निर्वाचनमा माओवादी किन पछि पर्‍यो ? - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

०५३ सालमा खाद्यान्न अभावका कारण सिडिओसँग चामल पाऊँ भनेर बिन्ती बिसाउन पुगेकी कमलकुमारी शाहीलाई तत्कालीन सिडिओ लीलानिधि कोइरालाले टेरेनन् । सिडिओसँगको विवादपछि प्रशासन कार्यालयले उनको झुप्रोसमेत उठिवास लगाउने असफल प्रयास…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

राष्ट्रपति सि जिनपिङको पाँच वर्षको शासनकालमा चीन सम्पन्न र बढी शक्तिशाली भएको छ । तर, यस प्रगतिबाट आमचिनियाँको जनजीवनमा कति प्रभाव परेको छ ? चीनको सबैभन्दा शक्तिशाली निर्णयकर्ता आगामी साता…
पूरा पढ्नुहोस् »

नेपाल फिफा वरीयतामा एक स्थान ओरालो लागेको छ । फिफाले सोमबार अक्टोबरको वरीयता सार्वजनिक गर्दा नेपाल १ सय ७६औँ स्थानमा सीमित भएको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ७५औँ…
पूरा पढ्नुहोस् »

नेपालमा सुनचाँदीलाई ‘नगदसरहको सम्पत्ति’का रूपमा लिइन्छ । पहेँलो र सेतो धातुलाई ‘सुरक्षित लगानी’का रूपमा पनि लिइने गरिएको छ । त्यसैले यसको व्यवसाय क्रमिक रूपमा बढ्दै गइरहेको छ । अझ नेपालजस्तो…
पूरा पढ्नुहोस् »

०५३ सालमा खाद्यान्न अभावका कारण सिडिओसँग चामल पाऊँ भनेर बिन्ती बिसाउन पुगेकी कमलकुमारी शाहीलाई तत्कालीन सिडिओ लीलानिधि कोइरालाले टेरेनन् । सिडिओसँगको विवादपछि प्रशासन कार्यालयले उनको झुप्रोसमेत उठिवास लगाउने असफल प्रयास…
पूरा पढ्नुहोस् »

राजनीतिक दलहरूको निर्णय प्रक्रिया, त्यसमा कार्यकर्ताको सहभागिता, व्यवस्थापनलगायत पक्षबाट हेर्‍यो भने नेपाली लोकतन्त्र परिपक्व हुन अझै केही दशक लाग्ने देखिन्छ । आइतबार निर्वाचन आयोगमा समानुपातिकतर्फबाट प्रतिनिधिसभामा उम्मेदवार बन्न चाहनेहरूको सूची…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   साउन २९, २०७४

फुटको चोट
निर्वाचनमा कमजोर हुनुको मूल कारण माओवादी पार्टी विभाजन नै हो । ०७० को संविधानसभा निर्वाचन होस् वा ०७४ को स्थानीय तहको निर्वाचनमा, फुटेर निस्किएका माओवादी तप्काको मुख्य निसानी नै माओवादी केन्द्रलाई हराउनु रह्यो । तीसौँ वर्ष मुक्ति वा मृत्यु रोजेर मुटु जोडेर एउटै पार्टीमा काम गरेका साथीहरू फुटेपछि कटाक्ष गरेर मूल नेतृत्वलाई बम हान्नसम्म पुगे । ‘राप्रपा, कांग्रेस, एमाले जोसुकैलाई जिताऊ, माओवादीलाई हराऊ’ भन्ने अभियानमा लागे, लाल कामरेडहरू । त्यति मात्र नभई माओवादी केन्द्रका उम्मेदवार हराउन विगतमा छातीमा गोली हान्न सक्रिय प्रतिगामी तत्वहरूसँग हात थापेर ठूलै मात्रामा रसदपानीको जोहोसमेत गरे ।  भनिन्छ ‘रावण तिमी शक्तिशाली राजा भएर पनि मामुली बनवासी रामसँग किन हार्‍यौ भनेर सोध्दा प्राण त्याग्नुपूर्व रावणले भन्थे रे, एक मात्र कारण छ, रामका भाइहरू सबैले रामलाई साथ दिए, मेरो भाइ विभीषण मतियार बनेर दुस्मनलाई साथ दियो ।’ ठीक यस्तै भएको हो अहिले माओवादी केन्द्रलाई ।

रणेन्द्र बराली

गुटको चोट
अझ पनि पार्टीभित्र आ–आफ्ना लबीको छवि भजाउने प्रवृत्ति निख्रिएको छैन । योग्यता, क्षमता, निष्ठा, आस्था, विश्वास र विज्ञताको महत्वलाई छाया पारेर यता पक्षका र उता पक्षका भन्दै पार्टीको जिम्मेवारीदेखि राजनीतिक नियुक्ति हुँदै उम्मेदवारसम्म आइपुग्दा कतै त ‘थिति न भाँती जेठो दाइ कान्छो नाति’ हुन पुग्यो । यस्तै खिचातानीबीच माओवादी केन्द्र उम्मेदवार चुन्ने अन्तिम दिनसम्म पुग्दा अन्य पार्टीले आफ्नो पक्षमा जनमत तयार गरिसकेका हुन्थे ।

