा पर्याप्त आम्दानी गर्नेतर्फ हाम्रो विकासका गतिविधि केन्द्रित हुनुपर्छ ।

६ हजार नदीमध्ये एउटा नदीलाई नछुँदा के हुन्छ ?
संसारमा सबैभन्दा बढी जनविद्युत् उत्पादन गर्ने मुलुकले आफ्नो मुलुकका केही महत्वपूर्ण नदीलाई भने उसको प्राकृतिक बनावटअनुसार संरक्षण गरेर राखेका छन् । उदाहरणका रूपमा नर्बे, अस्ट्रेलिया, अमेरिकाजस्ता मुलुकमा जलविद्युत् आयोजनाका लागि ठूल्ठूला बाँध बाँधिएको भए पनि केही नदी भने संरक्षण गरेर राखिएको छ । हामीले पनि कैलाश पर्वतबाट बगेर भारतको गंगा नदीसम्म पुग्ने नदीलाई संरक्षण गरी धार्मिक पर्यटन प्रवद्र्धनमा उपयोग गर्न सक्छौँ । नेपालमा ६ हजार नदी छन् र यसबाट ८३ हजार मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने प्रक्षेपण छ । ठूलो नदी देख्यो कि ठूलै बाँध र ठूलै कमिसन सम्झने प्रवृत्ति त्यागेर नदी संरक्षणको बहस कहिले सुरु हुन्छ ?

वन जोगाउन राष्ट्रिय निकुञ्ज–नदी जोगाउने निकुञ्ज खोइ ?
नेपालमा वनजंगललाई समृद्धिको आधार मान्दै यसको संरक्षणका लागि ठूलो लगानी भइरहेको छ । यसक्रममा राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्र घोषणा गरिएको छ । तर, नदी र पानीविना जीवन सम्भव छैन भने नदी संरक्षण गर्ने निकुञ्ज कहाँ छ ? नेपालको राजनीतिक नेतृत्वले नदीको उपयोगबाट समृद्धि आउँछ भन्ने सोचेकै छैन । त्यसकारण त्यसका लागि ठोस नीति बन्न सकेका छैनन् । नदीमाथिको अतिक्रमण र यसबाट हुने विनाश रोक्ने हो भने नदीमाथि बहस सुरु हुनुपर्छ ।

अबको युद्ध पिउने पानीका लागि हुनेछ
भनिन्छ, संसारमा अब युद्ध भयो भने पिउने पानीका लागि हुनेछ । त्यसवेला नेपालजस्ता मुलुक सबैभन्दा प्राथमिकतामा रहनेछन् । तर, नेपालले आफूसँग भएको यति ठूलो सम्पदालाई पनि संरक्षण गर्नेतर्फ कुनै पहल थालेको छैन । हामी पिउने पानीको मुहान हौँ । नेपाल हिमालको देश हो । जब तापक्रम वृद्धि र वातावरण परिवर्तनको बहस सुरु हुन्छ त्यसवेला नदीहरू किन प्राथमिकतामा पर्दैनन् ? जबसम्म हरेक मानिसले नदीको महत्व बुझ्न थाल्छन्, यसलाई मानिसको जीवन आधारका रूपमा स्वीकार गर्छन्, त्यसवेला स्वाभाविक रूपमा नदी संरक्षणका लागि काम सुरु हुनेछन् । तर, त्यतिन्जेल समय घर्किसकेको हुनु हुँदैन । उदाहरणका लागि काठमाडौंवासीले अहिले बागमती र विष्णुमतीको महत्व बुझेका छन्, तर यी नदी अब प्रकृतिले सिर्जना गरेको बागमतीका रूपमा कहिल्यै पनि देख्न पाइनेछैन ।