विश्व अर्थ : डिजिटल प्रविधिबाट चीनले लिएको फाइदा - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

भारतले १९५० को नेपाल–भारत सन्धिअनुसार हाल चलिरहेको दोक्लाम विवादमा नेपालसँग समर्थन माग्न लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा हुने वान अन वान (एक्लाएक्लै)…
पूरा पढ्नुहोस् »

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । गोविन्द आचार्यले ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । आचार्य…
पूरा पढ्नुहोस् »

अभिनेता एवं निर्देशक रमेश बुढाथोकी विगत साढे तीन दशकदेखि कलाकारितामा अनवरत छन् । ०३७ सालदेखि आफ्नै लेखन, निर्देशन र अभिनयमा नाटक मञ्चन सुरु गरेका उनले त्यसपछि थुप्रै नाटक गरे ।…
पूरा पढ्नुहोस् »

धन कमाउने सपना पालेर विदेश गएका उनी रित्तो हात घर फर्किए । विदेशबाट फर्किएपछि के गर्ने भन्दै अलमलमा परेका उनलाई सैलुन व्यावसाय गर्ने सोच आयो बानपा—२ का २७ वर्षका राजन…
पूरा पढ्नुहोस् »

विश्व अर्थ – भारतीय अर्थतन्त्रमा पछिल्लो समय निकै शंकास्पद बनेको मुख्य विषय भनेको उत्पादन क्षेत्रको उत्पादकत्वको वास्तविक अवस्था हो । सन् २००८ मा विश्वव्यापी आर्थिक मन्दी आउनुभन्दा पहिले नै भारतमा…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरि युद्ध गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्ध शुरु गर्ने चेतावनी…
पूरा पढ्नुहोस् »

माल्दिभ्समाथि सानदार जित हात पार्दै नेपाल साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले पराजित गरेर अन्तिम चारमा…
पूरा पढ्नुहोस् »

यतिखेर हामी संघीयता कार्यान्वयन र प्रशासनिक पुनः संरचनाको जटिल मोडमा छौँ । यस्तो अवस्थामा सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ । अझ राजनीतिक प्रणाली सञ्चालनको मुख्य अवयवका रूपमा रहेका राजनीतिक नेतृत्व…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

ऊर्जा मन्त्रालय, विद्युत् विकास विभागले फेरि एकपटक झोलाम खोला राखेर हिँड्नेलाई ३५ दिनभित्र निर्माण प्रक्रिया अघि नबढाए कारबाही गर्ने बताएको छ । विद्युत् उत्पादन गर्छु, लगानी जुटाउँछु भनेर निर्माणका लागि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   साउन २९, २०७४

विगत चार दशकको अवधिमा चीन न्यून ज्यालाका (अदक्ष) कामदार आपूर्ति गर्ने राष्ट्रको सूचीबाट तीनवटा महत्वपूर्ण पक्षमा विकास गरी जर्मनी र संयुुक्त राज्य अमेरिकाकै दर्जामा पुगेको छ । बढ्दो व्यावसायिक ऋण, जुन अहिले पनि कुल गार्हस्थ उत्पादनको करिब १ सय ७० प्रतिशतको हाराहारीमा रहेको छ र मध्यमस्तरीय आम्दानीको ‘ट्र्याप’बाट उम्कनुको साटो चीनमा डिजिटल प्रविधिको व्यापक प्रयोगले चिनियाँ अर्थतन्त्र उकास्न महत्वपूर्ण भूमिका खेलेको र आगामी दिनमा पनि यसको महत्व उत्तिकै हुने देखिन्छ ।

एन्ड्र्यु सेङ
सिआओ गेङ

चीनले करिब ४० वर्ष पहिलेदेखि डिजिटल प्रविधि विस्तारको रणनीतिमा काम गर्दै आएको देखिन्छ । यस्तो प्रविधि विकासका लागि चीनले सस्तो मूल्यमा जमिन तथा कामदार पर्याप्त मात्रामा उपलब्ध गरायो । यसले गर्दा उपभोग्य वस्तुको उत्पादनमा वृद्धि हुनका साथै अर्थतन्त्र विस्तार गर्न पनि ठूलो उपलब्धि हासिल भयो । त्यसपछि चीन निम्न आय भएको राष्ट्रको सूचीबाट मध्यमस्तरीय आम्दानी भएको राष्ट्रको सूचीमा आइपुग्यो । चीन आफैँमा पनि उपभोग्य वस्तुको ठूलो बजार बन्न पुगेको छ ।