त्यति मात्र कहाँ हो र ? आफ्नै पार्टी उम्मेदवारको घोषणा सभामा कालो झन्डा देखाउने, विरोध ¥याली निकाल्नेसम्मका धम्की देखिए । बागी उम्मेदवार उठ्नेदेखि अनेकाैँ आत्मघाती कार्य भए । त्यो पनि गुटगत मानसिकताको उपज हो ।

उम्मेदवार छनोट
नेतृत्वले उम्मेदवारको टिकट दिँदा समग्र विवेक नपुगेको स्थिति पनि स्पष्ट छ । के उपप्रमुख पदमा जित्ने महिलाले प्रमुख पदमा हार्ने कुरा हुन्थ्यो होला ? के समानुपातिक कोटामा जित्ने दलित स्वतन्त्रतर्फ सबै हार्छन् नै भन्ने हुन्छ ? कतिपय ठाउँमा महिला र दलितलाई समानुपातिकको पिँजडाबाट मुन्टो निकाल्न खोजे अगुल्टो देखाएर झस्काउने काम भए । जति जे भने पनि उत्पीडित समुदायलाई प्रमुख पदमा प्रायः काँडेतार लगाउने प्रचलन पुरानै हो । उम्मेदवार छनोटमा ध्यान नपुग्दा कतिपय कार्यकर्ता टिकट नपाएको झोँकमा इगो साँध्न पार्टी परित्याग गरी अर्कै पार्टीको उमेदवार बनेर जितेर देखाइदिने होडबाजीमा पनि लागे । तथापि, जे जति स्थान प्राप्त भए प्रायः जनजाति, दलित र महिला समुदायले साख राखे भन्नलाई लाज मान्न पर्ने केही छैन ।

प्राविधिक खोट
क्रान्तिकारिताको विरासत बोकेर बसेका कार्यकर्ता आँगनमा आएको निर्वाचन आयोगमा पुगेर नाम दर्ता गर्ने विषयको वास्तै गरेनन् । अन्य कतिपय दलले गाउँमा भए/नभएका मान्छेका भोटर लिस्टमा खोजीखोजी नाम दर्ता गर्ने र आफ्ना समर्थक कर्मचारीलाई अनेक जुक्ति, बुद्धि सिकाएर म्याराथनका धावकजस्तै अश्वसञ्चालन मुद्रामा बसे । माओवादी केन्द्रचाहिँ उम्मेदवार चयन भएपछि मात्र पार्टी संगठन कता छ, नेतृत्व को हो ? भन्दै बल्ल गाउँ पसे । अनि भन्न थाले, ०६४ का हामी १ नं. पार्टी । राष्ट्र र जनताको हितमा थुप्रै काम गरेको पार्टी । आफ्नै पार्टी अध्यक्ष प्रधानमन्त्री भएको वेला । अब त दुईतिहाइ स्थान ओगटेर जितिन्छ आदि । एकतिहाइ कार्यकर्तामा निरन्तर जान नसक्नेले दुईतिहाइको सपना देखेर बस्दा जे हुनु थियो, त्यो त भयो नै ।

नीति र नियति
माओवादीले बीस वर्षसम्म गुम्सिएको स्थानीय निकायको निर्वाचनको ढोका खोलेको कुरा, अधिकारसम्पन्न स्थानीय तहको ऐतिहासिक संरचनासहित नयाँ संविधान निर्माण र कार्यान्वयनमा समर्पित भएको कुरा, त्यसको उपलब्धि जनतासमक्ष जस्ताको तस्तै पु¥याउने को ? मूल नेतृत्वलाई, राष्ट्रप्रमुखसमेत भएको नाताले निर्वाचन हुनै नदिने तप्कासँग पौँठेजोरी खेल्दाको हैरानी । कांग्रेस ठेगानमा आए एमाले बटारिन्छ । एकातिर एमालेलाई समेट्यो, अर्कातिर मधेसवादी दल उफ्रन्छन् । साना–ठूला सबै दललाई समेट्नैपर्‍यो । आफ्नै पार्टीका नेता कतिपय मन्त्री, सांसद बनेका कारण जिल्ला जान सकेनन्, कतिपयले त्यही पद नपाएका कारण घोक्रो फुलाएर जनतामा गएनन् । कार्यकर्ताहरू आफूभन्दा माथिल्लो तहलाई घुर्की देखाएर जनसम्बन्धबाट टाढा रहे । नेताले कार्यकर्ताको, कार्यकर्ताले जनताको फोन नउठाउने प्रवृत्ति बढेर गयो । परिणामस्वरूप नजिकबाट नियालेका जनताले मतदान गर्दा ज–जसलाई जसरी ठोक्नुपर्छ, ठोके । तर, अब निर्वाचनमा पछि परियो भनेर शोकधुन बजाएर बस्ने होइन, सिंहनाद गर्दै अघि बढ्नुपर्छ । अनि ०८४ सम्म पुग्दा बल्ल चौहत्तरको एमाले हैन, ०६४ कै माओवादी नयाँ बान्कीका साथ जनतामा सधैँका लागि स्थापित हुन सक्नेछ ।
(बराली माओवादी केन्द्रका ले.पी.बी.एम. हुन्)