सन् २०१२ मा चीनमा राजनीतिक दलका नेताहरूले ‘डेमोग्राफिक डिभिडेन्ड’को पहिचान गरी त्यसैअनुरूप कदम चालेका थिए । डेमोग्राफिक डिभिडेन्डका कारण चिनियाँ अर्थतन्त्रमा एकपटक ‘लुइस टर्निङ प्वाइन्ट’ आएको थियो । कामदारको अभावमा ज्याला वृद्धि हुनुलाई लुइस टर्निङ प्वाइन्ट भनिन्छ । यसरी ज्याला वृद्धि भई पर्याप्त मात्रामा पुगेपछि वा यसले ‘म्याचुरिटी’ प्राप्त गरेपछि थप वृद्धि हुन नदिन विश्वभर नै संरक्षणात्मक नियमन गर्न प्रयास थालिन्छ ।

चीनले अझै पनि रोजगारीका अवसर वृद्धि गर्न ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ वा ओबोरजस्ता परियोजना कार्यान्वयन गर्ने प्रयास गर्दै आएको देखिन्छ । तर, यसका लागि उसले ठूलो रकम लगानी गर्दै छ । वास्तवामा तीव्र आर्थिक वृद्धिलाई लामो समयसम्म कायम राख्न आर्थिक सुधारका कार्यक्रम कार्यान्वयन गर्दै नवीनतम प्रविधि आत्मसात् गरी गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराइरहनुपर्ने हुन्छ ।

सन् २०१६ देखि सन् २०२० सम्मका लागि चीन सरकारको तेह्रौँ पञ्चवर्षीय योजनाले व्यवसाय सञ्चालनका लागि लाग्ने लागत कम गर्ने र स्रोतसाधनको समान वितरणमा जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ । सन् २०१५ मा चीन सरकारले लिएको ‘मेड इन चाइना २०२५’ र ‘इन्टरनेट प्लस’जस्ता कार्यक्रमले देशका हरेक उत्पादनलाई इन्टरनेट प्रविधि रूपान्तरण अवलम्बन गर्ने सक्दो प्रयास गरिने लक्ष्य निर्धारण गरेकोे छ । यसका साथै यी दुई योजनामा उत्पादन वृद्धि गर्न ‘कृत्रिम बौद्धिकता’ वा एआई, यन्त्रमानव र सामाजिक सञ्जालको एकसाथ प्रयोग गर्दै चीनको अर्थतन्त्र र समाजलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने लक्ष्य उत्तिकै प्राथमिकतामा राखिएको छ ।

सन् २०१५ देखि विद्युतीय व्यापारमा चीन विश्वभरकै शीर्ष स्थानमा रहेको छ । चीनमा कुल खुद्रा बिक्रीमध्ये करिब १८ प्रतिशत अनलाइनमार्फत हुने गरेको छ । यो अमेरिकाको ८ प्रतिशतभन्दा निकै बढी हो । अनलाइन खरिद–बिक्रीका लागि चीनमा विशेष गरी तीन कम्पनी छन्, वाइडु, अलिबाबा र टेन्सेन्ट । चीनका यी कम्पनीले विश्वभर सञ्जाल भएका अमेजन, एप्पल, फेसबुुक, गुगल र नेटफिक्सजस्ता अमेरिकी प्रविधि कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न थालिसकेका छन् । चिनियाँ अनुसन्धान संस्था आइरिसर्चका अनुसार चीनमा मोबाइल पेमेन्टबाट ५५ खर्ब अमेरिकी डलरबराबरको कारोबार यसअघि नै भइसकेको छ । यो रकम अमेरिकामा भन्दा करिब ५० गुणा बढी हो ।

ब्रसेल्सस्थित अन्तर्राष्ट्रिय आर्थिक क्षेत्रका नीति तथा विकाससम्बन्धी अनुसन्धान गर्ने संस्था ब्र्युगेलले गरेको एक अध्ययनले चीनले अनुसन्धान र विकासका लागि ठूलो रकम खर्च गरिसकेको देखाएको छ । सो अध्ययनअनुसार कुल गार्हस्थ उत्पादनको करिब १ प्रतिशत रकम विकास तथा अनुसन्धानका लागि मात्र खर्च गरिएको छ । यो हिस्सा युरोपेली संघले विकास तथा अनुसन्धानका लागि खर्च गरेको रकमभन्दा पनि बढी हो । र, पछिल्लो चरणमा चीनले अमेरिकाको भन्दा बढी वैज्ञानिक अनुसन्धानहरू प्रकाशन गर्ने गरेको तथा प्राकृतिक विज्ञान र इन्जिनियरिङमा विद्यावारिधि गर्नेको संख्या पनि अमेरिकामा भन्दा बढी भएको सो प्रतिवेदनले उल्लेख गरेको छ । चीनमा सहजीकरण तथा सूचना आदान–प्रदान कार्यमा गरिएको सुधारले कठिन मानिएका अनुसन्धानात्मक कामहरू पनि सहज बन्दै गएको बताइएको छ । यसमा सामाजिक सञ्जालको भूमिका निकै महत्वपूर्ण भएको देखिन्छ । सन् २०१७ को पहिलो त्रैमासिक अवधिसम्ममा चीनमा अत्यधिक सफल भएको सामाजिक सञ्जाल ‘वी च्याट’का प्रयोगकर्ताको संख्या करिब ९३ करोड ८० लाखभन्दा माथि पुगेका कारण उत्पादकत्व वृद्धिमा अकल्पनीय रूपमा योगदान गरेको देखिन्छ ।

अमेरिकी व्यवस्थापन परामर्श सेवा प्रदायक कम्पनी बोस्टन कन्सल्टिङ ग्रुपका अनुसार चिनियाँ विद्युतीय व्यापार कम्पनीहरूले व्यावसायिक रणनीतिको मोडल पश्चिमा राष्ट्रका कम्पनीको भन्दा फरक तरिकाले विकास गरेका छन् । उपभोक्ताको खर्च गर्ने क्षमता र नवीनतम प्रविधिको प्रयोगमा जोड दिने गरी चिनियाँ कम्पनीले व्यवसाय विस्तार गर्ने गरेको सो संस्थाले उल्लेख गरेको छ । इन्टरनेट सेवामा आधारित व्यावसायिक मोडेललाई चीन सरकारले पनि प्रोत्साहन गरकाले चीनका कम्पनीहरूले परम्परागत व्यवसायिक मोडललाई उभिन्ड्याइदिएका छन् ।

चीनमा व्यावसायिक कारोबार गर्दा लागतको मूल्य कम गर्ने मुख्य पक्ष भनेको विद्युतीय भुक्तानी (इ–पेमेन्ट) प्रणाली नै हो । खुद्रा बिक्री क्षेत्रमा भएका पहुँचका कतिपय समस्यालाई सुधार गरेका कारण चीनमा कारोबार हुने अधिकांश वस्तु चीनमा नै उत्पादन हुने भए पनि अमेरिकामा भन्दा केही बढी मूल्य पर्ने गरेका छन् । तर, ठगी तथा तथा कारोबार पूर्ण रूपमा सफल नहुने कतिपय कमजोरी व्यवस्थापन गर्न नियामक निकायले कडाइ गरी अनलाइन प्रणालीमा स्थायित्व कायम गर्नुपर्ने आवश्यकता देखिन्छ ।

विश्वभर अन्य क्रियाकलापमा पनि डिजिटल प्रविधि आत्मसात् गर्ने दर वृद्धि हुँदै गएकाले चीनका वस्तु तथा सेवाको गुणस्तर कायम रहे डिजिटल प्रविधि अवलम्बन गर्दा विश्वभर बजार विस्तारका लागि सहयोग पुग्ने देखिन्छ । स्थानीयस्तरमा नै चिनियाँ उत्पादकहरूले थ्री–डी प्रिन्टिङ, यन्त्रमानवीकरण (रोबोटाइजेसन) र कृत्रिम बौद्धिकताजस्ता प्रविधि उपयोग गर्दै आएकाले विश्वभर बजार विस्तार गर्न, आइडिया सेयर गर्न र विदेशबाट सीप भित्राउन लागिपरेका देखिन्छन् । तसर्थ, चीनमा उत्पादन र उपभोग अलग–अलग चरणमा विभाजन गरी बजार विस्तार गर्न अनन्त सम्भावनाहरू छन् ।

आगामी दिनमा चीनका नीति–निर्माताहरूले डिजिटल प्रविधिका विषयमा धेरै खालका द्विविधा सामाधान गर्नुपर्ने देखिन्छ । चीनमा वायुसेवा, रेल्वे सेवा, बन्दरगाह र दूरसञ्चारजस्ता सार्वजनिक सेवा प्रदायक क्षेत्रमा एक कम्पनी मात्र रहेको र यसको सञ्चालन पनि राज्य नियन्त्रित संस्थाहरू (एसओई)बाट नै हुने गरेको छ । तर, प्रविधि कम्पनीका उत्पादनहरू अधिकांशको वितरण र खरिद गर्ने प्रक्रिया अनलाइन, प्रत्यक्ष तथा फोनकलजस्ता माध्यमबाट हुने भएकाले धेरै क्षेत्रमा फैलिएका छन् ।

‘गो–गेम’मा जस्तै चीनका नेताले राष्ट्रका विविधतालाई बुझ्न जरुरी छ । यसको अर्थ चीनका राज्य नियन्त्रित संस्थाहरूको व्यावसायिक नीति उपयुक्त स्थानमा, उपयुक्त समयमा, उपयुक्त विधिले परिवर्तन गर्न ध्यान दिनुपर्छ । कमी–कमजोरीका बारेमा धेरै गुनासाहरू आएकाले सुधार योजनाले एसओई र अन्य प्रविधि कम्पनीबीच डिजिटल प्रविधि प्रयोग गरी सकारात्मक प्रतिस्पर्धाको वातावरण सिर्जना गर्न बेवास्ता गरेको देखिन्छ ।

राज्यको कडा नियमनले प्रतिस्पर्धाका लागि आफूहरूलाई उपयुक्त वातावरण नभएको भन्दै एसओईका व्यवस्थापकहरूले तर्क गर्दै आएका छन् । यसका साथै प्रविधि कम्पनीहरूले राज्य नियन्त्रित दूरसञ्चार सेवा तथा यातायात सेवा प्रयोग गरी आफ्नो मुखमा आएको खाना (फाइदा) र वित्तीय माध्यममा पनि कब्जा गरेको उनीहरूले तर्क प्रस्तुत गर्दै आएका छन् । तर, यदि एसओईले मोबाइल पेमेन्ट मात्र नभएर उत्पादन र वितरण सेवालाई पनि उत्तिकै छिटो र दुर्गम क्षेत्रमा पनि विस्तार गरे भने उत्पादकत्व वृद्धिले गति लिने प्रविधि कम्पनीले दाबी गरेका छन् ।

डिजिटल प्रविधिको प्रयोगले उपभोक्ताहरूलाई फाइदा भएको तर रोजगारी बजार र सामाजिक स्थायित्व प्राप्त गर्ने कुरामा नकारात्मक हुने भएकाले पनि नियामक निकायलाई द्विविधामा पारेको हुन सक्छ । ‘डिजिटल चाइना’को पूर्ण अवलम्बन भए पक्कै पनि यसमा फाइदा र बेफाइदा हुने पक्षहरू हुन्छन् नै । तर, डिजिटल प्रविधि स्वस्थ भएमा यो प्रविधि अवलम्बन गर्ने कुरा रोजगारीबाट विस्थापित भएका कामदारलाई केही समयका लागि पीडादायी बन्ने भए पनि उनीहरूले चाँडै वास्तविकता अँगाल्न सक्नेछन् ।

विश्वव्यापी मूल्य प्रणालीमा भविष्यमा आउने प्रविधिको ज्ञानमा आधारित प्रणाली नै मुख्य रूपमा स्थापित हुने भएकाले परम्परागत प्रणालीबाट डिजिटल प्रविधिमा रूपान्तरण हुँदा अन्ततोगत्वा चीनको अर्थ व्यवस्थालाई फाइदा नै पुग्ने देखिन्छ । डिजिटल प्रविधिमा रूपान्तरण हुँदा जति उत्साहमूलक हुन्छ, त्यति नै खतरापूर्ण पनि । यसअघि कुनै पनि देशको अर्थ व्यवस्थामा यति तीव्र गतिमा रूपान्तरण भएको पाइँदैन ।

एन्ड्रयु सेङ युनिभर्सिटी अफ हङकङको एसिया ग्लोबल इन्स्टिच्युटमा सिनियर फेलो र सिआओ गेङ युनिभर्सिटी अफ हङकङका प्राध्यापक हुन् ।

कपिराइट : प्रोजेक्ट सिन्डिकेट, २०१७
(नयाँ पत्रिका र प्रोजेक्स सिन्डिकेटको सहकार्यमा)